निराहार उपासनाको अन्तर्य

बुधबार, ०८ भदौ २०७३

प्रत्येक महिना शुक्ल र कृष्ण दुवै पक्षमा एकादशी तिथि पुनरावृत्त भइरहन्छ, खगोलीय गतिमानअनुरुप निरन्तर एकै ढर्राले । ग्रहगोचरहरुका आपसी आकर्षण गुरुत्वाकर्षणले यसलाई निरन्तरता दिएको छ, दिई नै रहन्छ।

पुरानो मुद्दा, नयाँ सरकार

बुधबार, ०८ भदौ २०७३

सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ।

अवैध सुन रोक

मङ्गलबार, ०७ भदौ २०७३

विगत चार महिनादेखि सुन आयात अत्यन्तै न्यून छ। बैंकहरूसँग भएको सुन पनि बिक्री भएको छैन। तर, बजारमा सुनको कारोबार दैनिक करिब १० करोडबराबरको भइहरहेको छ। कुनै समय आयात सामान्य मात्रामा घट्दा पनि बजारमा सुन अभाव भइहाल्थ्यो, तर अहिले अवस्था फरक देखिएको छ।

संविधान कार्यान्वयन होला?

मङ्गलबार, ०७ भदौ २०७३

राजनीतिक दलहरुसामु नेपालको संविधानअनुरूप अगाडि बढ्नुपर्ने चुनौती सगरमाथा चढ्नुभन्दा कम गाह्रो छैन। यो नौलो अभ्यासमा अभ्यस्त हुनुको विकल्प अब नेपाली समाज र दललाई छैन पनि।

थरुहट आन्दोलनको कथा–व्यथा

मङ्गलबार, ०७ भदौ २०७३

आन्दोलन गर्न लगाउनेहरु मन्त्री भए। आन्दोलन गर्नेहरुचाहिँ कारागारमा छन्। चिराचिरामा विभक्तहरुलाई मिलाउने मध्यस्थकर्ता पनि आफै अवैध बनेका छन्। यस्ता विषयमा समीक्षा गर्नसमेत आवश्यक ठानिन्न।

तिलाठी सन्देश :  बुझ्नेलाई गहिरो

मङ्गलबार, ०७ भदौ २०७३

तिलाठी घटनाको सन्देश हो– मानिसका लागि जीवन तथा जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने तत्वभन्दा महत्वपूर्ण केही हुँदैन र त्यो नदी नै हो। जनजीविकाको यो अन्तरंग सम्बन्ध सेतुलाई प्रदेश निर्माणको आधार बनाइनुपर्थ्यो।

नक्कली प्रमाणपत्रको पीडा

मङ्गलबार, ०७ भदौ २०७३

साउन ३१ गते काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना भयो। २७ जनाको मृत्यु भयो। ५० जना घाइते भए। बसको चालकको लाइसेन्स नक्कली भएको सार्वजनिक भएको छ। गत महिना अख्तियारले नक्कली प्रमाणपत्र लिई डाक्टरी पेसामा लागेका केहीविरुद्ध कारबाही चलाएको छ।

बाहिरिए युवा, बाँझियो जमिन

मङ्गलबार, ०७ भदौ २०७३

वैदेशिक रोजगार विभागको आ.व. २०७२/२०७३ को तथ्यांकअनुसार विदेश जानेको सख्या १६ लाख ४८ हजार २ सय ५५ छ। २०७३ असार महिनामा मात्र १ हजार ७ सय २९ जना युवा विदेसिएका छन्।

अवनतिको अर्को सूचक

सोमबार, ०६ भदौ २०७३

भौतिक तथा बौद्धिक सम्पत्तिमाथिको अधिकार जति बलियो हुन्छ राष्ट्र समुन्नतिको बाटो उति फराकिलो हुन्छ। निजी सम्पत्ति राख्न पाउने अधिकार सुनिश्चित भएपछि नै व्यक्तिले आफूमा निहित क्षमता र योग्यता भरपूर लगानी गर्ने हो। त्यसले उत्पादकलाई नयाँनयाँ उत्पादनमा हौस्याउँदा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।

प्रधानमन्त्रीका चुनौती र विकल्प

सोमबार, ०६ भदौ २०७३

विगतमा देशको इतिहासकै सबभन्दा लामो, क्रूर, हिंसक र अनावश्यक आन्दोलनको नेतृत्व गरेका दाहालले अब भने जनचाहनाबमोजिम आर्थिक विकासलाई प्राथमिकतामा राखी आफ्नो अल्पसमयको प्रधानमन्त्रित्वकाल सदुपयोग गर्नुपर्छ।

चाडबाड, देखासिकी र खर्च

सोमबार, ०६ भदौ २०७३

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका 'परिवार र पैसा' नै हुन्।

सही निर्णयको जादु र जालझेल

सोमबार, ०६ भदौ २०७३

कस्तूरी मृग आफूसँग भएको मासुका कारणले मात्र नभई बिनाका कारणले अन्य मृगभन्दा बढी खतरामा रहेजस्तै देश र जनताको पक्षमा दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको आपूर्ति गरेकै कारण एमाले संगठकहरु अहिले नेपालको अस्तित्व र समृद्धि नचाहने जतिको निशानामा छन्।

सरकारहरुले थोपर्ने पीडा

सोमबार, ०६ भदौ २०७३

साँच्चै देश परिवर्तन गराउने हो भने आर्थिक, सामाजिक, नौतिक विकासमा विशाल फड्को मार्नुपर्छ। यसका लागि कम्तीमा ५ वर्ष परिवर्तन नहुने सरकार र नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।

आयल निगमको लापरबाही

आइतबार, ०५ भदौ २०७३

अचानक उपत्यकामा इन्धन अभाव भयो। बिहीबारदेखि शनिबारसम्म नै अधिकांशः पेट्रोलपम्पमा 'पेट्रोल छैन' भन्ने ट्याग झुण्डेको देखियो। साझा तथा सुरक्षा निकाय सञ्चालित पेट्रोलपम्प खुले पनि लामो लाइन लागेको छ। उपभोक्ताले बिनाकारण दुःख पाएका छन्। हठात् किन उपत्यकामा इन्धन अभाव भयो?

आशंकामा न्यायिक पवित्रता

आइतबार, ०५ भदौ २०७३

लेखक चार्ल्स डिकेन्सले एकताका भनेका थिए, 'इफ दिअर वेर नो ब्याड पिपुल, देअर उड बी नो गुड लयर' अर्थात् यदि खराब मानिसहरू नहुने हो भने असल वकिलको सम्भावना पनि नहुन सक्छ।प्रधानन्यायाधीश शुशीला कार्कीले सार्वजनिकरूपमा दिएको हालैको एउटा अभिव्यक्तिले डिकेन्सको उक्त भनाइको सम्झना दिलाएको छ। प्रधानन्यायाधीश कार्की स्वयं वकालत पृष्ठभूमिको व्यक्तित्व भएकाले डिकेन्सको उक्त भनाइको मर्म राम्रैसँग बुझेको हुनुपर्छ।

पशुको आत्महत्या

आइतबार, ०५ भदौ २०७३

लन्डनको ‘इलस्ट्रेटेड लन्डन न्युज’ पत्रिकाले सन् १८४५ मा एउटा समाचार छाप्यो। समाचार थियो, कालो रङको एउटा सुन्दर कुकुरले कुवामा हाम्फालेर आत्महत्या गर्‍यो। त्यसअघि पनि आत्महत्याका लागि मरिहत्ते गरेको सो कुकुरलाई सर्वसाधारणले एक पटक बचाइसकेका थिए तर यस पटक कसैले पनि बचाउन सकेन र आफ्नो इहलीला समाप्त पार्‍यो।

सिन्डिकेटको समाप्ति

शुक्रबार, ०३ भदौ २०७३

काभ्रेको बिर्तादेउरालीमा साउन ३१ गते भएको भयावह बस दुर्घटनाले यस क्षेत्रमा रहेका विकृतिलाई फेरि एक पटक उजागर गरेको छ। त्यो दुर्घटनाको प्रमुख कारक यातायात क्षेत्रमा रहेको 'सिन्डिकेट' प्रथालाई मानिएको छ।

राष्ट्रका दुई महारोग

शुक्रबार, ०३ भदौ २०७३

देशलाई मायाँ गर्नुको अर्थ के हो? जनताका निम्ति 'देश' को अर्थ के हो? राजा/महाराजाका निम्ति त 'देश' को कुनै अर्थ हुन्थेन। उनीहरुका निम्ति 'पुर्खाले आर्जेको मुलुक' भनेको विरासतमा पाएको सम्पत्तिमात्र हुन्थ्यो। तर जनता जब 'हाम्रो देश' भन्छन्, त्यसको चाहिँ अर्थ के हुन्छ?

'प्रभुजी' सिन्डिकेट सत्ताबाट जोगाऊ!

शुक्रबार, ०३ भदौ २०७३

सरकार देशको प्रमुख कार्यकारी अभिभावक हो र बन्नुपर्छ। अहिलेको सरकारसामु समग्र परिवर्तनको दस्तावेज बनेको प्रगतिउन्मुख संविधानलाई आमजनताले स्वामित्व ग्रहण गराउँदै शान्ति सम्झौताले दिशानिर्देश गरेको आमूल परिवर्तनका नीतिगत र व्यावहारिक अवरोध हटाएर विधिसम्मत व्यवस्था लागु गराउन मुख्य ध्यान जानुपर्ने हुन्छ।

सभापति देउवासँगका अपेक्षा

शुक्रबार, ०३ भदौ २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनका अनेकौं घुम्ती पार गर्दै अहिले राष्ट्रिय राजनीतिका गम्भीर, चुनौतीपूर्ण र दुरगामी प्रभाव भएका समस्यासँग आम्नेसाम्ने हुनुभएको छ। नेपाली कांग्रेसको निर्णायक पहलमा माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा भर्खर गठबन्धन सरकार बनेको छ।

Ncell Footer Ad