४ वैशाख २०८१ मंगलबार
प्रवास

बेलायतको स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी

लण्डन- बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले  प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्। 

लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे। सो वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ। 

गुरुङले आफ्नो जितप्रति प्रशन्नता प्रकट गर्दै आगामि दिनमा वेलायतस्थित नेपाली र वेलायती  समुदाय  बीचको सम्वन्धलाई अझ प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले  स्थानिय स्कुल, पार्क, ट्राफिक, स्थानीय स्कूलमा नेपाली भाषा पठनपाठन, समुदायका गुनासालगायतको विषयलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने नागरिकन्युजलाई बताए।  

बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन्। लामो समय देखी गैरआवासीय नेपाली संघको अभियानमा सकृय उनलाई केही समय अघि मात्रै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषदले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको थियो। नेपालमा पुख्र्यौली घर कास्कीका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आएका छन्। 
यस्तै निर्वाचनमा उम्मेदवार बनेकी एकजना नेपाली  पराजित भएकी छन्। बिहीबार भएको स्थानीय निर्वाचनमा काउन्सिलर पदमा लीला सेलीङ्ग माबोले १४७ मत मात्र प्राप्त गरिन्। उनीले लेबर पार्टीको प्रतिनिधित्व गर्दे हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा व्लायकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी थिइन्।

सो क्षेत्रमा लिभरल डेमोक्रयाटका डेरेज आलेक्सले ११८६ मत प्राप्त गरि विजयी भए। यस्तै इलिगं काउन्सिलमा उम्मेदवार बनेका सुरेन्द्र ढुंगाना समेत निर्वाचनमा पराजित भएका छन्र। वेलायतको स्थानिय निर्वाचनको परिणाम आउनेक्रम जारी छ। हालसम्म प्राप्त परिणाम अनुसरा प्रमुखप्रतिपक्ष दल लेवर अग्रस्थानमा छ। 

प्रकाशित: २१ वैशाख २०७५ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App