१६ चैत्र २०८० शुक्रबार
प्रवास

सियाटल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी

अमेरिका- अमेरिकाको वासिंटन स्टेटस्थित सियाटल किंगस् काउण्टि मेट्रो पोलिटियनकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई सिस्टर मेट्रो पोलिटियन सिटी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन। महिला मेयर डर्किनले नेपालको महानगरपालिकाको पहिलो महिला मेयरले नेतृत्व गरेकोले पनि भरतपुर महानगरपालिकालाई आफु सिस्टर मेट्रो पोलिटियन बनाउन ईच्छुक रहेको बताएकी हुन। भरतपुर महानगरपालिकामा रेणु दाहाल मेयर छिन्। वासिंटन स्टेटको सियाटलस्थित नेपाली वाणिज्यदुत एसी शेर्पासंगको भेटमा शेर्पाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै भरतपुर महानगरपालिकासंग मिलेर काम गर्न सकिने बताएकी हुन। यदपि नगरपालिकासंगको भगिनी सम्बन्ध स्थापनाका लागि आवश्यक विषय वस्तुसहित अर्को भेटमा विस्तृत कार्ययोजना बनाउने बताइएको छ। वाणिज्यदुत शेर्पासंगको भेटमा मेयर डर्किनले आफु घुम्न जाने मुलुकको पहिलो सूचीमा नेपाल रहेकोसमेत बताएको शेर्पाले नागरिकलाई बताए।

वाणिज्य दूतावास स्थापनाको छोटो समयमा आफुले वासिंटन स्टेटस्थित सिनेटर मेरिया क्यान्टवाल र गर्भनर जे ईन्जलीलाई भेट्ने क्रममा नेपालीको लागि अमेरिकी सरकारले दिएको टिपिएस नविकरणका लागि पनि अनुरोध गर्दा किनै सकारात्मक रहेको बताए। साथै भेटमा नेपालमा पर्यटनको संभावना, लगानीका अवसर र विविध विषयमा छलफल भएको बताए।

वाणिज्यदूत शेर्पाले कार्यभार सम्हालेपछि सियाटलबाट नेपाल जाने भिषा लिएर सेवा प्रदान गरिएको छ। यस अघि अमेरिकी नागरिकले भिषा नेपाली लिनका लागि अमेरिकी दूतावस वा नेपाल नै पुग्नु पर्नेमा हाल वाणिज्यदुतावास सियाटलबाट पनि भिषा सुविधा शुरु गरिएको छ। विश्वका १० मुख्य पर्यटन र एडभेन्चरका कम्पनीहरुमध्ये सियाटलमा मात्रै सात वटा रहेका छन। उनिहरुले नेपालको भ्रमण र एडभेन्चरका बारेमा निकै सकारात्मक र सहयोगी देखिएको उनको भनाई छ । नेपालमा अमेरिकाबाट सबैभन्दा बढी पर्यटक पनि सियाटलबाट जाने गरेको बताउँदै शेर्पाले भने आगामी दिनमा थप धेरै कामहरु गर्न सकिने संभावनाहरु देखेको बताए।सियाटलमा वाणिज्यदूतावास स्थापना गरेपछि पछिल्ला दिनहरुमा भिषा लिनेको सख्यामा निकै बढेको वाणिज्यदूत शेर्पाले बताए।

 

 

प्रकाशित: २३ चैत्र २०७४ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App