coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला १ लाख पाँच सय रुपैयाँ

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख पाँच सय पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

किन हुन्छ सुन-चाँदीको मूल्य घटबढ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण बताउँछन्।

‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ’अध्यक्ष शाक्यले भने। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ। रासस

प्रकाशित: २५ मंसिर २०७९ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App