कूटनीतिक सन्तुलनको आधार

मङ्गलबार, ३२ साउन २०७३

'संविधान मान्दैनौँ' भनेर आन्दोलनमा उत्रिएका मधेसी दलहरुसँग वार्ता गर्नुको कुनै औचित्य नै छैन। विगतमा दाहाल स्वयम्ले भनेजस्तो अब 'नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने' नीति यहाँ प्रयोग गर्नु उचित हुन्छ।

महिला मुक्तिका चुनौती

मङ्गलबार, ३२ साउन २०७३

दुनियाँमा जति ज्ञान, विज्ञान र प्रविधिको विकास भएको छ त्यसमा करिब नब्बे प्रतिशत योगदान पुरुषको छ किनकि महिलालाई पनि स्वतन्त्रता र शिक्षा दिइनुपर्छ भन्ने मान्यताको विकास भर्खर–भर्खरमात्र सुरु भएको छ।

अर्थतन्त्रको दर्पण

सोमबार, ३१ साउन २०७३

केही वर्षयता सेयर बजार नेपाली अर्थतन्त्रको अभिन्न अंग बन्न पुगेको छ। यस क्षेत्रमा हुने चलायमान स्थितिप्रति सर्वसाधारणको पनि उत्तिकै ध्यान जाने गरेको छ। सेयर बजारलाई सिद्धान्ततः पुँजीवादी अर्थतन्त्रको ऐनका रुपमा लिइन्छ। सेयर बजार अर्थतन्त्रको विस्तार तथा संकुचनसँग प्रत्यक्ष तथा अर्थतन्त्रमा प्रभाव पार्ने राजनीतिक घटनाक्रमबाट परोक्षरुपमा प्रभावित हुन्छ।

महिला न्यायाधीश, इजलास र पत्रकारिता

सोमबार, ३१ साउन २०७३

पत्रकारिता अनुमानको भरमा गर्ने पेसा होइन। त्यसमाथि न्यायिक पत्रकारिता त झन् बढी संवेदनशील हुन्छ। एउटैमात्र गलत समाचारले पनि मानिसको जीवन नै स्वाहा बनाइदिन सक्छ। फेरि इन्टरनेटका कारण यसको गम्भीरता अकल्पनीयरूपमा बढाइदिएको छ।

'मसिने' गंगामाया

सोमबार, ३१ साउन २०७३

अन्ततः यही साउन २७ गते दिनको २ बजे वीर अस्पतालको क्याबिन नम्बर ७ बाट आमरण अनशनमा बस्ने घोषणा पुनः गरिन् गोर्खा फुजेलकी गंगामाया अधिकारीले। केही सिप नलागेपछि भारी मनले न्याय नपाएको पीडामा उनले यस्तो घोषणा गरिकी हुन्।

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

सोमबार, ३१ साउन २०७३

आन्द्राको कार्य शरीरलाई आवश्यक पोषण तत्वहरु सोस्ने र बाँकी रहेका पदार्थ त्याग गर्ने हो। ठूलो आन्द्राले पाचनपछि त्याग गरिने ठोस पदार्थको भण्डारण, तिनमा रहेको तरल पदार्थ तथा लवणको शोषण र त्याग गर्ने काम गर्छ।

मृगौला प्रत्यारोपणमा फड्को

सोमबार, ३१ साउन २०७३

नेपालमा सफल मृगौला प्रत्यारोपण सुरू भएको ८ वर्ष पूरा भएको छ। अगस्ट ०८, २००८ मा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले नेपालमै सर्वप्रथम सफल मृगौला प्रत्यारोपण गरेको थियो। हालसम्म त्यस अस्पतालमा ३७६ वटा सफल मृगौला प्रत्यारोपण भइसकेको छ।

नेपाली भाषाको स्तर

आइतबार, ३० साउन २०७३

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ सहभागी करिब ४ लाख ३७ हजार विद्यार्थीमध्ये नेपाली विषयमा केवल ६३ जनाले 'ए प्लस' ल्याए, जबकि अंग्रेजीमा उक्त ग्रेड प्राप्त गर्न २० हजारभन्दा बढी विद्यार्थी सफल भए। यसको सीधा अर्थ हुन्छ, विद्यार्थी आफ्नै राष्ट्रभाषामा सबैभन्दा कमजोर छन्। सरकारले विद्यालय तहमा नेपाली विषय अनिवार्य बनाएको छ।

बालुवाटारमा तस्बिर आफै बोल्छन्

आइतबार, ३० साउन २०७३

प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्‍याउँछन् र मनमनै गम्छन् तिनका विगत।

शिक्षामा भद्रगोलको पराकाष्टा

आइतबार, ३० साउन २०७३

त्रिभुवन विश्वविद्यालयका आंगिक भनेर चिनिएका र ऐतिहासिक पृष्ठभूमि बोकेका पद्मकन्या, आरआर, त्रिचन्द्र, महेन्द्ररत्न ताहाचल, महेन्द्र मोरङ विराटनगर, हात्तीसार धरान, पृथ्वीनारायण पोखरालगायतका ठूलाठूला क्याम्पसमा जम्मा विद्यार्थी कति होलान्? पहिला पहिलाका वर्षमा जस्तो विद्यार्थीको भीड अब यी क्याम्पसमा देख्न पर्दैन, बरु विद्यार्थीभन्दा पढाउने प्राध्यापक नै संख्यामा धेरै छन् भन्दा अत्युक्ति हुँदैन।

रगतको आँसु

शुक्रबार, २८ साउन २०७३

साउदी अरबका विभिन्न जेलमा सात नेपाली उद्धारको प्रतीक्षामा छन्। रोजगारी सिलसिलामा त्यहाँ पुगेका उनीहरूले चलाएको सवारी दुर्घटनामा कसैको मृत्यु हुँदा वा कामको सिलसिलामै भवितव्यमा परी हत्या भएका घटनामा उनीहरू जेल परेका हुन्। उनीहरूमाथि सडक दुर्घटना गराएर ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।

पत्रकारको जय होस्!

शुक्रबार, २८ साउन २०७३

सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए। आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ। तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा अन्तर्जाल पाटीहरूले प्रस्तुत गर्ने विवरणहरूमा प्रामाणिकता, निष्पक्षता, संयत, संयम एवं सन्तुलन जस्ता मर्यादित समाचार संप्रेषणका आधारभूत मान्यतालाई मनलागी बेवास्ता गरिएको हुन्छ। विचार, समाचार एवं प्रचारबीचको लक्ष्मणरेखा हराएर गएको छ। त्यसैले अन्तर्जाल पाटीहरूलाई सामान्यतः पाठकले गम्भीरपूर्वक लिँदैनन्।

नेविसंघ र नेपाली राजनीति

शुक्रबार, २८ साउन २०७३

नेविसंघका तरुणहरु सामने उभिएको प्रमुख चुनौती भनेकै 'जय नेपाल दाजु!' भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो।

माधवीको स्वाधीन बाटो

शुक्रबार, २८ साउन २०७३

राजधानीको शिल्पी थियटरमा धेरैपछि धित मार्ने नाटक प्रदर्शन भइरहेको छ। मजाकबाट थालिएर मजाकमै सकिने नाटकहरूको भीडमा भारतीय आख्यानकार भीष्म साहनीको नाटक 'माधवी' हेरुन्जेल म पूरै स्तब्ध भएँ। संवदेना र पात्रको समानुभूतिले सासै रोकिएलाझैँ भयो।

जंगलमा आगो लागोस्

शुक्रबार, २८ साउन २०७३

आगो र मानव बीचको नाता बडो पेचिलो छ। आगोका कारण हामीले ताप पाउँछौँ, सुरक्षा पाउँछौँ, पिउने सफा पानी पनि पाउँछौँ अनि यसैका कारण हामीले पाकेको अन्न खान पाउँछौँ तर यही आगोले धेरैलाई सन्ताप दिन्छ, दुःख र पीडा थपिदिन्छ।

थ्रेसहोल्डको 'थ्रेट'

बिहिबार, २७ साउन २०७३

निर्वाचन आयोगले मंगलबार प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक मस्यौदामा प्रस्तावित 'थ्रेसहोल्ड'को व्यवस्थाबारे अन्तर्क्रिया कार्यक्रम गर्‍यो। कार्यक्रममा यस विषयमा दलहरूबीच ठूलो मतान्तर रहेको देखियो। दोस्रो संविधानसभा निर्वाचनबाट ठूला बन्न पुगेका तीन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र एउटा निश्चित प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने पक्षमा देखिए भने साना दलहरू यसका विरुद्ध उभिए।

गुट राजनीतिबाट  माथि उठ कांग्रेस

बिहिबार, २७ साउन २०७३

कांग्रेसी कलह सायद यो पार्टीको नियति हो। राजनीतिक पार्टीमा मतमतान्तर हुन्छन्, त्यसलाई स्वभाविक मानिन्छ। मूल राजनीतिक विचारधारा एउटै भए पनि त्यसलाई आत्मसात गर्ने र  व्यहारमा उतार्ने काम व्यक्तिपिच्छे फरक–फरक हुन सक्छ । त्यसैले एउटा जीवन्त पार्टीमा नेताहरूका विचारमा विरोधाभाष हुनु स्वभाविक मानिन्छ, कतिपय अर्थमा।

संघीयतामा मूल्य अभिवृद्धि कर

बिहिबार, २७ साउन २०७३

मूल्य अभिवृद्धि कर (भ्याट) वस्तु तथा सेवामा आधारित कर हो। यो कर कानुनले छुट गरेका बाहेक सबै वस्तु तथा सेवाको उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लाग्छ। मूल्य अभिवृद्धि भनेको कुनै फर्मको वस्तु तथा सेवाको खरिद मूल्य तथा बिक्री मूल्यबीचको भिन्नता हो।

शिक्षा ऐन संशोधनपछिको सार्वजनिक परीक्षा

बिहिबार, २७ साउन २०७३

शिक्षा ऐन, २०२८ को आठौँ संशोधन विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई २०७३ असार १५ गते प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ। यो ऐन नेपाल राजपत्रमा मिति २०७३/३/१५ मा नै प्रकाशित भएको छ। ऐनको दफा १ संक्षिप्त नाम र प्रारम्भको उपदफा (२) मा 'यो ऐन तुरुन्त प्रारम्भ हुनेछ' भनिएपछि शिक्षा (आठौँ) संशोधन ऐन, २०७३ शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको र प्रमाणीकरण भइसकेको अवस्थामा ऐनको आठौँ संशोधनले परिवर्तन गरेका विषय तुरुन्तै प्रभावमा आइसकेका छन्।

दोषी नेता हैनन्, नागरिक नै हुन्

बिहिबार, २७ साउन २०७३

हामी आफ्ना छोराछोरी अमेरिका जाऊन्, बेलायत जाऊन्, क्यानडा जाऊन् भन्ठान्छौं अनि अरु कसैका छोराछोरी आएर देश बनाइदिऊन् भनेर सोच्छौँ। हामी अरु नै कोही सडकमा गएर आफ्ना लागि लडोस् भन्ने कामना गर्छौं। हामी एक जना अनि एउटा पार्टीलाई भोट दिएपछि सबै काम हुन्छ भनेर खेल मैदानभन्दा बाहिर निस्कन्छौं। हो, हामी यहीँनेर चुक्यौं। हामीले नागरिक अनि नेताबीचको सन्तुलन कायम गर्न सकेनौं।

Ncell Footer Ad