८ वैशाख २०८१ शनिबार
प्रवास

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

तस्बिरः रासस

वार्सा– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छन्।

पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरिन। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सघं पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिएकी थिइन्।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले परिवर्तित सन्दर्भमा नेपाललाई मनन गरी सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। राजदूत रमेशप्रसाद खनालले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई थप उचाइ दिनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष डा बुद्धिराज सुवेदीले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्ने धारणा राखेका थिए।रासस

प्रकाशित: १७ मंसिर २०७५ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App