१६ चैत्र २०८० शुक्रबार
प्रवास

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोग आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

न्युयोर्क- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्य दूतावासले न्युयोर्कमा आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको बताए।

‘प्रवासमा रहेका नेपालीहरुको यसमा महत्वपूर्ण भूमिका हुन्छ,’ मन्त्री ज्ञवालीले भने। ‘तपाईहरुले जति प्रचार गर्नुहन्छ, त्यति नै सबैमा यसबारे जानकारी पुग्छ। 

सरकारले दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी गराउँदै यो सबैको पहलमा मात्र सम्भव हुने बताए। संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली अहिले न्युयोर्कमा छन्। 

 

प्रकाशित: ९ आश्विन २०७५ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App