६ वैशाख २०८१ बिहीबार
अर्थ

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला  ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ। 

प्रकाशित: १२ मंसिर २०७९ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App