१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आज शनिवार हुँदैछ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुन लागेकाे छ।

निर्वाचनको लागि निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयसेवकसहित करिब १०० भन्दा बढी खटाइएको छ । आइतवार दिउँसो सम्म नजिता आउने अपेक्षा गरिएको श्रेष्ठले बताए।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । गुरुङ र सुनारले आ–आफ्नो छुट्टै प्यानल सहित मैदानमा उत्रिएका छन् ।   १ सय १७ जना उम्मेदवार मैदानमा रहेको निर्वाचनमा महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र  कर्मा पहाडी बीच प्रतिस्पर्धा हुदैंछ ।

अध्यक्षका प्रत्यासीद्धयको निर्वाचन क्याम्पियनमा लागेकाहरु आ–आफ्नो पक्षले चुनाव जित्नेमा ढुक्क छन् । लामो समयदेखि समाजमा काम गरेको आधारमा सुनारलाई वेलायतस्थित नेपाली समाजले राम्रोसँग बुझेको आधारमा उनी चुनाव जित्नेमा ढुक्छन् । सुनारलाई पपुलरभोट धेरै जाने सम्भवना छ तर पपुलरभोट भने निर्णयक छैन । गुरुङ पक्ष पनि सम्पूर्ण आँकडासहित आफ्नो पक्षले चुनाव जित्नेमा उस्तै ढुक्क छ ।

८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये युके सबैभन्दा ठूलो शाखाको हो ।गैरआवासीय नेपाली संघको १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी स्वरुप अहिले विश्वभरका शाखामा निर्वाचन भैरहेको छ । गैरआवासीय नेपाली संघका अनुसार ४० देश भन्दा बढी देशमा निर्वाचन सम्पन्न भैसकेको छ ।

प्रकाशित: २८ भाद्र २०७६ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App