अजित हत्याले र धार्मिक संकट

शुक्रबार, ०३ भदौ २०७३

काभ्रेपलान्चोकस्थित पाँचखाल नपा–६ का हरिभक्त ढकाल (मिजार)को छोरा १७ वर्षीय अजित मिजारको काभ्रेकै ज्याम्दी–८ का ध्रुव पराजुली (ब्राह्मण) की १८ वर्षीया छोरी कल्पनासँग दुई वर्षदेखि प्रेम थियो।

बजारका राजाको बेहाल

बिहिबार, ०२ भदौ २०७३

बजार शास्त्रको सिद्धान्तअनुसार उपभोक्ता राजा हो। यी राजारूपी उपभोक्तालाई संसारभरिको बजारले उच्चकोटीको व्यवहार गर्छ। तिनीहरू कुनै अर्थमा पनि नउतर्सिऊन् भन्नेतर्फ बजार व्यवस्थाका गुरुहरू सक्रिय हुन्छन्। तिनलाई आकर्षित गर्न एकसेएक रणनीति तयार पारिन्छ।

ओली गफ र ओली हठ

बिहिबार, ०२ भदौ २०७३

ओलीइतर एमाले नेताहरूको यो मौनताले राष्ट्रिय सहमतिको सरकारको नारा त ओलीलाई कुर्सीबाट झार्नु मात्र रहेछ भन्नेतर्फ संकेत गरिरहेको छ। ओलीलाई झार्नु थियो झारियो अब काम सकियो भन्ने अर्थ लागिरहेको छ।

सामुदायिक रेडियोको सम्पत्ति

बिहिबार, ०२ भदौ २०७३

भूकम्पले थलिएपछि विभिन्न क्षेत्रबाट सहयोग जुटाएर सामुदायिक वन उपभोक्ता समूह, जिविस, संासद तथा वन कार्यालयको सहयोगमा निर्माण गरिएको अमरावती सामुदायिक वन र धादिङ रेडियोको भवन गलत मनसाय राखेर भत्काउन उद्यत हुनु राष्ट्र र जनताप्रति गैरजिम्मेवार हुनु हो।

हिँजोका जून, आजका जूनकीरी

बिहिबार, ०२ भदौ २०७३

नौ महिनापछि कांग्रेसलाई पद सुम्पने सर्तमा प्रधान मन्त्री बनेका छन् प्रचण्ड। एमालेसँग केही सैद्धान्तिक/वैचारिक सामीप्य थियो तर कांग्रेससँगको यो समीकरण सैद्धान्तिक नभएर सत्ता र कुर्सीको मोहबाहेक केही देखिन्न।

भाइ-बहिनीको पवित्र पर्व

बिहिबार, ०२ भदौ २०७३

विश्वकै पुरातन धर्म हिन्दु धर्मलाई मानिन्छ जसको आफ्नै धार्मिक, साँस्कृतिक मूल्यमान्यता र पर्व छन् त्यसमध्येको जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले धूमधामसाथ मनाउँछन्। रक्षाबन्धनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली किन?

बिहिबार, ०२ भदौ २०७३

२०४६ सालपछाडिका २७ वर्षको अवधिमा २३ वटा सरकार परिवर्तन भए।  सत्ता प्राप्तिका लागि  बहुमतको गठबन्धन बनाउने, समीकरण र बहुमतका निम्ति जस्तोसुकै माग र त्यसको सम्बोधन गर्न तयार हुने राजनीतिक प्रथा नेपाली राजनीतिक वृत्तमा स्वाभाविक खेल बनेको छ।

सहिदनै ‘सहिद’

बुधबार, ०१ भदौ २०७३

सहिद भन्नासाथ हाम्रो मस्तिष्कमा जहानियाँ राणा शासन फालेर जनतालाई प्रजातन्त्र दिलाउन ज्यान दिने शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त, दशरथ चन्दको नाम याद आइहाल्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका अनुसार ‘सहिद’शब्दको अर्थ हुन्छ– आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति ।

पुनर्निर्माणमा कछुवा गति

बुधबार, ०१ भदौ २०७३

अघिल्लो वैशाख १२ ले निम्त्याएको भूकम्प एक वर्ष नाघेर पनि चौथो महिनामा प्रवेश गरेको छ । जसले खासगरी १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको थियो ।यसबीचमा सरकारले भूकम्पपीडितका लागि धेरै सहयोगको आश्वासन दियो र पीडितले पनि कुरिरहे । कुन वर्षा, कुन जाडो, कुन घाम, कुन पानी, उनीहरुले आशा गरिरहे । तर अहिलेसम्म पनि उनीहरुको आशा सन्तुष्टिमा परिणत हुन सकेको छैन ।

नेविसंघको महाजात्रा

बुधबार, ०१ भदौ २०७३

लोकतन्त्रको जप, स्तुति र भजन गर्दै र ब्यानर झुण्ड्याएर जय नेपालको अभिवादन गर्दै नेपाली कांग्रेस भएको भ्रमले लोकतन्त्रको महिमामण्डन हँुदैन । भ्रमले मानमर्दन मात्र हुन्छ।

छोरीलाई बहादुर बन्न सिकाऔँ

बुधबार, ०१ भदौ २०७३

केही वर्षअघि मैले गज्जबकै हिम्मत देखाएँ । कसैले त्यसलाई मूर्खता पनि भन्न सक्लान् । म संसद् (अमेरिकी कंग्रेस) निर्वाचनमा उठेँ । यसअघि म पार्टीका लागि चन्दा उठाउने व्यक्ति थिएँ तर भित्री मनमा मलाई चुनावमा उठ्ने इच्छा थियो । सन् १९९२ देखि नै मेरो ठाउँबाट नियमित रुपमा जित्ने एक जना सांसद थिइन् । म उनलाई टक्कर दिन चाहन्थेँ।

स्थानीय तह पुनःसंरचना बहस

बुधबार, ०१ भदौ २०७३

चितवन जिल्लामा स्थानीय तहको पुनःसंरचना कसरी हुँदैछ भन्ने विषयमा त्यहाँका थारू अगुवाहरुसँग २०७३ साउन २८ गते छलफल भयो । त्यसबाट प्राप्त जानकारीलाई आधार मानेर बालानन्द शर्माको नेतृत्वमा बनेको स्थानीय तहको पुनःसंरचना आयोगबाट प्रस्तावित खाकामा पुनरावलोकन किन आवश्यक छ भन्ने विषयमा यो लेख केन्द्रित छ ।

छिमेकको महत्व

मङ्गलबार, ३२ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक सरकारप्रमुखको जिम्मेवारी लिनासाथ आन्तरिक राजनीतिमा मात्र होइन, परराष्ट्र सम्बन्धलाई पनि उत्तिकै महत्व दिएको अनुभूति हुँदै छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई क्रमशः भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूत बनाएर पठाउने निर्णय कार्यान्वयनसमेत सुरु भइसकेको छ।

कर्तव्यपरायण व्यक्तिको तागत

मङ्गलबार, ३२ साउन २०७३

चिकित्सा क्षेत्रमा देखिएको बेथितिविरुद्ध उत्रिएका डा. गोविन्द केसी नागरिक समाजको प्रतिमूर्तिका रूपमा स्थापित भए। निष्ठा तथा पेशाप्रतिको इमान्दारिताले केबल बिरामीको इलाज गर्ने पुरातन डाक्टरभन्दा फरक चिकित्सकका रूपमा उभ्यायो उनलाई।  औषधि विज्ञानलाई व्यापारीकरण गरिन नहुने र स्वास्थ्य क्षेत्रमा सबै जनताको पहुँच हुनुपर्ने मागमा अडिग छन् उनी।

किन कोही तर्सने योग्यता परीक्षासँग?

मङ्गलबार, ३२ साउन २०७३

पत्रकारिता ज्ञान र विज्ञानको संगम भएको यस्तो पेशा हो जहाँ सिप, क्षमता अनि आधारभूत मूल्य र मान्यताको खोजी गरिन्छ। त्यसैले पत्रकारको योग्यता निरुपण गरिनुपर्छ भन्दा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजियो भन्नु पत्रकारिता पेशाको गरिमा स्थापना गर्न नखोज्नु हो भन्ने अर्थ लाग्न सक्छ।

कूटनीतिक सन्तुलनको आधार

मङ्गलबार, ३२ साउन २०७३

'संविधान मान्दैनौँ' भनेर आन्दोलनमा उत्रिएका मधेसी दलहरुसँग वार्ता गर्नुको कुनै औचित्य नै छैन। विगतमा दाहाल स्वयम्ले भनेजस्तो अब 'नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने' नीति यहाँ प्रयोग गर्नु उचित हुन्छ।

महिला मुक्तिका चुनौती

मङ्गलबार, ३२ साउन २०७३

दुनियाँमा जति ज्ञान, विज्ञान र प्रविधिको विकास भएको छ त्यसमा करिब नब्बे प्रतिशत योगदान पुरुषको छ किनकि महिलालाई पनि स्वतन्त्रता र शिक्षा दिइनुपर्छ भन्ने मान्यताको विकास भर्खर–भर्खरमात्र सुरु भएको छ।

अर्थतन्त्रको दर्पण

सोमबार, ३१ साउन २०७३

केही वर्षयता सेयर बजार नेपाली अर्थतन्त्रको अभिन्न अंग बन्न पुगेको छ। यस क्षेत्रमा हुने चलायमान स्थितिप्रति सर्वसाधारणको पनि उत्तिकै ध्यान जाने गरेको छ। सेयर बजारलाई सिद्धान्ततः पुँजीवादी अर्थतन्त्रको ऐनका रुपमा लिइन्छ। सेयर बजार अर्थतन्त्रको विस्तार तथा संकुचनसँग प्रत्यक्ष तथा अर्थतन्त्रमा प्रभाव पार्ने राजनीतिक घटनाक्रमबाट परोक्षरुपमा प्रभावित हुन्छ।

महिला न्यायाधीश, इजलास र पत्रकारिता

सोमबार, ३१ साउन २०७३

पत्रकारिता अनुमानको भरमा गर्ने पेसा होइन। त्यसमाथि न्यायिक पत्रकारिता त झन् बढी संवेदनशील हुन्छ। एउटैमात्र गलत समाचारले पनि मानिसको जीवन नै स्वाहा बनाइदिन सक्छ। फेरि इन्टरनेटका कारण यसको गम्भीरता अकल्पनीयरूपमा बढाइदिएको छ।

'मसिने' गंगामाया

सोमबार, ३१ साउन २०७३

अन्ततः यही साउन २७ गते दिनको २ बजे वीर अस्पतालको क्याबिन नम्बर ७ बाट आमरण अनशनमा बस्ने घोषणा पुनः गरिन् गोर्खा फुजेलकी गंगामाया अधिकारीले। केही सिप नलागेपछि भारी मनले न्याय नपाएको पीडामा उनले यस्तो घोषणा गरिकी हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad