१६ चैत्र २०८० शुक्रबार
प्रवास

नेपालमा निर्धक्क लगानी गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

टोकियो - जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजि क्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

मंगलबार जापानको राजधानी टोकियोमा आयोजित नेपाल ईन्भेष्टमेन्ट सेमिनारलाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले वर्तमान सरकारले तिव्रगतिमा विकासका योजनाहरु सार्वजानिक गरेको अवस्थामा सरकारी तथा नीजि क्षेत्रले विनाकुनै संकोच लगानी गर्ने वातावरण निमार्ण गरेको दावी समेत गरे।

नेपाल-जापानको लामो समयको घनिष्ट सम्वन्धलाई निरन्तरता दिदै एकआपसमा द्धिपक्षीय परस्पर सहयोगको अवस्थालाई थप मजवुत बनाउने बेला आएको मन्त्री ज्ञवालीले सम्बोधनका क्रममा बताए।

वर्तमान सरकारले समृद्ध नेपाल निमार्णका लागि तिव्र विकासका योजना सार्वजानिक गरेकाले कृषिमा आधुनिकिकरण, पूर्वाधार निमार्ण, सूचना प्रविधी, रेलसेवा, पर्यटन, स्वास्थ्य, विधुतीकरण लगायतका क्षेत्रमा नयाँ लगानी चाहेको बताए। सरकारले लगानी वोर्डको गठन गरेर विविधि क्षेत्रमा लगानी गर्नसक्ने प्रष्ट खाका तयार गरेको उनले बताए। नेपालमा हुने लगानी सुरक्षित गर्न वर्तमान सरकारले जस्तोसुकै साथ र सहयोग उपलब्ध गराउने कुरामा ढुक्क हुन आग्रह गर्दै उनले भारत, चीन, हङकङ लगायतका धेरै मुलुकले नेपालमा ठुलो लगानीको तयारी गरिसकेको जानकारी गराए।

सोही कार्यक्रममा लगनी वोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाल आर्थिक विकासका लागि वर्तमान सरकारले क्षेत्रगत हिसावले विविध स्तर समेत निर्धारण गरेको भन्दै नेपालको भौगोलिक अवस्था र सम्भावनाका बारेमा आफनो प्रस्तुति राखे।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राखेको कार्यक्रममा जापान ईन्टरनेशनल कोअपरेशन एजेन्सी जाईकाका तर्फबाट नेपाली लगानी वोर्ड वैदेशिक लगानी सल्लाहकार मिकिओ तामादाले एक दशक अघिको नेपालको अवस्था र वर्तमान नेपालको अवस्थामा धेरै परिवर्तन आएकाले लगानी गर्ने बातावरण तयार भएको जानकारी गराएका थिए। नेपालमा पहिले अस्थिर राजनीतिक अवस्थाका कारण लगानी गर्न अप्ठयारो भएको स्मरण गराउदै अहिले त्यो अवस्था नरहेको धारणा समेत उनले राखेका थिए।

यसैगरि उक्त सेमिनारमा नेपालमा थोरै लगानीमा व्रिकेट ईटा कम्पनी स्थापना गरेर राम्रो व्यवसाय स्थापित गरेको भिडियो प्रर्दशन गर्दै ईकेन कम्पनी जापानका हिदेआकी हाचियाँले नेपाल धेरै सम्भावनायुक्त मुलुक रहेको धारणा राखेका थिए।

समारोहमा जापान एक्सनल ट्रेड अर्गनाईजेशन जेट्रोका उपाध्यक्ष नाओयासी नोगुची, युएन ईण्ड्रष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेशन जापानका उपप्रमुख फ्रेडा जेलिगिनले समेत सम्वोधन गरेका थिए। समारोहमा जापानका तीनसय भन्दा बढी नीजि कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो।

 

प्रकाशित: ५ मंसिर २०७५ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App