coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

लण्डन- बेल्जियमस्थित नेपाली समुदायले भारतले नेपाली सीमा मिचेको भन्दै प्रर्दशन गरेका छन्।  भारतले जारी गरेको  नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध गरेका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नेतृत्वमा त्यहाँस्थित आदी दर्जन भन्दा बढी संघसँस्थाको सकृयतामा सोमबार एक विरोध प्रदर्शनको आयोजना गर्दै   भारतीय दूतावास पुगेर ज्ञापन पत्र बुझाईएको आयोजक मध्यका एक विष्णु भुजेलले जानकारी दिए।

भारतीय दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको ज्ञापनपत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै हालै भारतद्धारा जारी राजनीतिक नक्साको विरोध गरिएको छ। पत्रमा भारतले २३ जिल्लामा ६०७ वर्गमिटर नेपाली जमिन भारतले हडप्दा हजारौंको संख्यामा नेपाली नागरिक प्रभावित भएको बताउँदै तत्काल दुबै देशका परराष्ट्मन्त्रालयबीच उच्चस्तरिय समिति मार्फत समस्याको समाधान गर्न आग्रह गरिएको छ। पत्रमा नेपाली सीमा भित्र रहेका भारतीय सुरक्षा निकायलाई तत्तकाल फिर्ता लैजान  भनिएको छ।

प्रर्दशनकारीले लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया, लगायतका प्ले कार्ड बोकेर नारा लगाएका थिए। प्रर्दशनीमा बेल्जियमास्थित राजनीतिक भातृसंठनका प्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत २ सय भन्दा बढी सहभागी थिए।

 

प्रकाशित: ३ मंसिर २०७६ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App