coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपाली मुलका वैज्ञानिक डा. कुँवरले पत्ता लगाए डरको 'कन्ट्रोल'सम्बन्धी नयाँ तथ्य

अमेरिका, नेपाली मुलका वैैज्ञानिक डा. प्रभातसिंह कुँवरले मानिसमा डरको ‘कन्ट्रोल’ मस्तिष्क अर्थात ब्रेनले कसरी गर्दछ भन्ने विषमा नयाँ तथ्य पत्ता लगाएका छन। सन् २०१५ बाट अनुसन्धान शुरु गरेका डा. कुँवरको अनुसन्धानको पूर्ण पाठ बुधबार अमेरिकी समयानुसार नेचर नामक साईन्स जर्नलमा छापिएको छ।

संसारकै उत्कृष्ठमध्ये एक वैज्ञानिक अनुसन्धान केन्द्र भएको विश्वविधालय अमेरिकाको क्यालिफोनिया ईष्ट्रिच्यूट अफ टेक्नोलोजी(क्याल्टेक)मा रहेको प्रयोगशालाबाट आफ्नो अनुसन्धानले पूर्णता पाएको उनले नागरिक न्यूजलाई बताए। ब्रेनमा डरको प्रभाव र डर त्रासलाई ब्रेनले कसरी कन्ट्रोल गर्दछ भन्ने विषयमा केन्द्रित रहेर गरिएको अनुसन्धानलाई अमेरिकी अनुसन्धान केन्द्र क्याल्टेकको अनुसन्धानबाट निष्कर्ष निकालिएको हो।

 यस अघि सन् २०१५ मा फेयर न्यरोन पत्ता लगाएर डा कुँवरको पछिल्लो तथ्य भने लगातार डर अर्थात ब्रेनको कन्ट्रोलका विषयमा अर्को अनुसन्धानबाट सफलता पाएका हुन। वैज्ञानिक डा. डेभिड एण्डरसनको अनुसन्धान प्रयोगशालाबाट निष्कर्श निकालिएको यस अनुसन्धानका लागि ६ जनाको समूहलाई डा कुँवरले सहसंयोजन गरेका थिए।

सन् २०१५ मा शुरु गरेर सन् २०१९ मा अनुसन्धान पूरा गरेको यस नयाँ तथ्यलाई नेचर नामक बैज्ञानिक अनुसन्धान पत्रिकामा प्रकाशित गर्न र नयाँ तथ्यलाई आधिकारकता दिन एक बर्ष लागेको डा. कुँवरले बताए। कुनै पनि नयाँ अनुसन्धानलाई आधिकारिकता दिन नेचरले उत्कृष्ट वैज्ञानिकहरुलाई भेरिफाईका लागि दिने र अनुसन्धान पूर्ण रुपमा नयाँ भए नभएको तथ्यमा आधारित रहेर निष्कर्ष निकालेपछि मात्र प्रकाशित गरिनेछ। जस अनुसार त्यस्ता निष्कर्षलाई नेचर नामक बैज्ञानिक अनुसन्धानमुलक लेख रचना प्रकासन गर्ने पत्रिकामा प्रकाशित हुन्छ। डा. कुँवरको सो नयाँ तथ्य आजको नेचरमा बे्रनले डर त्रासलाई कसरी कन्ट्रोल गर्दछ भन्ने शिर्षकमा प्रकासित भएको हो।

नयाँ तथ्यको बारेमा डा. कुँबरले ब्रेनको विभिन्न भागहरुले क्षणभरमा अन र अफ गर्न सकिने उपकरणहरु अनुसन्धानका क्रममा प्रयोग गरिएको बताए। डर, त्रास र डिप्रेसनबाट संसारभर मानिसहरुमा बढी रहेको यस्ता रोग ब्रेनको गडबडीबाट हुने भएकोले कुन ब्रेनले कसरी काम गर्दछ भन्ने विषयमा औषधि पत्ता लगाउन यस अनुसन्धानले सहयोग पुग्ने डा. कूवरले बताए। सो अनुसन्धान अनुसार कुन ब्रेनले कसरी काम गर्दछ भन्ने कुरा पनि लाइभ हेर्न सकिनेछ डा. कुँवरले बताएका छन्।

संसारकै उत्कृष्ठ एडभान्स टेक्नोलोजीको प्रयोगबाट ब्रेनले कसरी काम गर्दछ र त्यसको कन्ट्रोल कसरी गर्न सकिन्छ भन्ने विषयमा नयाँ तथ्य पत्ता लगाउँदा आफू निकै प्रशन्न भएको उनले बताए। ब्रेनसंग सम्बन्धित अनुसन्धानमा पत्ता लगाइएको नयाँ तथ्यमा ब्रेनको कन्ट्रोल गर्दा डर नहुने र कन्ट्रोल नगर्दा डर हुने देखिएको छ। जसबाट अब मानिसको ब्रेन कन्टोल गरेर डर त्रास हटाउने प्रविधिको आविष्कार गर्न सकिने छ। कुराकानीका क्रममा डा. कुँवरले आफ्नो मातृभूमिका लागि आवश्यक परेको मदत वा सहकार्य गर्न हरसंभव तयार रहेको बताए।  

चितवन घर भएका डा. कुँवर विधार्थीका रुपमा अमेरिका आई सन् २००१ देखि वैज्ञानिकका रुपमा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुसंग अनुसन्धानहरुमा संलग्न रहँदै डेढ दर्जन भन्दा बढी अनुसन्धान प्रकासन गरिसकेका छन्। नेचर नामक सो अनुसन्धान जर्नल सन् १८७९ मा स्थापना भएर विश्वभरीको नयाँ अनुसन्धान बैज्ञानिक सोधहरुलाई प्रकासन गर्ने गर्दछ।

प्रकाशित: १ आश्विन २०७७ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App