लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भुत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ। वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ।