८ वैशाख २०८१ शनिबार
अर्थ

टोफिचो तड्का लिची बजारमा

सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचोको नयाँ तड्का लिची ‘टेष्टको नयाँ टिव्स्ट’ नारासहित बजारमा सार्वजनिक गरेको छ।

तड्का लिचीमा लिची र चाट मसालाको सम्मिश्रण रहेको जनाउँदै नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ। यसअघि आँप र पाइनाप्पलको स्वादमा उपलब्ध हुँदै आएकामा कम्पनीले नयाँ स्वादयुक्त तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने दाबी कम्पनीको छ।

टोफिचो तड्का लिची नेपालभरिका रिटेल पसलहरूमा उपलब्ध हुने तथा बिक्री मूल्य प्रतिगोटा २ रूपैयाँ ५० पैसा कायम गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App