१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएन सचिवमा अमेरिकाबाट गौरी जोशीकाे उम्मेद्वारी

अमेरिका - गैरआवासीय नेपाली संघ (एनआएएन) अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसीसी सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अनुभवका आधारमा आइसीसीको महत्वपुर्ण पदमा बसेर काम गर्न सकिने र श्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताए। क्षेत्रिय संयोजकका हैसियतमा काम गर्दा अमेरिका क्षेत्रमा हालसम्म नभएका उत्कृष्ठ काम गरेको दाबी गर्दै श्रोत, साधन, बौद्धिक क्षमता सबैको संयोजन गरी समृद्ध नेपालका लागि धेरै काम गर्ने बताए।

सन्चारकर्मीहरुमाझ उम्मेदावरी घोषणा गर्दै जोशीले भने, ‘मैले जति काम क्षेत्रीय संयोजक भएर गरे, अब त्यो अनुभव ग्लोबल र नेपालको लागि गर्ने चाहाना छ। एनआरएनलाई भिजन २०२० अनुसार व्यवस्थापन गर्न जरुरी भएको समेत उनले बताए। भिजन २०२० मा पोलिसी ईष्टिच्युट स्थापना गरी सीप क्षमता र अनभवका आधारमा संस्था सन्चालन र विश्वभरीका सीप क्षमता र वौद्धिक व्यक्तिहरुलाई संयोजन गर्न सकिने उल्लेख छ।  अमेरिकाबाट छनौट गरिने डेलिगेडका सम्बन्धमा आईसिसिले पठाएको निर्देशित कार्यक्षेत्रभित्र रहेर छनौट गरिने भएकाले कसैलाई शंका नगर्न आग्रह गर्दै यदि त्यस्तो निर्देशिका अनुसार भएन भने आफुले त्यसको व्यवस्थापनका लागि आईसीसीले अन्तिम अधिकार प्रयोग गर्ने बताए।

यसैबीच गैरआवसिय नेपाली संघलाई आर्थिक रुपमा बलियो बनाउन अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले एक करोड रुपिया सहयोग गरेका छन। संस्थालाई आर्थिक रूपमा बलियो बनाउन सहयोग गरेको बताउँदै नागरिकसंग उनले भने, यो परोपकारी संस्था भएकोले यस्तै सहयोगबाट चल्ने हो यसमा निर्वाचनको विषय जोड्न जरुरी छैन र होइन पनि। उनले भने संस्थालाई पर्दा यसअघि पनि सहयोग गरेकै हो र आगामी दिनमा पनि यस्ता धेरै सहयोग जरुरी छ।  सस्थामा नेतृत्व लिन खोज्ने साथीहरु सहयोग दिन तयार रहनै पर्दछ। यसअघि उपाध्यक्ष कुमार पन्तले पनि संस्थालाई एक करोड सहयोग गरेको सार्वजनिक भइसकेको छ। सामाजिक काम र आपत बिपतमा अमेरिका र नेपाल भित्र सहयोग गर्ने मनकारी दाताको रूपमा गौरी जोशीको नाम परिचित छ। जोशी सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी हुन्।

 

प्रकाशित: ६ आश्विन २०७६ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App