वामपन्थी सरकारसँग प्रश्नै–प्रश्न?

मङ्गलबार, ११ मङि्सर २०७५

एकवर्षपछाडि फर्कौँ। संविधानसभावाट संविधान जारी भएर आमनिर्वाचनको वातावरण थियो। नेपालका वामपन्थीहरू बहुमतको सरकार बनाउँदैछन् भन्ने सर्वत्र चर्चा थियो। राजनीतिको सामान्य ज्ञान भएका सबै देशी र विदेशीले निर्वाचनपूर्वनै परिणाम आकलन गरेका थिए। पत्रपत्रिकाको मुखपृष्ठमा कांंग्रेस हार्दैछ र कम्युनिस्टले बहुमतको सरकार बनाउँदैछ भन्ने अड्कलवाजीहरू सामान्य थिए।

दुर्घटना निम्त्याउन अग्रसर नेतृत्व

मङ्गलबार, ११ मङि्सर २०७५

विवेक हराएपछि संवेदनशीलता लोप हुन्छ। संवेदनहीनताको प्रभावमा विश्वसनीयतामा नै खडेरी पर्न थाल्छ अनि स्वतः विपत्तिका पाइलाहरू लम्किएर नजिकिन थाल्छन्। अफसोच, पटक पटक भोगेका दुर्घटनाहरूको कोक्याउने अनुभवहरू चटक्कै बिर्सेर नेपालको शासकीय राजनीतिले फेरि विवेक गुमाएको छ, संवेदनशीलता गुमाउन थालेको छ।

लक्ष्य सहरमा घर–घडेरी!

मङ्गलबार, ११ मङि्सर २०७५

फोटोग्राफीमा धेरै रुचि राख्ने मेरो एक जना मिल्ने साथी छ। नियमित कामबाट फुर्सद हुनासाथ ऊ विभिन्न गाउँ डुल्छ र ती गाउँहरूको अनुहार क्यामेरामा कैद गर्छ।

निर्मला बलात्–हत्याबारे घनश्याम भूूसालहरूको सिद्धान्त के भन्छ?

मङ्गलबार, ११ मङि्सर २०७५

सत्तासीन दलका एक जना सांसदकी छोरी शृंखला खतिवडा सामाजिक सञ्जालमा चर्चित छिन्। चीनमा चलिरहेको विश्व सुन्दरी प्रतियोगितामा उनले पाएको सफलतासम्बन्धी भिडियोहरूले एकछत्र प्रभुत्व जमाइरहेको पनि छ।

पन्त दम्पतीको पीडा

सोमबार, १० मङि्सर २०७५

निर्मला पन्तको बलात्कारपछि हत्या भएयताका घटनाक्रमले एकपछि अर्को गर्दै हाम्रो प्रहरी प्रशासनको निकम्मापन सार्वजनिक भइरहेको छ। हुँदाहुँदा निर्मलाका पीडित पिता यज्ञराज पन्तको अवस्था अन्त्यन्त दयनीय अवस्थामा पुगेको छ।

पेन्सनमाथि वृद्धभत्ताः नीतिगत लुट

सोमबार, १० मङि्सर २०७५

‘विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता नदिने निर्णय सरकारले उल्ट्याउँदा राज्यमाथि ३ अर्ब रुपियाँको व्ययभार’– यो थियो गत १ मंसिरको यसै दैनिकको प्रमुख समाचार।जुन विषयमाभोलिपल्टै सम्पादकीय पनि लेखिएको थियो।

काठमाडौँको माटोमा तरलीकरण

सोमबार, १० मङि्सर २०७५

२०७२ वैशाख १२। हाम्रो पुस्ताले देखेको सबैभन्दा ठूलो भुइँचालो । धेरै ठूलो जनधनको क्षति गरेको भूकम्पको असरबाट नेपाल अझै पूर्णरूपमा तंग्रिन सकिरहेको छैन। भूकम्पपश्चात् नवनिर्माणको कार्यले तीव्र्रता पाइरहेको र आम जनमानसमा पनि बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको पाइन्छ। हाल स्थानीय तहहरूमा नक्सा पासपश्चात् मात्र नयाँ संरचना निर्माण गर्न पाइने नियम लागू हुँदै गइरहेको छ। यसले गर्दा निश्चित मापदण्डभित्र रहेर नयाँ संरचनाहरू निर्माण गर्न पक्कै टेवा पुग्ने र पुगिरहेको पनि देखिन्छ। तर बलियो संरचना भन्दै गर्दा धेरैले जमिनमाथिको संरचनालाई मात्र बुझ्ने तर संरचनाहरू बन्ने स्थानको जमिन वा माटोलाई भने पूर्णतः बेवास्ता गरेको पाइन्छ। यस्तो स्थितिमा मुख्यतः भूकम्पको प्रभावले माटो तरलीकरण हुँदा पार्ने प्रभावका बारेमा काठमाडौँको माटोलाई आधार मान्दै यो लेख तयार गरिएको छ।

चुनावी भड्किल्याइँको सीमा के?

सोमबार, १० मङि्सर २०७५

निर्वाचन लोकतन्त्रको महत्वपूर्ण स्तम्भ हो र निर्वाचन सञ्चालन गर्न निर्वाचन आचरसंहिता आवश्यक छ। निर्वाचन आचारसंहिताको पालना गर्ने/गराउने र सोको उल्लंघन भएको सम्बन्धमा छानबिन तथा अनुगमन गरी कारबाहीसम्म गर्न पाउने स्वतन्त्र निकायका रूपमा विभिन्न मुलुकमा निर्वाचन आयोगको गठन गरिएको हुन्छ। निर्वाचन आचारसंहिताको एक प्रमुख विषयका रूपमा राजनीतिक दलहरूले निर्वाचनमा गर्ने खर्च तथा समग्र रूपमा राजनीतिक दलको कोषलाई व्यवस्थित र पारदर्शी बनाउने भन्ने व्यवस्था गरिएको हुन्छ।

तमसुक, फालिएको कन्डम र आत्मसम्मान

सोमबार, १० मङि्सर २०७५

‘मैले ग’को वर्ष श्रीपञ्चईंको दिन दे’को हुम् त मालिक !’ धैरेनीका खत्री बाले हारेको स्वरमा भने। ‘कहाँ दिस् ? तैँले पैसो दे’को भन्ने कहाँ लेख्या छ ?’ पण्डित बा कड्किए र खोले तमसुकको पोको। सिरकको खोलले बेरेको पोकोभित्र एक खात नेपाली कागजमा कालो मसीले लेखिएका तमसुक थिए। तावाको धैँसो तेलमा मोलेर बनाइएको बुढीऔँलाको ल्याप्चे तमसुकको दायाँ–बाँया लहरै देखिन्थे।

सहज सडक

आइतबार, ०९ मङि्सर २०७५

यतिबेला हामीले भोगेका दुःखमा सबैभन्दा ठूलो हिस्सा सडकको पीडा हो। लाग्छ, समयमै सडक निर्माण र विस्तारको काम सकिने हो भने हाम्रा सुखका दिन पनि त्यहीँबाट सुरु हुनेछन्। सडकको निर्माण सम्पन्न भएपछि सुन्दर र फराकिला सडकका तस्बिर सामाजिक सञ्जालदेखि अखरबारसम्म फैलाउन हामी लालायित भएको देखिन्छ। कलंकीदेखि जडिबुटीसम्मका सुन्दर सडक दृश्यले हामी सबैको मन लोभ्याउने गरेको छ। तिनलाई जहिल्यै सामाजिक सञ्जालले ‘भाइरल’ बनाएका छन्।

बहसमा लोकतन्त्र

आइतबार, ०९ मङि्सर २०७५

केही दिनअघि पत्रकार गंगा बरालले हाम्रो सविधानको नाम, मिति, इत्यादिबारे सवाल उठाएका थिए। वर्तमान सविधान कहिले जारी भयो भन्ने पनि नलेखिएको प्रसङ्ग उठाउँदा मैले भनेँ– यस संविधानको नाम नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ हुनुपर्छ।

समावेशी विकास : के र कसरी?

आइतबार, ०९ मङि्सर २०७५

आर्थिक वृद्धिलाई मात्र विकास ठान्ने परम्परागत अर्थराजनीतिक दृष्टिकोणमा परिवर्तन आई विकासलाई सामाजिक, आर्थिक र वातावरणीय आयामबाट हेर्ने विस्तृत दृष्टिकोण स्थापित भएको छ।

नेपाल टेलिभिजन बन्द गर्ने कुरा

आइतबार, ०९ मङि्सर २०७५

टेलिभिजनप्रति चासो राख्ने संसारभरिका मानिसहरूले आआफ्नै ढंगले विश्व टेलिभिजन दिवस यसै हप्ता मनाए। नेपालमा पनि यो दिवस मनाइयो। यसै दिवसका अवसरमा नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले एक अन्तर्वार्तामा ‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’ भन्नुभयो।

दलालको दलदलमा विकास

आइतबार, ०९ मङि्सर २०७५

विकास र समृद्धि यतिबेला खुबै चलेका शब्द हुन्। तर यी दुई शब्दका अन्तर्यमा जस्तो परिभाषा विद्यमान छ त्यो कम्ती चाखलाग्दो छैन। विकास र विकासे सञ्चारको विद्यार्थी भएका नाताले स्वाभाविक रूपमा मैले यसलाई आलोचनात्मक चेतले हेर्न पाएँ। यद्यपि मेरा सीमितता छन्। मैले यहाँ प्रस्तुत गरेका विचार मेरा निजी अनुभव हुन्।

राष्ट्रपतिलाई नारायणहिटी

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनःका लागि क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र समाज कल्याण परिषद् उपलब्ध गराउने सरकारको निर्णयले व्यापक विवाद उत्पन्न गरेको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक नाघिसक्दा यी दुई संस्थाको विकास क्रमले पनि आकार लिइसकेको अवस्था अहिले छ।

अनिश्चितताको भुमरी

शुक्रबार, ०७ मङि्सर २०७५

जलेश्वरको रूपरंग दशकौंदेखि जस्ताको त्यस्तै छ। लगभग दुई दशकदेखि ‘निर्माणाधीन’ १५ किमी लामो जनकपुर–जलेश्वर सडकको अवस्था अहिले पनि खासै सुध्रिएको छैन। सन् १९९० दशकमा माओवादीको भयलाई देखाएर काम गरिएन। सन् २००१ पछि संकटकालले गर्दा सरकारका प्राथमिकता फेरिए। त्यसपछि मधेस आन्दोलनलाई दोष दिँदै काम बन्द भयो।

राजा महेन्द्रको सपना

शुक्रबार, ०७ मङि्सर २०७५

हाम्रा पूर्वीय शास्त्र र पश्चिमी राष्ट्रका विद्वान्हरूले समेत सक्षम राष्ट्रनायकको कल्पना गरेका छन्। त्यस्तो असल काम गर्ने मानिसलाई सभ्य समाजले सदैव सम्झना गर्छ।

समृद्धि यात्रामा दलित बाहिर

शुक्रबार, ०७ मङि्सर २०७५

नेपालमा कुल जनसंख्याको १३.८ प्रतिशत दलित समुदाय रहेका छन्। राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालको गरिबी २१.६ प्रतिशत रहेको छ तर दलितको गरिबी २०११ को तथ्यांकलाई आधार मान्दा ४२ प्रतिशत रहेको छ।

भाषिक विविधताको महत्व नबुझ्दा...

शुक्रबार, ०७ मङि्सर २०७५

नेपालमा १२५ भन्दा बढी जातजातिले सयौँ भाषा–भाषिकाहरू मातृभाषाका रूपमा बोल्छन्। हामी भाषिक विविधतामा साँच्चै नै धनी छौँ। यो नेपालको सम्पत्ति हो।

किन भएन काम?

बिहिबार, ०६ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ९ महिने सरकारबाट अपेक्षित परिणाम आउन नसकेको यस घडीमा समीक्षा बैठक गरेका छन्। मुलुकमा यतिबेला अहं प्रश्न उठेको छ– किन काम भएन ?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।