७ वैशाख २०८१ शुक्रबार
प्रवास

गैरआवासीय नेपालीसंग सम्वन्धित ऐन संशोधन गर्न माग

लण्डन– वेलायतस्थित नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसंग सम्बन्धी ऐन तथा कानुनहरु तत्तकाल संशोधन गर्न सुझाव दिएका छन्।

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको आयोजना आइतवार अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तरक्रिया बोल्ने वक्ताहरुले समयनाकुल विदेशमा बस्ने नेपालीहरुसंग सम्वन्धि ऐन कानुन संसोधन गर्न संघीय संसदको ध्यानार्कषण गराएका हुन्।

उनीहरुले  गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु संसोधन गर्न सुझाव दिएका छन्।  

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने बताए।

डा. शर्माले भने नेपालको संविधानले विदेशमा वस्ने नेपालीहरुको अधिकारको लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको छ त्यसलाई कुनै एक दलले चाहेर मात्र खोस्न सक्दैन्। शर्माले संविधानको प्रावधानले गैरआवासीय नेपालहरुलाई आंशिक अधिकार दिने परिकल्पना गरे पछि थप अधिकारको लागि लड्न् पर्ने वताए।

गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा  सहभागीहरुबाट प्राप्त  सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए।  

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकता दिने संविधानले ग्यारेन्टी गरे पछि पूर्ण रुपमा कार्यन्वयन नहुने वेला सम्म सजक हुनु पर्ने तर्क गरेका थिए।

कार्यक्रमा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुको सुझावको आधारमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा गैरआवासीय नेपाली संघ युकेले ८ बुँदे सुझाव संकलन गरेको छ।  कार्यक्रम संचालन फडिन्द्र भट्टराई र गोविन्द खरेलले गरेका थिए।

प्रकाशित: २१ पुस २०७६ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App