४ वैशाख २०८१ मंगलबार
अर्थ

मासिक ८१ लाख तलब दिनुपर्ने प्रशिक्षक पाइलट एयरबसबाट सिँत्तैमा

काठमाडौं–युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालकदल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पाँच विज्ञ निःशुल्क उपलब्ध गराएको छ ।

यी विज्ञ निगमले आफैं व्यवस्था गर्ने हो भने मासिक ५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।

तर, आफ्नो नयाँ सदस्य निगमलाई एयरबसले सिँत्तैमा ती विज्ञ उपलब्ध गराएको हो । पाँच विज्ञमध्ये दुईजना प्रशिक्षक पाइलट, दुईजना क्याप्टेन र एकजना इन्जिनियर छन् । 'एयरबसबाट निःशुल्क उपलब्ध गराएका विज्ञले बिहीबारबाट काम सुरु गरेका छन्,' वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, 'पहिलो चरणमा अपरेसन र इन्जिनियरिङ विभागको काम–कारबाहीबारे अध्ययन गरिरहेका छन् । यसबाट हाम्रो उडान प्रभावकारितामा उल्लेख्य सुधार आउने विश्वास छ ।'

उनका अनुसार दुई प्रशिक्षक पाइलटले निगमका 'ए३२०–२००' सिरिजका दुईथान जहाजका १३ जना को–पाइलटलाई सँगै उडाएर क्याप्टेनमा स्तरोन्नति गर्नेछन् । त्यसैगरी दुई क्याप्टेनले निगमको अपरेसन विभाग हेर्नेछन् भने एकजना इन्जिनियरले इन्जिनियरिङ विभाग हेर्नेछन् । यी दुई विभागका कमीकमजोरी पत्ता लगाएर उनीहरूले सुधारको मार्गचित्र दिनेछन् ।

'उनीहरू पाँचजना तीन महिनासम्म नेपाल बसेर निगममा काम गर्छन् । त्यतिन्जेलका लागि खाने, बस्नेलगायत सबै खर्च एयरबसले नै बेहोरेको छ,' महाप्रबन्धक कंसाकारले भने, 'हामीले आफ्नै खर्चमा ल्याउनुपरेको भए एकजना प्रशिक्षक पाइलटलाई तलबमात्र मासिक ७५ हजार अमेरिकी डलर (८१ लाख रुपैयाँ) दिनुपथ्र्यो ।'

निगमका कर्पोेरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले एयरबसबाट उपलब्ध गराइएका पाँच विज्ञ काठमाडौं आइपुगेको र तीमध्ये दुई क्याप्टेन र एक इन्जिनियरले काम सुरु गरिसकेको जानकारी दिए । एयरबसका क्याप्टेनहरू प्याट्रिक जोर्डन र अर्जन ब्रोबेल तथा इन्जिनियर एलेन भेन्टेजोउले बिहीबार अपरेसन र इन्जिनियरिङ विभागका अधिकारीहरूसँग छलफल गरेका उनले बताए ।

'तीनजनाले अपरेसन र इन्जिनियरिङ विभागमा भइरहेको काम–कारबाही अध्ययन गर्छन् । हाम्रो काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार भए–नभएको हेर्छन्,' प्रवक्ता शर्माले भने, 'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार निगम चलेको छ–छैन त्यो पनि हेर्छन् । उनीहरूको कामपछि युरोपको उड्डयन कालोसूचीबाट निगम बाहिर निस्कन सक्ने सम्भावना तीव्र हुने छ ।'

निगमले एक वर्षअघि एयरबससँग खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त ए३२०–२०० सिरिजका दुईथान जहाजलाई पाइलट अभाव भएका कारण क्षमताअनुसार उडाउन सकेको छैन । निगमसँग हाल ती जहाज उडाउन आठजना क्याप्टेन र १३ को–पाइलट छन् तर क्याप्टेनको संख्या भने न्यून हो । एयरबसबाट निःशुल्क उपलब्ध दुई प्रशिक्षक पाइलटले अब ती १३ को–पाइलटलाई आफूसँगै उडाएर क्याप्टेनमा स्तरोन्नति गर्ने निगमले जनाएको छ ।

निगमले तीन दशकदेखि अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित 'बि७५७' सिरिजका जहाजमात्र उडाएका कारण एयरबस खरिद गर्नुअघि नै विदेशी पाइलट भाडामा लिएर उडाउने घोषणा गरेको थियो । त्यसअनुसार उडाए पनि जहाज क्षमताअनुसार उडाउन नसक्नु र बि७५७ उडाउने आफ्ना पाइलटलाई एयरबसमा लैजान लामो समय लागेपछि निगमका महाप्रबन्धक कंसाकारले एयरबसलाई आवश्यक सहयोग गरिदिन तीन महिनाअघि आग्रह गरेका थिए ।

२०७२ फागुन ४ र ५ गते सिंगापुरमा आयोजित 'एयर सो' मा सहभागी हुन गएका कंसाकारले त्यहाँ एयरबसका उपाध्यक्षलाई भेटेर सहयोगको आग्रह गरेका थिए । त्यसपछि अहिले एयरबसले निःशुल्क दुई प्रशिक्षक पाइलट, दुई क्याप्टेन र एक इन्जिनियर निगमका लागि व्यवस्था गरिदिएको हो ।

'ए३२० जहाजका लागि हामीले चाँडै आफ्नै १३ जना क्याप्टेन पाउने छौं, जसबाट अन्तर्राष्ट्रिय गन्तव्यमा यी दुई जहाज कमान्ड गरेर लैजान धेरै नै सहज हुने छ,' महाप्रबन्धक कंसाकारले भने, 'त्यसपछि हामी थप को–पाइलट भाडामा लिन्छौं । एयरबसले तीन महिनापछि अर्को एकजना प्रशिक्षक पाइलट पनि निःशुल्क उपलब्ध गराइदिने वचन दिएको छ ।'

निगमले हाल आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट भएका दुईथान ए३२०–२०० सिरिजका दुईथान जहाज उडाइरहेको छ । निकट भविष्यमा २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान ठूलो आकारका 'वाइड बडी' जहाज खरिद गर्ने निगमको योजना छ ।

मासिक ८१ लाख तलब दिनुपर्ने प्रशिक्षक पाइलट एयरबसबाट सिँत्तैमा

 10.2K  78 Google +4  0  0
(0 votes)

काठमाडौं–युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालकदल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पाँच विज्ञ निःशुल्क उपलब्ध गराएको छ । यी विज्ञ निगमले आफैं व्यवस्था गर्ने हो भने मासिक ५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।
nepali-patro-may

- See more at: http://update.nagariknews.com/economy/story/76110.html#sthash.F7sOjxUW.dpuf

प्रकाशित: २३ जेष्ठ २०७३ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App