ताङतिङदेखि घोक्रेलासम्म

ताङतिङदेखि घोक्रेलासम्म

शनिबार, २६ माघ २०७५

सिकाई कक्षाकोठाको साँघुरो घेरा भित्र सीमित राख्नु हुँदैन। घोकन्ते सिकाई न्यूनीकरण गर्दै र दिगो सिकाइतिर लाग्नु नै आजको आवश्यक्ता हो। सिकाइमा पर्याप्त शैक्षिक सामग्रीको प्रयोग अन्तक्र्रियात्मक जीवनोपयोगी ज्ञान तथा सिपको हस्तान्तरण, अध्ययन भ्रमण, अनुसन्धान मिसिनु पर्छ।

बारी बाँझै छ

बारी बाँझै छ

शनिबार, २६ माघ २०७५

पसिनाका धाराले खेतका डल्ला भिजाउन नसकेपछि आँसु नझार्ने प्रण गरेर आएको थिएँ बालुवाखानीमा तर आएकै दिनदेखि चुसेको चुस्यै छ बालुवाले पसिना र आँसु ।

कुन्क्यौली

कुन्क्यौली

शनिबार, २६ माघ २०७५

सुदूरपश्चिमेली महिलाका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु। भरिभराउ देखिन्छन् आँसुका पोखरी। उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिला पीडित नै छन्। विरह र वेदनाका सुस्केरा अलापेकै छन्। तुलनात्मक हिसाबले ती सुस्केरा बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा। यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरलाई बिर्सिन सघाउ पुर्‍याउँछन्। त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।

गुलाबी नजर

गुलाबी नजर

शनिबार, २६ माघ २०७५

जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ। ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्। फूल पनि फरक फरक स्वभावका हुन्छन्। ठाउ“ र हावापानी अनुसार रङगीचङगी फूलहरु फुलिराखेका हुन्छन्। विभिन्न उत्सबमा फूलहरुको महत्व हुन्छ। भ्यालेन्टाइन डे नजिकिइरहेका बेला गुलाफ र प्रेमबीचको सम्बन्धको बयान गर्नु सान्दर्भिक हुन्छ।

गुण्टा गुडाउँदै जुरिकतिर

गुण्टा गुडाउँदै जुरिकतिर

शनिबार, २६ माघ २०७५

हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। मैले आफ्नी साथीलाई ऊसित परिचय गराई दिएँ। उनी ऊसित वार्तालाप गर्न थालिन्।

किशोरीका दुःख

किशोरीका दुःख

शनिबार, २६ माघ २०७५

दउडैदउडा मिलेर बनेको गाउँ। यो दउडो कति पुस्ताबाट यसरी मिलाएर बस्न लागेको हो थाहा छैन। सबै एकै खाले छन्। उही ढुंगाको बान्नु, उही सल्लाको दरभराइनाले बनेका छर। कर्णाली सेरोफेरोमा लेखिएको बखतबहादुर शाहीको उपन्यास ‘छोट्टी’ विषयवस्तु, भाषाशैली र परिवेशका हिसाबले फरक स्वादको छ। छोट्टी अर्थात किशोरीले भोगेका शारीरिक, मानसिक र सामाजिक पीडा उपन्यासका विषय हुन्।

खुल्यो हेलम्बु

खुल्यो हेलम्बु

शनिबार, २६ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती–हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राका लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् गाउँहरू। प्राकृतिक छटाले भरिपूर्ण छ हेलम्बु।

सुन्तला हाइकिङ

सुन्तला हाइकिङ

शनिबार, २६ माघ २०७५

आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो !

थवाङ रिभिजिटेड

थवाङ रिभिजिटेड

शनिबार, २६ माघ २०७५

काठका कलात्मक घर। घना बस्ती। ढुंगा छापिएका गोरेटा। करिब तीन सय धुरी भएको एउटै गाउँ। रहरलाग्दो थवाङ (२,००० मिटर) गाउँ। मगर संस्कृतिले धनी। प्रदेश नं ५ मा पर्छ रोल्पा। लिवाङ उत्तरपूर्वको थवाङ गाउँ दस वर्षे द्वन्दकालमा धेरै पढिएको र सुनिएको नाम। माओवादी सशस्त्र जनयुद्दको उद्गमथलो–थवाङ। जनयुद्धमा पूर्वी रोल्पासँगै छिमेकी जिल्ला रुकुमका धेरै नागरिक युद्धमा होमिए। ज्यान गुमाए, अंगभंग भए अनि कयौं विस्थापित पनि।

मिछुर्लुङमा स्वागत

मिछुर्लुङमा स्वागत

शनिबार, २६ माघ २०७५

तनहुँको मिछुर्लुङ गाउँ ग्रामीण पर्यटन गन्तव्य बन्दैछ। भीमाद नगरपालिका–५ मा पर्ने गाउँमा हिमाली सौन्दर्य, मगर संस्कृति र अर्गानिक परिकार पाइन्छ। सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाका अनुसार गाउँमा ७२ घर छन्। ती मध्ये ११ घर दलितका हुन् भने बाँकी मगरका।

शेर्पाको नालीबेली

शेर्पाको नालीबेली

शनिबार, २६ माघ २०७५

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।

आध्यात्मिक केन्द्र ओशो तपोवन

आध्यात्मिक केन्द्र ओशो तपोवन

शनिबार, २६ माघ २०७५

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

इमानदार लेखनको प्रयास

इमानदार लेखनको प्रयास

शनिबार, २६ माघ २०७५

जीवनको ऊर्जाशील समय राजनीतिमा बिताएका राधाकृष्ण मैनालीले लेखेको संस्मरणात्मक कृति हो– नलेखिएको इतिहास।  बहुचर्चित झापा विद्रोहदेखि सुरु गरेरर ०७२ सालसम्मको समकालीन राजनीतिक उथलपुथलपूर्ण परिदृश्य समेट्ने क्रममा पुस्तकमा मैनालीले आफ्नो पारिवारिक इतिहास, बाल्यकाल, युवावयका प्रसङ्ग उल्लेख गरेका छन्।  यति भएर पनि पुस्तक उनको आत्मकथा नभएर मैनाली प्रत्यक्ष संलग्न रहेका अथवा तत्कालीन समयमा उनका वरिपरि भएका घटना एवम् तीनमा संलग्न पात्रबारे धेरै प्रसङ्ग समेटेर तयार पारिएको संस्मरण कृति बन्न पुगेको छ।

अँध्यारो रहेन बेलका

अँध्यारो रहेन बेलका

शनिबार, २६ माघ २०७५

‘बेलका’ शब्दै अँध्यारोसँग सम्बन्धित त। त्यसैले बेलकाको भेट उज्यालोसँग करिब करिब असम्भवै छ भन्दा हुन्छ। ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’– गीतको बोलजस्तै दुई किनाराका बसोबासी हुन् बेलका र उज्यालो। तर यो ध्रुवसत्यलाई चुनौती दिँदै अघि बढेको छ यतिबेला बेलका। अर्थात बेलका नगरपालिका। हो, उदयपुरको पूर्वी भागमा अविरल बहने सप्तकोशीको किनारमा अवस्थित बेलका नगरपालिका यतिबेला उज्यालो यात्रामा छ, विकासको उज्यालो।

आत्मीयताको मुहान टुटेपानी

आत्मीयताको मुहान टुटेपानी

शनिबार, २६ माघ २०७५

मिर्लुङकोट क्षेत्रको टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी नै रहेछ टुटेपानी ! गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।

हिउँमा प्रेमिकाको नाम

हिउँमा प्रेमिकाको नाम

शनिबार, १९ माघ २०७५

मौलिक संस्कृतिमा आधारित रहेर पूर्वी पहाडको नामाकरण गरिएको पाइन्छ। यस्तै एउटा नाम हो–वासुम खोला। पाँचथरको उत्तरी याङवरक गाँउपालिकामा पर्ने खोलामा पुगेपछि हाम्रो जिपलाई उकालो चढ्न कठिन भयो। कारण–सडकमा थुप्रिएको हिउँ।

मनास्लुकै आधुनिक रिसोर्ट

मनास्लुकै आधुनिक रिसोर्ट

शनिबार, १९ माघ २०७५

वैंशालु उमेर सिंगापुरमा विताएपछि त्यहाँ कमाएको धनराशी लिएर फर्केका भोटका एक युवाले जन्मथलोको पर्यटन एवं सामाजिक विकासमा अगुवाई गर्दै आएका छन्। उत्तरी गोरखाको नामरुङ गाउँमा जन्मे÷हुर्केका लाक्पा ढुण्डुप लामा स्वदेश फर्केपछि ०६४ देखि युवालाई संगठित गरेर पर्यटन, संस्कृति र सामाजिक काममा अग्रसर भएका हुन्।

‘भ्रमणयोग्य नगर बनाउँछौं’

‘भ्रमणयोग्य नगर बनाउँछौं’

शनिबार, १९ माघ २०७५

त्रियुगा सभ्यता र विकासलाई जोड्न त्रियुगादेखि गंगासम्म वस सेवा संचालन गर्ने प्रारम्भिक अभ्यास भएको छ।

अब अनुभव पर्यटन

अब अनुभव पर्यटन

शनिबार, १९ माघ २०७५

ठाउँ हेर्दै घुम्ने कामलाई अंग्रेजीमा ‘साइट सिइङ’ भनिन्छ। कुनै पनि गन्तव्यमा छुटाउन नहुने ठाउँ जसरी पनि पुग्ने र हेर्ने रहर बोकेकाहरूको संख्या बाक्लै छ। उनीहरू गुटुटुट एक ठाउँबाट अर्को ठाउँ, एउटा सहरबाट अर्कोको कष्टपूर्ण यात्रा समेत गर्छन्। कष्टपूर्ण यस अर्थमा कि हतारमा पुग्दा शरीरलाई सन्चो नहुन सक्छ। हो यसरी यात्रा गर्नेका ठूलो जमात बीच अहिले अर्को थरी यात्री पनि बढ्दै छन्। तिनले साइट सिइङ नभई साइट फिलिङ गर्छन्। यसरी हिँड्नेहरू समयको घेरामा सीमित हुँदैनन्, बरु मन परेको स्थानमा कैयौं दिन बिताइदिन्छन्।

छुवाछुत

छुवाछुत

शनिबार, १९ माघ २०७५

सहरमा एक असल राजा थिए। उनी राजा भए पनि साधारण जीवन जिउँथे। त्यही नै उनको परिचय थियो। उनी गुणका खानी थिए। अनि उनी ज्ञानका दाता थिए। उनमा अहम् लालच केही पनि  थिएन। उनी चाहन्थे  आफ्ना प्रजा सबै खुसी र सुखी रहुन्। साथै सबै जना शिक्षित होऊन्  भन्ने सोच्दथे। उनी दरबारका नोकरचाकर सबैलाई मिजासिलो र मित्रजस्तो व्यवहार गर्दथे।  प्रजाहरू सबै उनको तारिफ गरेर थाक्दैनथिए।