नाममा के छ हजुर?

आइतबार, १६ मङि्सर २०७५

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले पदासीन हुनुअघि हिन्दुत्व (हिन्दु राष्ट्रवादी)का कट्टर पक्षधरका रूपमा आफ्नो परिचय बनाएका थिए। मुख्यमन्त्री बनेपछि पनि उनले आफ्नो सो परिचयमा कुनै परिवर्तन ल्याउन चाहेनन्। बरू उनले हिन्दु चिह्न र प्रतीकको महत्वलाई अझ उजागर गर्न राज्यका निकायहरूको मज्जाले प्रयोग गरे। उनले सरयू नदीको किनारामा रामको ठूलो मूर्ति बनाउने र रामको मन्दिर बनाउने अभियानमा खुलेरै समर्थन गरे। उनी मुसलमान नाम भएका विभिन्न सहरको नाम परिवर्तन गर्दै हिँडेका छन्।

फाल्गुनन्द अवतार आत्मानन्द

आइतबार, १६ मङि्सर २०७५

मुहिगुम अङसीमाङ आत्मानन्द लिङदेन महागुरु फाल्गुनन्दको पुनवतार हुन भनी किरात धर्ममा पूज्यनीय मानिन्छ। दर्शन दृष्टिकोणले किरात धर्म दर्शन अवतारवादमा विश्वास गर्छ, अवतारवादी हुनाले आत्मावादि र नआत्मावादी अर्थ नै परमात्मावाद हो।

जाडोमा बाथ मुटुरोगको जोखिम

शनिबार, १५ मङि्सर २०७५

नेपालमा बालबालिकालाई हुने बाथ मटुरोगको जोखिम धेरै रहेको चिकित्सकले जनाएका छन्। यो रोगको जोखिम जाडोमा बढी हुने भएकाले सचेत हुन उनीहरूले अभिभावकहरूलाई सुझाव दिएका छन्।

(अ)संवेदनशील स्थानीय सरकार

शुक्रबार, १४ मङि्सर २०७५

मुलुकको कुनै स्थानमा प्राकृतिक विपत्ति वा अन्य कुनै दुर्घटना भयो भने सबैभन्दा पहिला उद्धार र राहतमा जुट्ने स्थानीय सरकार नै हो। तर, नेपालको सन्दर्भमा सात सय ५३ वटा स्थानीय सरकारमध्ये अधिकांशसँग त्यस्तो उद्धार एवं राहत कार्यमा जुट्ने संयन्त्र र साधन छैन।

सम्मेलन र सम्यकस्मृति

शुक्रबार, १४ मङि्सर २०७५

काठमाडौँ उपत्यकामा अनेक राष्ट्रिय कार्यक्रममात्र हुने हैन, वर्खायामलाई छलेर क्षेत्रीय, अन्तर्राष्ट्रिय सभा/सम्मेलन पनि बग्रेल्ती भइरहेका हुन्छन्। कुनै ठुला हुन्छन्, कुनै साना। कुनैले प्रशस्त चर्चा पाउँछ, कुनैले कम। देशको संघीय राजधानी रहेको ऐतिहासिक उपत्यकामा यसरी क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू भइरहनु र सस्ता घुमन्तेलाई मात्र हैन, सम्मानित पाहुनाहरूलाई समेत आतिथ्य प्रदान गर्ने अवसर भइरहनु राम्रै हो।

भूमिगत गिरोहको पुनर्जन्म

शुक्रबार, १४ मङि्सर २०७५

सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा उनीमाथि भ्रष्टाचारको कसुरमा २०४० साल असारमा महाअभियोग लाग्यो। लोकेन्द्रबहादुर चन्द प्रस्तावक र प्रकाशचन्द्र लोहनी समर्थक भएर महाअभियोग प्रस्ताव दर्ता गरे। त्यसमा मतदान हुँदा प्रधानमन्त्री थापाले १७ मत मात्र पाए।

कहाँ छन् दलित?

शुक्रबार, १४ मङि्सर २०७५

“हामीले आफ्नो आवाज उठाउन सकेका छैनौँ, हाम्रो पनि बाध्यता छ।” आफ्नो अधिकारका लागि बोल्न नसकेको आरोपलाई आत्मसात् गर्दै एक जना दलित सांसद।

खेर जाँदै दुर्लभ अवसर

शुक्रबार, १४ मङि्सर २०७५

केन्द्रका समाचारहरू निकै निराशाजनक छन्। स्थानीय तहका समाचारहरू राजधानीसम्म आइपुगेका छैनन्। सहरबाट हेर्दा असन्तुष्टि, कुशासन, भ्रष्टाचार र बेइमानीको पराकष्ठा छ। के सरकार, के निजी क्षेत्र कतै पनि इमानदारी र भरोसायोग्य अवस्था छैन। विकास र प्रगति ठप्प छ।

विकासको वेग

बिहिबार, १३ मङि्सर २०७५

राजनीतिक परिवर्तनका उत्ताल तरंगमा हेलिँदाहेलिँदा हामी सबैलाई अहिले सबैभन्दा मिठो अपेक्षा एउटै छ– विकास। छिमेकी भारत र चीनले गरेको प्रगति देखेर हामी छट्पटाउँछौं। सिंगापुरले गरेको उन्नति देखेर हामी त्यस्तै गर्न पाए हुन्थ्यो भन्छौं।

धर्म निरपेक्षताका संवैधानिक सीमा

बिहिबार, १३ मङि्सर २०७५

नेपालको संविधानमा धर्म निरपेक्षता लेख्नुपूर्व प्रतिनिधिसभाको घोषणापत्रमा त्यसको उल्लेख गरियो। सो घोषणामा किन र कसरी धर्म निरपेक्षता लेखियो रहस्यमय छ।

गान्धी, अम्बेडकर र पुना प्याक्ट

बिहिबार, १३ मङि्सर २०७५

हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो।

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

बिहिबार, १३ मङि्सर २०७५

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मात्र होइन कि कञ्चनपुरकी अबोध १३ वर्षिया निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या अहँ स्वीकार छैन। चार महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्नु र घटनाको वास्तविकता उजागर नगर्ने सरोकारवाला पक्षसँग पटक्कै स्वीकार छैन !

मौलिकता मास्दै, पर्यटक बोलाउँदै !

बिहिबार, १३ मङि्सर २०७५

बजेट घाटा, भुक्तानी असन्तुलन, व्यापार घाटा, डलरसँगको गिर्दो विनिमयदर, मुद्रास्फिति, बेरोजगारी, विकास बजेटको दुर्बल स्थिति- आर्थिक सूचकांकमा कमजोरीको पराकाष्ठा छ। सबै आर्थिक सूचकाङ्क डरलाग्दोसँग बिग्रिएका छन् । सानो बजार, भूपरिवेष्टित, अझ भारतवेष्टित र अर्को छिमेकी चीनपट्टि दुर्गम हिमाली भूगोलले हामीलाई वैदेशिक वृष्टिछायाँमा धकेलेको छ।

मर्निङ वाक घाम लागेपछि मात्र

बुधबार, १२ मङि्सर २०७५

कचौरा आकारमा रहेको काठमाडौँ खाल्डोमा हावा चल्ने दिशा पूर्व–पश्चिम मात्रै हो भन्छन् जानकारहरू। अवस्थिति र भू–बनोटका कारण हुरी–बतासकै गतिमा हावा चल्यो भने मात्रै यहाँको प्रदूषित हावा उपत्यकाबाट हुत्तिएर बाहिरिन सक्छ अन्यथा यहीँ रुमल्लिरहन्छ भन्छन् यसका अध्येताहरू। त्यही प्रदूषित हावामै हामी सबै आ–आफ्नो फोक्सो ‘सफा’ गरिरहेका हुन्छौँ, बिहानी हिँडाइसँगै।

श्रमिक सुरक्षा

बुधबार, १२ मङि्सर २०७५

दार्शनिक नोम चोम्स्कीले भनेका छन्, ‘सामाजिक सुरक्षा तिमीले अरु मान्छेको जिम्मेवारी वहन गर्ने सिद्धान्तमा आधारित हुन्छ।’ सामाजिक सुरक्षाले मानिसलाई व्यक्तिवादी बन्नबाट रोकेर सामाजिक उत्तरदायित्व बढाइदिन्छ। समाजमा सम्पन्नले विपन्नको रेखदेखको जिम्मेवारीसमेत लिनुपर्छ। समाजका लागि योगदान गरेकाको यथोचित काल र परिस्थितिमा जीवनयापनको स्तर नघट्ने गरी आवश्यक खर्चबर्चको सुनिश्चितता हुनुपर्छ।

विकास विशेषज्ञताको प्रश्न

बुधबार, १२ मङि्सर २०७५

नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वले किन कुशल शासन दिन सकिरहेको छैन ? किन व्यवस्थापन राम्रो गर्न सकिरहेको छैन ? नीति तर्जुमा र कार्यक्रमको सही अवधारणा विकास गर्ने ज्ञान किन देखिँदैन ? यसो गर्ने कुनै कला वा सिप राजनीतिक नेतृत्वमा किन पाइँदैेन ? के नेपालका राजनीतिकर्मीहरू अयोग्य नै हुन् त ? कि कुनै अन्य स्वार्थी कारणहरूले उनीहरूको क्षमता प्रकट र प्रयोग हुन नसकेको हो ? यी प्रश्नको सही विश्लेषण गर्नुपर्ने भएको छ। एकजना राजनीतिकर्मी र बौद्धिक व्यक्तित्व ऋषिकेश तिवारीले केही दिनपहिले मात्र राष्ट्रिय दैनिक नयाँ पत्रिकामा यसबारे लामो विश्लेषण प्रस्तुत गरेका छन्।

तीर्थ सर ! त्रिवि सुध्रियो कि सकियो ?

बुधबार, १२ मङि्सर २०७५

गत अक्टोबर महिनामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई बेलायत अवस्थित ‘द टाइम्स हाइअर एजुकेसन’ संस्थाले विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि त्रिवि नेतृत्वले ठूलै हर्षबढाइँ गर्दै विज्ञप्ति निकाल्यो। त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार त्रिविले उक्त प्रतिस्पर्धामा ठूलो शुल्क तिरेर पहिलो पटक भाग लिएको थियो।

समाजवादमा सबभन्दा अपमानित किसान

बुधबार, १२ मङि्सर २०७५

जनयुद्ध, जनआन्दोलन र जनताको म्यान्डेडअनुसार मुलुकलाई सुशासनयुक्त र समृद्ध बनाउने उत्तम अवसर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको छ। जनताको अपेक्षाअनुरूप वर्तमान सरकारले यस अवसरलाई मुलुक र जनताको पक्षमा फाइदा पुग्ने दीर्घकालीन महत्व राख्ने विकास निर्माणका काम गर्नेछ। मुख्यतः जनतालाई सरकारले सुशासनको आभास दिलाउनेछ।

अब त अति भो !

बुधबार, १२ मङि्सर २०७५

आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

सरकारी सञ्चारमा ‘सेन्सरसिप’

मङ्गलबार, ११ मङि्सर २०७५

कुनै घटनाको यथार्थ रिपोर्टिङ सरकारको विरोध निम्ति हुँदैन। त्यसले सरकारलाई परिस्थितिबारे यथोचित जानकारी प्राप्त हुन्छ। जब यस्तो रिपोर्टिङ विरोधका निम्ति मात्र आउँछ भन्ने सोच सरकारमा आउँछ त्यसले परिस्थितिलाई थप बिगार्छ। यसै पनि अहिलेको बेला कुनै एकदलीय शासनकालजस्तो पनि होइन।