१६ मंसिर २०७९ शुक्रबार
अर्थ

मागमा आएको संकुचनले राजस्व संकलनमा दबाब

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेको छ।  

अन्तरक्रिया कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै सरकारको राजस्वमा समेत परेको बताउँदै त्यसको समग्र असर अर्थतन्त्रले भोगिरहेको धारणा व्यक्त गरे। अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि व्याजदर घटाएर समग्र माग बढाउने खालको नीति अलम्बलन गर्नुपर्नेमा उनले जोड दिए।  

उनले अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा उद्योगसँगै राजस्व पनि थप प्रभावित हुने र त्यसको प्रत्यक्ष असर पुँजीगत खर्चका लागि सरकारलाई रकमको अभाव हुन सक्ने उनले बताए।

यस्तै राजस्व सचिव रामेश्वर दंगालले राजस्व संकलनमा गिरावट  

आउँदा त्यसले वित्तीय चाप पारेको बताए। अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै उनले राजस्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा जाने लगानी योग्य रकममा थप दबाब  

पर्ने बताए। 

प्रकाशित: ७ मंसिर २०७९ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App