१५ चैत्र २०८० बिहीबार
प्रवास

एनआरएन युरोप उपसंयोजकमा तिमल्सिनाको उम्मेदवारी

काठमाडौं-  गैरआवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता कृष्ण तिमल्सिनाले देश विकासको लागि विदेशमा रहेका नेपालीको ज्ञान सिप र दक्षताको प्रयोग गर्न पर्ने बताएका छन्। उनले विदेशमा सिकेको ज्ञान देशको विकासमा खर्चिन ढिलाई गर्न नहुनेमा जोड दिए। एनआरएन युरोप उप–संयोजक पदका उम्मेदवार उनले संगठनमा एकता आवश्यक हुने बताए।

उनले युरोपमा एनआरएन एनसीसीलाई थप बिस्तार गर्न, अहिले युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना आफूले उम्मेदवारका रुपमा अघि सारेको बताएका छन्।

प्रकाशित: १६ भाद्र २०७६ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App