coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआईबिएल एस क्यापिटल र एच मेडिकलबीच सम्झौता

एनआईबिएल एस क्यपिटल र एच मेडिकल एन्ड डाइग्नोस्टिक्स बीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआइबिएल एस क्यापिटलको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवान्तबहादुर पाण्डे र एचएमडीएलको तर्फबाट अध्यक्ष अभिसेक दुगडले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एनआइबिएल एस क्यापिटलले एचएमडीएलमा न्युनतम हिस्सा प्राप्त गर्नेछ। टाटा समूहसँगको सहकार्यमा एचएमडीएलले फार्मास्युटिकल्स औषधी, एन्टीजेन डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादन बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ।  

एचडीएमएलले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै मुलुकलाई फाइदा पुर्‍याउने लक्ष्य राखेको बताएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App