१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल बीच समझदारी

ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रूपमा कर्जा प्रवाह गर्नेछ। आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् ३ दिनभित्र ग्राहकलाई नियमानुसार सहज रूपमा बैंकको कुनै पनि शाखाबाट सवारी साधन कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। 

प्रकाशित: ४ मंसिर २०७९ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App