१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएनए सचिवमा सुष्मा राईको उम्मेदवारी दर्ता

काठमाडौं - गैरआवासीय नेपाली संघ  (एनआरएनए)को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छिन्।

वर्तमान कार्यसमितिका आईसिसी सदस्य राईले एनआरएनए अभियानका आफ्ना ठोश प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दिएकी हुन्। राई अध्यक्षका उम्मेदवार कुल आचार्य समुहमा छिन्।

तीन कार्यकाल (२०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राईले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको राईले बताइन्।

उनले भनिन् 'मातृभूमीको समृद्धिका लागि गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोडने मेरो लक्ष्य हो, यसैका लागि सचिव पदमा उम्मेद्वार बनेको छु।'  राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनीसमेत हुन्। आज चार बजेबाट हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।

प्रकाशित: २९ आश्विन २०७६ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App