चोलेन्द्र श्रीमानले गल्ती गरे, पराजुली श्रीमानले राजीनामा गर्दा राम्रो हुन्छः पूर्व न्यायाधीश केसी

बुधबार, ३० फागुन २०७४

सर्वाेच्च अदालतका पूर्व न्यायाधीस बलराम केसीले न्यायालयमा देखिएको विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिन उपयुक्त हुने बताएका छन् ।

'सरकार विफल भएमा कम्युनिष्ट अान्दाेलन विफल'

'सरकार विफल भएमा कम्युनिष्ट अान्दाेलन विफल'

आइतबार, २७ फागुन २०७४

सक्रिय राजनीतिलाई क्रमशः अन्य गर्दै राष्ट्रपतिको रूपमा  मुलुक र जनताको सेवा गर्दै जाने भनेर सोच बनाएको थिएँ । तर समय, परिस्थिति र पार्टीको निर्णयले सक्रिय राजनीतिक जीवनलाई निरन्तरता दिनुपर्छ र निष्क्रिय राजनीतितर्फ जानु हुँदैन भन्ने निर्णय गर्याे । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा भइरहेको एकतामा, वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि लाग्नेछु।

‘व्यापार लागत घटाउन आयातकर्ता सचेत हुन जरुरी’

‘व्यापार लागत घटाउन आयातकर्ता सचेत हुन जरुरी’

आइतबार, २७ फागुन २०७४

यतिखेर भारतका तीन बन्दरगाह कोकलता, विशाखापटनम् र हल्दिया नेपालको व्यापारका लागि प्रयोगमा ल्याइएका छन् । यी बन्दरगाहबाट हुने व्यापार आयातको तुलनामा निर्यात न्यून अनुपातमा छ।

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

शुक्रबार, २५ फागुन २०७४

मलाई विकसित र ज्यादै सुन्दर लागेको सहर हो, हङकङ । हङकङमा समुद्रबाहेक अरु सबै ठाउँ हराभरा छ । सहरवासी पनि अनुशासित छन् । कुनै काम गर्दा एकले अर्कोलाई अवरोध गर्दैनन्, बरु सहयोग गर्छन् । खुला ठाउँ पनि प्रशस्त छन् । नेपालको जस्तै हावापानी र भौगोलिक बनावट छ । मैले सानैदेखि संगत गर्दै आएका साथीभाइ पनि हङकङमै छन् । त्यहाँ आफ्नोपन पाइन्छ।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

बुधबार, २३ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

सोमबार, २१ फागुन २०७४

मलाई पोखरा प्रिय लाग्छ । पोखरा व्यवस्थित र प्रदूषणमुक्त पनि छ । मानिसको चाप पनि त्यति छैन । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । पोखरा सहरनजिकै गाउँ भेटिन्छन्।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

सोमबार, २१ फागुन २०७४

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

आइतबार, २० फागुन २०७४

वामपन्थीहरूको प्रतिस्पर्धामा लागेर देउवाले अर्थतन्त्र जेसुकै होस् भनेर सस्तो लोकप्रियताका लागि भत्ता दिइने उमेर घटनाइदिनुभयो ।

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।

‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’

‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’

शुक्रबार, १८ फागुन २०७४

रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्‍यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।

बंगलादेशमा निर्यातको ठूलो सम्भावना

बंगलादेशमा निर्यातको ठूलो सम्भावना

शुक्रबार, १८ फागुन २०७४

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल यतिबेला देशको व्यापार घाटा कम गर्ने उपायको खोजीमा छन् । व्यापारीसँग छलफल गरेर नेपाली उत्पादनको निर्यात बढाउन सके देशको व्यापार घाटा कम हुन्थ्यो भन्नेमा उनी छन् । पेसाले चिकित्सक भुसाल यतिबेला मुलुककै बिरामी अर्थतन्त्रको उपचारका लागि क्रियाशील रहेको बताउँछन्।

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

सोमबार, १४ फागुन २०७४

मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

‘५२ आनामा मुआब्जा विवाद छ’

‘५२ आनामा मुआब्जा विवाद छ’

सोमबार, १४ फागुन २०७४

वर्षातका बेला जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । नगरपरिषद्बाट योजना तर्जुमा गर्यौँ । तर, वर्षात्को समय र प्रदेशसभाको निर्वाचनका कारण योजनाहरूले मूर्तरूप लिन सकिरहेका छैनन् । पछिल्लो समय वडा कार्यालयले उपभोक्ता समितिसँग समन्वय गरेर वडास्तरीय योजना अघि बढाइरहेको छ।

'यहाँ सबैकाे ध्यान भारतमै किन'

'यहाँ सबैकाे ध्यान भारतमै किन'

आइतबार, १३ फागुन २०७४

यो विषय कस्तो हो भने, नेपालका लागि भारत एकदमै महत्वपूर्ण हो । नेपालले जहिले पनि भारतलाई हेर्छ । भारतको धेरै देशसँग सम्बन्ध छ । तर नेपालको बारेमा जति छलफल हुनुपर्ने हो, भारतमा त्यति भने छैन । त्यो स्तरमा हामी पुगेका छैनौँ । सञ्चारमाध्यमहरू र एकदुईवटा क्लास रुममा बाहेक छलफल हुँदैन । यो स्वीकार्नैपर्छ । तर नेपालमा आएपछि सबै सञ्चारमाध्यम, अन्य छलफलदेखि सरकारको ध्यानसमेत भारत केन्द्रित हुन्छ।

मुआब्जा दिन नपाउँदा सडक विस्तारमा समस्या

मुआब्जा दिन नपाउँदा सडक विस्तारमा समस्या

शुक्रबार, ११ फागुन २०७४

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको झन्डै आठ महिना भयो । निर्वाचित भएर आउनेबित्तिकै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइरहेका छौँ । अहिले जनताले छिटो–छरितो सेवा पाइरहेका छन् । जनताको माग र अपेक्षालाई सम्बोधन गरेर चरणबद्ध रूपमा योजना बनाएका छौँ । नगरपरिषद्बाट गरेका चरणबद्ध योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयन चरणमा पुगेका छौँ । विकास योजनाका काम प्रक्रियागत रूपमा अघि बढिसकेको छ । त्यसको प्रतिफल जनताले अबको एक–दुई महिनापछि मात्रै देख्नेछन् । प्रदेश सरकार हालसालै बनेको छ । अब प्रदेश सरकारले कानुन बनाएसँगै स्थानीय तहले गति लिनेछ ।

अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ

अप्ठ्यारोबीच विकासको गोरेटो तयार पार्नु छ

बिहिबार, १० फागुन २०७४

नेपालको संविधान २०७२ जारी भएको दुई वर्ष बितिसक्दा कार्यान्वयनको सुरुवातमै छ । सोही संविधानअन्तर्गत संघीयताको नयाँ अभ्यास हुँदैछ । लामो समयदेखि उठ्दै आएको संघीयताको मुद्दा सम्बोधनसँगै जनताले समृद्धिको सपना देख्न थालेका छन् ।

हामी इतिहास समीक्षामा अल्झिदैनौँ (भिडियो)

मङ्गलबार, २३ माघ २०७४

भारतसँग मित्रतापूर्ण सम्बन्ध, घनिष्ठ र दुई देशको जनताको हितमा लाभ हुने गरी सम्बन्ध राख्न खोजेका हौँ । दुवै देशबीचको सम्बन्धका कतिपय आयामहरूलाई अद्यावधिक गर्न जरुरी छ।

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

मङ्गलबार, १६ माघ २०७४

राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

शुक्रबार, १२ माघ २०७४

प्रा.डा. कुलप्रसाद कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुन्। पूर्वीय दर्शनमा दखल राख्ने कोइरालाले ‘त्यागमय भोग’को पूर्वीय अवधारणा मात्रै प्रसार गर्न सकेमा समाजले दुःख नपाउने तर्क गर्छन् । अहिले संग्रह र भोगको संस्कृतिले समाज बिगारेको उनको बुझाई छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।