१५ चैत्र २०८० बिहीबार
प्रवास

टीपीएस नविकरणको दबाव दिन २३ अमेरिकी सीनेटरद्वारा हस्ताक्षर

अमेरिका – आजको ठिक एक हप्ता अर्थात यही जुन २४ तारिकसम्ममा अमेरिकामा (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएस लिएर बसेका साढे ८ हजार नेपालीको भविष्यको छिनोफानो हुँदैछ।

अमेरिकी राज्य प्रशासन आप्रवासीप्रति अनुदार देखिएकोले यतिबेला टीपीएस नविकरण होला या नहोला भन्ने अन्यौलता छ। टीपीएस नविकरणको समय सकिनै लाग्दा पक्षमा लबिङ गर्ने क्रममा २३ जना अमेरिकी सीनेटरले हस्ताक्षर गरेका छन्।

अमेरिकी माथिल्लो सदनको एक सय जना सीनेटरमा २३ जनाले समर्थन गर्नु निकै उपलब्धिपूर्ण मान्नु पर्ने टीपीएस नविकरणको लागि अमेरिकी प्रशासन तहमा लबिङ गर्दै आएको अमेरिकामा सक्रिय संस्था अधिकारको तर्फबाट नर्बदा क्षेत्रीले बताइन्।    

हवाइका डेमोक्र्याट सीनेटर मेजिई के हिरानोले नेपालको टीपीएस नविकरणको लागी हस्ताक्षर गरेर सहयोग गरौं भन्दै आफ्ना सहकर्मी सीनेटरहरूलाई ‘डियर कलिग लेटर’ पठाएपछि २३ जना सीनेटरहरूले हस्ताक्षर गरेको यस अभियानमा सहभागी सञ्चारकर्मी शैलेश श्रेष्ठले बताए।

सिनेटर हिरानोले हस्ताक्षरमा पठाएको पत्रमा भूकम्पबाट ९ हजार नेपालीले ज्यान गुमेको, हजारौ व्यक्ति घरवार विहीन भएको, भूकम्पको प्रभावबाट नेपालीहरू अझै पूर्व अवस्थामा आइनसकेको, ६ लाख ५० हजार नेपालीहरू अझै बसोबासबाट बंचित रहेको लगायत विषयहरू समावेस गरिएको छ। सो पत्रमा सीनेटर हिरानोले तत्कालिन अवस्थामा १२ जना सीनेटरले लबिङ गरेको आधारमा टीपीएस पाएको उल्लेख गरिएको छ।

अमेरिकामा यसरी एक सीनेटर वा काँग्रेस म्यानले आफूले लविङ गर्ने विषयमा आफ्ना सहकर्मीहरूलाई डियर कलिङ लेटर भन्दै लबिङ गर्ने प्रचलन रहेको छ। जस अनुसार सीनेटर हिरानोले पठाएको कलिङ लेटरमा हस्ताक्षर गर्र्न आफू बसेको राज्यका सीनेटरहरूलाई फोन गरेर नेपाली अधिकारकर्मीहरुले पनि दवाव दिएका थिए।

२३ जना सीनेटरले हस्ताक्षर गरेर स्टेट डिपार्टमेन्ट र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई चिठ्ठी पठाइसकेकोले पनि नविकरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई दवाव पुगेको मान्न सकिन्छ।

पत्रमा हस्ताक्षर गर्ने सीनेटरहरूमा न्यूयोर्क, क्यालिफोर्निया, म्यासाचुसेट्स, न्युह्याम्पसर, मिनेस्वेटा, इलिनोईस र न्यूजर्सी राज्यका दुवै सीनेटरहरूलगायत रहेका छन्। हस्ताक्षर गर्नेहरू सबै डेमोक्र्याटमा सीनेटरहरू हुन्।

न्यूयोर्क राज्यको डीस्ट्रिक नम्बर दुईका शक्तिशाली रिपब्लिकन काँग्रेसम्यान पिटर किङ्गले होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टिन नेल्सनलाई टीपीएस नविकरणको लागी पत्राचार गरेकोले निकै अर्थ राख्ने बताइएको छ। उनले पठाएको पत्रमा नेपाल वस्तुगत अवस्थाको बारेमा जानकारी गराउँदै नविकरणका लागि आग्रह गरिएको छ। आप्रवासी मामलामा निकै अनुदार मानिएका उनले नेपाली प्रतिनिधि मण्डलसँग भेट्ने क्रममा आफूले नेपालका लागि मात्रै सहयोग गर्ने भन्दै पत्र पठाएका हुन्। पिटर दुई पटकसम्म होमल्याड सेक्यूिरटी हेर्ने विभागको सभापतित्व गरिसकेका व्यक्ति हुन्।

गैरआवासिय नेपाली संघले आफ्नो च्याप्टरहरूलाई यस अभियानमा सहभागी गराएको र विभिन्न तहमा व्यापक लविङ गरेको प्रवक्ता बाल जोशीले बताए। एनआरएन अमेरिकाले होमल्याण्ड सेक्यूरिटी र राष्ट्रपतिका उम्मेदवार शक्तिशाली रिपब्लिकन सीनेटर ट्रेड क्रुजलाई भेट गरी टीपीएस नवीकरणको लागि पहल गरेको थियो।

उता गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजक गौरी जोशी र आइसिसि सल्लाहकार हरिबोल भण्डारीको पहलमा आइसिसि अध्यक्ष भवन भट्टसहित टोलीले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक पहल गर्न आग्रह गरेको छन्। प्रधानमन्त्री ओलीले नेपालीस्थित अमेरिकी राजदुत एलाईना तेब्तिजलाई भेटी कुटनीतिक पहल गर्न आग्रह गरेका छन्।

अमेरिकास्थित नेपाली राजदुत डा. अर्जुन कार्कीले पनि नेपाल सरकारको तर्फबाट नविकरणका लागि अनुरोध गर्दै अमेरिकी सरकारलाई औपचारिक पत्र पठाएको दुतावास श्रोतले बतायो। टीपीएस नविकरणका लागि अमेरिकी राजनीतिमा संलग्न पूर्व राष्ट्रपति बाराक ओवामा एशिया प्यासीफीक सल्लाहकार समूहमा रहेर काम गरेकी सञ्चिता प्रधान, मेरिल्याण्डबाट ह्यारी भण्डारी, न्यूयोर्क निवासी मोहन ज्ञवालीलगायतले अमेरिकी राजनीतिज्ञसँग सिधा सम्पर्क गरी नविकरणका लागि पहल गरेका थिए।

अमेरिकी सरकारले ६० दिन अगावै अर्थात अप्रिल महिनाको २५ तारिखभित्रै टीपीएस नवीकरण सम्बन्धी निर्णय सार्वजनिक गर्ने कानुनी प्रक्रिया रहेको छ। जस अनुसार जुन २५ तारिकमा सकिने समयका लागि यही अप्रिल २५ भित्रै नथप्ने वा नथप्ने निर्णय सार्वजनिक हुनेछ।

प्रकाशित: ४ वैशाख २०७५ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App