७ वैशाख २०८१ शुक्रबार
प्रवास

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

टोकियो - गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

दिनानुदिन महिला हिंसा,चेलिबेटी बेचबिखन, जवर्जस्ती करणी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको र पीडित पक्षले न्याय पाउन नसकेको अवस्थाको बोध गर्दै पीडितको न्यायको पक्षमा लड्नको लागि अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु बस्नेत जानकारी दिए।

गैरआवासीय नेपाली संघ जापानको उक्त अभियानलाई सार्थक र प्रभावकारी बनाउने उदेश्यमा महिला हिंसा र चेलिबेटी बेचबिखनबिरुद्ध सक्रिय संस्था माइती नेपालसंग सहकार्य गर्ने छ।

नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौनहिंसा जवर्जस्ती करणी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानूनी उपचारसंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगायतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको हो।

उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापनाबाट शुरू गरेको छ।

सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष तथा प्रदेश नम्वर तीनकी प्रमुख अनुराधा कोइरालाले एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानूनी कार्यमा दरिलो साथ पाउने बताईन्।

एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथी हुने महिला हिंसा, जवर्जस्ती करणी, हत्या जस्ता कूकार्यको विरूद्ध  कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिने  जानकारी दिए।

यस अभियानमा सहभागी हुन चाहने विश्वको जुनसुकै कुनामा रहेका नेपालीले सामाजिक संजाल रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत सिधै सहयोग रकम हस्तान्तरण गर्न सक्ने पनि अध्यक्ष लामाले जानकारी दिए।

 

प्रकाशित: २५ कार्तिक २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App