coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

सिप्रदी ट्रेडिङले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ। कम्पनीले टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्ने योजनामा ​​रहेका ग्राहकलाई ८० प्रतिशत ऋण दिने सम्बन्धमा बैंकसँग सम्झौता गरेको हो।

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन्। सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम ऋण प्रवाह गरिनेछ।

हाल टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभीलगायतका इलेक्ट्रिक गाडीहरू बजारमा ल्याएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App