४ वैशाख २०८१ मंगलबार
प्रवास

रिपव्लिकनका प्रभावशाली सिनेटर क्रुजसँग टिपीएस नविकरणको पहल गर्न आग्रह

अमेरिका- अमेरिकामा रहेको नेपाली समाज यतिखेर आठ हजार पाँच सय नेपालीको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नबिकरणको पहल गर्न जुटेको छ। गएको एक हप्तामा गैरआवासिय नेपाली संघको टोलीले अमेरिकाको रिपव्लिकन पार्टीका प्रभावशाली सिनेटर (टेक्सास) टेड क्रुजदेखि नेपाल सरकारका प्रधानमन्त्री केपी ओली सम्मलाई भेटी टिपिएस नविकरणको लागि पहल गरेका छन्। गैरआवासिय नेपाली संघ अमेरिकाको एससिसि अध्यक्ष डा केशव पौडेललको नेतृत्वमा गएको टोलीले सिनेटर क्रुजसंग भेटी टिपिएस नविकरणको प्रभाव र असरका बारेमा जानकारी गराउँदै नविकरण गरिदिन आग्रह गरेको थियो।

भेटघाटका क्रममा सिनेटर क्रुजले भूकम्प पश्चात् नेपालको आर्थिक, सामाजिक र नेपाली जनजीवनमा पर्न गएको प्रभावबारे आफू जानकार रहेको बताउँदै टिपिएस नबिकरणका लागी आफ्नो तर्फबाट प्रयास हुने आश्वासन दिएका छन। सिनेटर क्रुजको जुडिसिएल समितिसँग समेत भेटघाट गराउँदै नेपालीलाई परेको समस्याका बारेमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बालजोशीले नागरिकन्युजलाई बताए।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरूमा टिपिएस नबिकरण नभएमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको डा पौडेलले बताए।

अध्यक्ष डा. पौडेलले टिपिएस अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्नका लागी सिनेटर क्रुज समक्ष आग्रह गर्दै टिपिएस नबिकरणले अमेरिकामा रहेका आठ हजार पाँच सय नेपालीका परिवार लाभान्वित हुने बताएका थिए।

सो समितिको प्रतिनिधित्व गर्दै जुडिसियल काउन्सिल क्याथलिन हुंकरले एनआरएन प्रतिनिधि मण्डलसंग भेटी विनाशकारी भूकम्पले नेपालमा परेको दीर्घकालीन प्रभाव र अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरूकाबारेमा जानकारी लिएका थिए।

अमेरिकाको टेक्सासबाट सिनेटर बनेका टेड क्रुज अमेरिकी सिनेटर भित्रका एक प्रभावशाली सिनेटर हुन । रिपब्लिकन पार्टी भित्र पनि कन्जरभेटिभ समूहको प्रतिनिधित्व गर्ने सिनेटर क्रुज सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका एक सशक्त प्रतिष्पर्धीका उम्मेदवार थिए। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदैछ। टिपिएस नबिकरणका लागि समय सकिदै जाँदा नेपाली समुदाय नविकरणका लागि सक्रिय भएको छ। अघिल्लो हप्ता अमेरिकाज् क्षेत्रका संयोजक गौरीराज जोशी र आईसिसि सल्लाहकार हरिबोल भण्डारीले परराष्ट्र सचिव शंकर बैरागी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरी टिपिएसको नविकरणका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री ओली नविकरणको पहलगर्न सकारात्मक भएकोले कुटनीतिक पहल शुरु भएको परराष्ट्रमन्त्रालय र अमेरिकास्थित नेपालीदूतावास श्रोतले जानएको छ।

प्रकाशित: १७ फाल्गुन २०७४ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App