coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण ह्वात्तै वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले पनि डिजिटल कारोबार र भुक्तानी सर्वसाधारणको रोजाइमा परेको छ।

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङ मलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

पछिल्लो समय कनेक्ट आइपिएस, क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा र मोवाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१९/२० को जुन-जुलाई महिनामा कनेक्ट आइपिएसबाट ६ लाख ९६ हजार ४ सय ४७ वटा कारोबार भएको थियो। सोही समयमा ५१ अर्ब ३० करोड रूपैयाँको कारोबार भएको थियो।

सन् २०२०/२१ को जुन-जुलाईमा सो बढेर ३२ लाख ४ हजार ८ सय ४५ वटा कारोबार भएको थियो। सोही अवधिमा कनेक्ट आइपिएसबाट २ अर्ब ३७ अर्ब रूपैयाँको कारोबार भएको थियो। त्यतिमात्रै होइन्। सन् २०२१/२२ को जुन–जुलाईमा भने कनेक्ट आइपिएसबाट हुने कारोबार संख्या ४२ लाख ७० हजार कारोबार भएको थियो।

सो समयमा ३ खर्ब ६९ अर्ब रूपैयाँको कारोबार भएको थियो। त्यसैगरी सन् २०२२/२३ को सेप्टेम्बर-अक्टोबर महिनामा भने ४० लाख १३ हजार ३ सय ९६ वटा कारोबार भएको थियो। सो अवधिमा भने ३ खर्ब ७ अर्ब रूपैयाँको कारोबार भएको थियो।

बैंकका अनुसार सन् २०१९/२०को जुन–जुलाई महिनामा क्युआर कोड सुरु नै भएको थिएन। सन् २०२०/२१ को जुन-जुलाईमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो। सो वर्ष ८ लाख ५५ हजार ५ सय ६६ वटा कारोबार भएको थियो। सो अवधिमा ३ अर्ब ६५ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।

त्यसैगरी सन् २०२१/२२ को जुन–जुलाईमा भने क्युआर कोड मार्फत ४२ लाख ८१ हजार ९ सय ९४ वटा कारोबार भएको थियो। सोही समयमा १४ अर्ब ५२ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।

त्यसैगरी त्यसैगरी सन् २०२२/२३ को सेप्टेम्बर-अक्टोबर महिनामा ४७ लाख ७० हजार कारोबार भएको थियो। सो अवधिमा १७ अर्ब ३३ करोड रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।

बैंकका अनुसार सन् २०१९/२० को जुन-जुलाई महिनामा मोवाइल वालेटबाट एक करोड १ लाख ७९ हजार ५ सय ५७ वटा कारोबार भएको थियो। सोही अवधिमा मोवाइल वालेटबाट १० अर्ब २२ करोड रूपैयाँको भुक्तानी भएको थियो।

त्यसैगरी सन् २०२०/२१ को जुन-जुलाईमा भने एक करोड २५ लाख १५ हजार ९ सय ४ वटा कारोबार भएको थियो। सो समयमा १२ अर्ब ७९ करोड रूपैयाँको भुक्तानी मोवाइल वालेटबाट भएको थियो।

त्यसैगरी सन् २०२१/२२ को जुन–जुलाईमा भने एक करोड ६२ लाख ६ हजार ३ सय ६५ वटा कारोबार भएको थियो। सो बेला १७ अर्ब ४६ करोडको भुक्तानी मोवाइल वालेटबाट भएको थियो।

सन् २०२२ को सेप्टेम्बर-अक्टोबरमा मोवाइल वालेटबाट एक करोड ५७ लाख ३ हजार ४२ वटा कारोबार भएको थियो। वालेटबाट १६ अर्ब ५६ करोड रूपैयाँको भुक्तानी भएको थियो। पछिल्लो समय डिजिटल कारोबार बढ्दै जाँदा नगदै बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App