यमलोकमा  निर्मला

यमलोकमा  निर्मला

एक दिन यमराज आफ्नो दैनन्दिनी सकेर विश्राम गरिरहेका थिए। यमदूत (चित्रपट) मृत्युवरण गर्नेको नालीबेली निकाल्दै थिए। यत्तिकैमा यमलोकमा यसअघि कहिल्यै...

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर...

पुरातत्व : सम्पदा र संस्कृति

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको...

आधुनिक प्रेमकथा

आधुनिक प्रेमकथा

संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ । उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको...

आञ्चलिक उपन्यास

आञ्चलिक उपन्यास

शनिबार, ०२ चैत २०७५

चीन र भारतजस्ता दुई ठूला राष्ट्रका बीचमा नेपाल छ। उत्तरमा चीन र दक्षिणमा भारतसँग सिमाना जोडिएर नेपालको मानचित्र बनेको छ। भारतसँग जोडिएको हाम्रो मैदानी भू–भागलाई हामी तराई–मधेस भन्छौ। यसले नेपालको ३४ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेको छ। यहाँ झण्डै एक करोडको जनसंख्या रहेको अनुमान गरिन्छ। यसरी यत्रो जमिन आवादी गरेर यति ठूलो संख्यामा बसोबास गरिरहेका जनतालाई आधार मानेर सर्जक गणेश अधिकारीले ‘मालिकहरूको मधेस’ नामक उपन्यास पाठकमाझ ल्याएका छन्।

डीक्रा बादीको सुखद् पुनरागमन

डीक्रा बादीको सुखद् पुनरागमन

शनिबार, ०२ चैत २०७५

राष्ट्रिय नाचघरमा खचाखच दर्शक। मञ्चमा बसेर सारंगी रेटिरहेको एउटा अधबैंसे। उसको छेवैमा उभिएर गाउँदै गरेकी लोकगायिका। उनले विरहका राग अलाप्दा भावुक बनेको दर्शक दीर्घा। सुँक्कसुँक्क आवाज।  ‘वान्स मोर !’ गडगडाहट तालीसँगै दर्शक दोहोर्याउँछन्–‘वान्स मोर !’

बुद्ध कसका हुन् ?

बुद्ध कसका हुन् ?

शनिबार, ०२ चैत २०७५

बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।

चरिकोटेको काठमाडौं यात्रा

चरिकोटेको काठमाडौं यात्रा

शनिबार, ०२ चैत २०७५

परिचय पब्लिकेसनले रत्न प्रजापतिको ‘चराहरूको घुमघाम’ चित्रकथा बजारमा ल्याएको छ। देवेन्द्र पाण्डेको लोभलाग्दो आवरण र रंगीन चित्रकलाले कृतिलाई आकर्षक बनाएको छ। कथामा चरिकोटका चराहरूले काठमाडौंमा भ्रमण गरेको चित्रण गरिएको छ। झिलीमिली काठमाडौं हेरेर उनीहरू अचम्मित भए। भोलिपल्ट बिहानै रानी वनका चरासँगै चरिकोटे चरा उडे। चरिकोटका काग र रानी वनका चराबीच कुराकानी भयो। रानी वनका कागले काठमाडौं घुमाइदिने भएपछि चरिकोट सबै चरा खुसी भए।

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

माछापुच्छ्रे प्रदर्शनीमा सिर्जनशीलता

शनिबार, ०२ चैत २०७५

विद्यार्थी केन्द्रित शिक्षण विधिले मात्र विद्यार्थीमा सिर्जनशीलता ल्याउँछ नकि घोकन्ते सिकाइले । नवीनतम सिकाइ विधिले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्छ । स्कुलले आयोजना गर्ने प्रदर्शनी (एक्जिबिसन) महत्वपूर्ण क्रियाकलाप हो । यस्ता प्रदर्शनीका माध्यमबाट विद्यार्थीले अभिभावक, अतिथि र सम्पूर्ण शिक्षकवर्गमा आफूभित्रको क्षमता देखाउने मौका पाउँछन् ।

मेरो सानो खरायो, आज कता हरायो

मेरो सानो खरायो, आज कता हरायो

शनिबार, ०२ चैत २०७५

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

त्यो गुराँसे माला

त्यो गुराँसे माला

शनिबार, ०२ चैत २०७५

काठमाडौंको कोलाहल। धुवाँधुलो। बिहान कलेज आएपछि फेरि समाचारका लागि रिपोर्टिङमा कुदाकुद। कहिलेकाहीँ बाहिर घुम्न पाए हुन्थ्यो नि ! भन्ने सोचिरहेको थिएँ। नभन्दै कुटुम्ब कलेजबाट शैक्षिक भ्रमण जाने सल्लाह भयो। ठाउँ पनि पोखरा, लुम्बिनी, पाल्पा, लम्जुङ। अहो ! ठाउँ सुन्दै कहिले पुगौंला भन्ने लाग्यो। राति सुत्दा समेत रमाइलो गर्ने योजना बनाउने गर्थें म। फागुन २० गतेबाट हाम्रो घुमफिर सुरु भयो। स्नातक तह प्रथम वर्ष र दोस्रो बर्ष गरी १८ विधार्थी, सामाजिक कार्य विषयका शिक्षक लोकनाथ दुलाल र अंग्रेजी विषयकी शिक्षिका मेमलत्ता नेपाल गरी २० जना थियौं।

अष्ट्रियामा परम्परा व्याण्ड

अष्ट्रियामा परम्परा व्याण्ड

शनिबार, ०२ चैत २०७५

रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।

विडम्बना ! मेरो नाक

विडम्बना ! मेरो नाक

शनिबार, २५ फागुन २०७५

टक्रक्क टाढैबाट देखिने  मेरो भुत्ते नाकमाथि  गम्भीर आशंका जताउँदै  नाक आयोगका  एक हुल नाक  मेरो पिँढी–मझेरीमै पुगे  नाक निर्धारणका निम्ति  मलाई

बालकृष्ण गुरूका आँखामा आँसु

बालकृष्ण गुरूका आँखामा आँसु

शनिबार, २५ फागुन २०७५

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

सच्चा भक्त

सच्चा भक्त

शनिबार, २५ फागुन २०७५

मुनाले भनी, “अंकल ऊ त्यहाँ बस्ने एउटी बुढी आमै भोको हुनुहुन्छ । उनकै लागि मैले काम गरेकी । यो काम गरेको पैसा मलाई दिनुस् न !”

चित्रबाटै संरक्षणको सन्देश

चित्रबाटै संरक्षणको सन्देश

शनिबार, २५ फागुन २०७५

मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल ७८ वर्षको उमेरमा पनि चित्रकलामै समर्पित छन्। चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता हुन् उनी। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका कलाकार हुन्– हेम पौडेल।

वृद्ध आमाको घोषणा

वृद्ध आमाको घोषणा

शनिबार, २५ फागुन २०७५

दश महिनापश्चात् समयको ओछ्यानमा  पाठेघर उधारेर तिमीलाई जन्म दिएकी थिएँ, छोरा

सुत्ने कसरी, उठ्ने कसरी ?

सुत्ने कसरी, उठ्ने कसरी ?

शनिबार, २५ फागुन २०७५

सुत्दा जहिले पनि ढाड, गर्धन र टाउको सिधा हुनुपर्छ । बाङ्गो भएर, कुचुक्क परेर सुत्नाले शरीरको रक्तसंचारमा गडबडी हुन जान्छ । ढाड र गर्धनमा नशा च्यापिने सम्भावना हुन्छ । त्यसैले सुत्दा जहिले पनि खुकुलो र सिधा भएर सत्नु पर्छ।

प्रेम–वृत्तान्त

प्रेम–वृत्तान्त

शनिबार, २५ फागुन २०७५

प्रेम के हो ? यसको कुनै निश्चित परिभाषा छैन। कुनै शब्द वा वाक्यहरूमा मात्रै पनि सीमित छैन प्रेम। साँँच्चै भन्ने हो भने न कुनै रङ छ, न कुनै वस्तुपरक स्वाद; केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अजीवको विषय– प्रेम।

ठूले मास्टर

ठूले मास्टर

शनिबार, २५ फागुन २०७५

राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, कविता लेख्दा कराउँथेँ। तर, त्यसबाटै आज यत्रो राम्रो गर्याै। तिमीलाई कराएकोमा माफ गर है !

Ncell Footer Ad