१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएनकाे ११ औं युरोपीय क्षेत्रीय बैठक लग्जेम्वर्गमा

लग्जेम्वर्ग - गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा नवाै युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ। “युरोपिय एनआरएनको प्रतिवद्धता : नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा शुरु भएको बैठकको उद्धघान परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गरेका थिए। 

युरोपीय बैठकमा  नेपालमा लागानी, नेपाली भाषा र संस्कृतिको जगेर्ना, युरोपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता लगायतका एजेन्डामा छलफल हुनेछ। 

बैठकमा नेपाल सरकारका कुटनीतिक क्षेत्रका व्यक्तित्वहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरू, एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष लगाएतका  करीब ३ सय जनाकाे सहभागीता रहेकाे छ । बैठकको अन्तिम दिन भोलि (सोमवार) लग्जेम्वर्क घोषणापत्र जारी गर्दै बैठक समापन हुने संघका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए। 

 

प्रकाशित: १३ श्रावण २०७५ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App