१६ चैत्र २०८० शुक्रबार
प्रवास

संघीयता धान्न गाह्रो भयो : पूर्वअर्थमन्त्री महत

अमेरिका- पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले स्थानीय, संघ र केन्द्रिय सरकारको तादम्यता नमिल्दा तीन तहको संघीय संरचना आर्थिक रुपमा कठिन भएकाले मितव्ययीता अपनाउँदै आर्थिक बृद्धि र उत्पादन बढाउनु पर्ने बताएका छन्।

सरकार रवाफी तरिकाले चल्दा सविधान कार्यन्वयनको महत्वपूर्ण पाटोको रुपमा सघीयता कार्यान्वयन गर्न आर्थिक रुपले निकै कठिन हुँदै गएको उनले बताए। संघीय व्यवस्था राम्रो भए पनि त्यसको कार्यन्वयनमा राज्यले संचालन विधिलाई सरल बनाउन नसक्दा व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको उनको भनाई छ। अमेरिका भ्रमणमा रहेका पूर्वअर्थमन्त्री महतले एमआईटी विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुको मितेरी नामक संस्था र हार्वड विश्वविद्यालय पढ्ने विद्यार्थीहरुद्धारा संयूक्त रुपमा आयोजित छलफलमा यस्तो कुरा बताएका हुन्।

आर्थिक मितव्यीता अपनाउनुको साटो तीनै तहको आपसी समन्वय नहुँदा असमान करबृद्धि र राजनीतिक नेतृत्वले आआफ्नो सुविधा बढाउनमा केन्द्रित रहेकोले संघीय व्यवस्थाप्रति नै प्रश्न उठाउन थालिएको नागरिकन्यूज संगको कुराकानीमा डा महतले बताए। हरेक स्थानीय, संघले आर्थिक उत्पादनमा ध्यान दिनुको साटो कर बढाएर सुविधा लिन केन्द्रित हुँदा संघीय व्यवस्थाप्रति जनतामा निरासा उत्पन्न गराएको उनको भनाई छ। वैज्ञानिक डा प्रभात कुंवरले पूर्वअर्थमन्त्री डा महतसंग एमआईटीमा अध्ययन गर्ने नेपाली विद्यार्थीद्धारा स्थापित संस्था मितेरी र हार्वडमा अध्ययन गर्ने विधार्थीहरुले संयूक्त रुपमा नेपालको संविधान कार्यान्वयन, आर्थिक रुपमा उदाएका दुई छिमेकी भारत र चिनबाट लिनसक्ने फाईदा र समृद्ध नेपालका लागि प्रवासी नेपालीबाट योगदानको बारेमा छलफल भएको बताए। अमेरिका भ्रमणका क्रममा डा महतले एक दर्जन राज्यहरुमा रहेका नेपाली प्रोफसनल र जनसम्पर्क समितिहरुसंग अन्तर्क्रिया कार्यक्रमहरुमा सहभागी भएका थिए।  

प्रकाशित: १९ कार्तिक २०७५ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App