coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्मार्टच्वाइस र एभरेष्ट बैंक बीच सम्झौता

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यु आर प्रयोग गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता भएको छ। सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्ने भएको छ।  

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७९ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App