प्रेरक जीवनकथा

प्रेरक जीवनकथा

शनिबार, १६ चैत २०७५

मान्छेको जीवन सामान्य अवस्थाबाट कसरी असामान्य हुन पुग्छ भन्ने उदाहरण हुन् लोकगायक खड्ग गर्बुजा। तत्कालीन दुर्गम जिल्ला म्याग्दीको मराङको रिख भैसीगोठमा जन्मे/हुर्केका गर्बुजाको विगत दर्दनाक, पीडाडायी, संघर्षशील छ। उनको आत्मकथाबाट प्रेरणा मिल्छ।

मार्खेजको नविन प्रयोग

मार्खेजको नविन प्रयोग

शनिबार, १६ चैत २०७५

कोलोम्बियाली आख्यानकार गार्बियल गार्सिया मार्खेजका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने चुनौती भनेकै साँस्कृतिक दूरी हो। त्यसकारण उनका उपन्यासमा आउने पात्र नेपाली पाठकका लागि अजीव र अस्वाभाविक लाग्छन्। उनको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ।

दुःखका पहाड चढेर

दुःखका पहाड चढेर

शनिबार, १६ चैत २०७५

भारी बोकेर लेकबेसी गरेको, डुंगामा मान्छे तारेर दुईचार पैसा कमाएको र पर्यटकको भारी बोकेर हिमालतिर गएको उनको जीवनकथा प्रेरक छ।

राष्ट्रगान लेखकका व्यथा

राष्ट्रगान लेखकका व्यथा

शनिबार, १६ चैत २०७५

हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्?  सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले  आफ्नो उचाइ झन् बढाएका छन्।

पाश्र्व गायनमा नारायणगोपालको छवि

पाश्र्व गायनमा नारायणगोपालको छवि

शनिबार, ०९ चैत २०७५

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

लोकन्ती

लोकन्ती

शनिबार, ०९ चैत २०७५

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई।

बौैद्ध दर्शन र माध्यम भाषा

बौैद्ध दर्शन र माध्यम भाषा

शनिबार, ०९ चैत २०७५

केही वर्षअघि नेपाल मण्डलको बौद्ध धर्मसम्वन्धी लोटस रिसर्च सेन्टरद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलनबाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकासचाहिँ पक्कै हुन्छ होला।’

शताब्दीपुरुषको घुमफिर

शताब्दीपुरुषको घुमफिर

शनिबार, ०९ चैत २०७५

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

साहित्यमा यौनको स्वीकारोक्ति

साहित्यमा यौनको स्वीकारोक्ति

शनिबार, ०९ चैत २०७५

२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो।

सत्तारुढभित्रको सैद्धान्तिक विकल्प

सत्तारुढभित्रको सैद्धान्तिक विकल्प

शनिबार, ०९ चैत २०७५

मेरा पुराना मित्र रतन पुलामी मगर हलेसी सल्लेको महादेव ब्याँसीमा हाते ट्रयाक्टरबाट खेत जोत्दै गरेका भेटिए। मेरो ‘नमस्ते’, ‘अभिवादन’ को स्वर सुन्नासाथ उनले सहयोगीको हातमा ट्रयाक्टर थमाए र गफिन निस्किए। संक्षिप्त भलाकुसारीपछि अलि हिचकिचाउँदै उनले सोधे,‘कामरेड ! एउटा राजनीतिक कुरा सोधौँ ?’

के खाने ? के नखाने ?

के खाने ? के नखाने ?

शनिबार, ०९ चैत २०७५

खाना जीवन निर्वाहका लागि चाहिन्छ। खानाले नै हाम्रो शरीर निर्माण, बृद्धि र मर्मत हुन्छ। हामी जस्तो खाना खान्छौ त्यस्तै शरीर र स्वास्थ्य बन्छ। खानाले हाम्रो शरीर र विचारलाई प्रभाव पार्छ। त्यसैले सधैं शरीरलाई सजिलो गराउने खाना खानु पर्छ। हाम्रो शरीर कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर, फोस्फोरस जस्ता रासायनिक तत्व मिलेर बनेको हुन्छ। हामीले खानुपर्ने खाना पनि यिनै रासायनिक तत्वको अनुपात हो।

कोरामा छोरा ?

कोरामा छोरा ?

शनिबार, ०९ चैत २०७५

‘यो सानो बाबुको हो ?’मलाई देखाउँदै एक जना नचिनेको अंकलले सोध्नु भयो। “मेरो छोरा” बाबाको उत्तर थियो। “कति वर्षको भयो ?” फेरि प्रश्न सोध्नुभयो। ‘९ वर्षको’ बाबाले उत्तर दिनु भयो। “बाबुले ५० किमी पूरै साइकल चढ्न सक्छ त ?” पुनः प्रश्न गर्नु भयो। पोहोर नै ५० किमी चढिसक्यो ” बाबाले जवाफ दिनु भयो। यो प्रश्न उत्तर थियो २०७५ साउन ५ गते शनिवार काठमाडौ कोराको। कोरामा मात्रै साइकल चढेको यो मेरो चौथो पटक हो। कोरामा पहिलो पटक २०७२ सालमा भाग लिएको थिएँ। त्यतिबेला म ६ वर्षको थिएँ। पहिलो पल्ट मैले लगभग १५/२० किमी चढे। दोस्रो पल्ट ३०÷३५ किमी चढे। पोहोरदेखि ५० किमी पूरै चढ्न सफल भए। बरु उहाँ नै पहिलो चोटि आउनु भएको रहेछ। कुरा गर्दागर्दै यात्रा गर्ने हाम्रो पालो आइसकेछ। कोरामा १०० किमी र ७५ किमी वाला हिँडेपछि ५० किमीको पालो आउँछ। यो पल्ट कोरा काठमाडौबाहेक सोही दिन हेटौडा, पोखरा, बुटवल, धरानमा पनि भयो रे।

एउटा उपाय

एउटा उपाय

शनिबार, ०९ चैत २०७५

बिदाको दिन थियो। शोभा र निर्मल बैठक कोठामा खेलिरहेका थिए। त्यहीबेला भान्सा–कोठाबाट आमाको आवाज आयो– ‘ओहो, सत्यानाश ग-यो यो पड्केले पनि...!’ खेल्दाखेल्दै दुवै जनाले भान्सा–कोठातर्फ हेरे। देखे, छिमेकीले पालेका एउटा बिरालो कुद्दै बाहिर आउँदै थियो। र, हातमा कुचो लिएर आमा त्यसको पछिपछि आउँदै हुनुहुन्थ्यो। थाहा भइहाल्यो, बिरालोले आज पनि भान्सामा केही न केही नोक्सान पु-याएछ।

तीन धाम

तीन धाम

शनिबार, ०९ चैत २०७५

आन्तरिक पर्यटकको भिड लाग्ने गन्तव्य हुन् भेडेटार, हलेसी र लुम्बिनी। तीनवटै ठाउँमा आरामदायी होटल तथा लज सुविधा छ।

यमलोकमा  निर्मला

यमलोकमा  निर्मला

शनिबार, ०२ चैत २०७५

एक दिन यमराज आफ्नो दैनन्दिनी सकेर विश्राम गरिरहेका थिए। यमदूत (चित्रपट) मृत्युवरण गर्नेको नालीबेली निकाल्दै थिए। यत्तिकैमा यमलोकमा यसअघि कहिल्यै नसुनिएको अनौठो चित्कार सुनियो। यमदूत हस्याङफस्याङ गर्दै यमराजकहाँ आए। र, भने, ‘प्रभु ! अघिको चित्कार पृथ्वीलोकको हो।’ त्यसपछि दुवैले पृथ्वीलोकतर्फ हेरे।

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

शनिबार, ०२ चैत २०७५

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।

पुरातत्व : सम्पदा र संस्कृति

पुरातत्व : सम्पदा र संस्कृति

शनिबार, ०२ चैत २०७५

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

आधुनिक प्रेमकथा

आधुनिक प्रेमकथा

शनिबार, ०२ चैत २०७५

संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ । उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको अवतारमा उम्दा लाग्छन् । नायिका ‘साकुरा’ पनि फूलजस्तै कञ्चन, मायालु र निर्दाेष छिन् । मोटिभेसनल स्पिकरका रूपमा प्रेरणादायी प्रवचन दिने ‘प्रभाकर’, सडक विभागमा कार्यरत इन्जिनियर ‘जेनिस’ र राष्ट्र बैंककी जागिरे ‘साकुरा’ मेधावी र तिक्ष्ण बुद्धिका पात्र हुन् । आजका युवा प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्छन् । त्यही प्रवृत्ति छाएको छ उपन्यासमा ।

आञ्चलिक उपन्यास

आञ्चलिक उपन्यास

शनिबार, ०२ चैत २०७५

चीन र भारतजस्ता दुई ठूला राष्ट्रका बीचमा नेपाल छ। उत्तरमा चीन र दक्षिणमा भारतसँग सिमाना जोडिएर नेपालको मानचित्र बनेको छ। भारतसँग जोडिएको हाम्रो मैदानी भू–भागलाई हामी तराई–मधेस भन्छौ। यसले नेपालको ३४ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेको छ। यहाँ झण्डै एक करोडको जनसंख्या रहेको अनुमान गरिन्छ। यसरी यत्रो जमिन आवादी गरेर यति ठूलो संख्यामा बसोबास गरिरहेका जनतालाई आधार मानेर सर्जक गणेश अधिकारीले ‘मालिकहरूको मधेस’ नामक उपन्यास पाठकमाझ ल्याएका छन्।

डीक्रा बादीको सुखद् पुनरागमन

डीक्रा बादीको सुखद् पुनरागमन

शनिबार, ०२ चैत २०७५

राष्ट्रिय नाचघरमा खचाखच दर्शक। मञ्चमा बसेर सारंगी रेटिरहेको एउटा अधबैंसे। उसको छेवैमा उभिएर गाउँदै गरेकी लोकगायिका। उनले विरहका राग अलाप्दा भावुक बनेको दर्शक दीर्घा। सुँक्कसुँक्क आवाज।  ‘वान्स मोर !’ गडगडाहट तालीसँगै दर्शक दोहोर्याउँछन्–‘वान्स मोर !’

Ncell Footer Ad