नारी दिवसको विक्रासक्रम

बुधबार, २५ फागुन २०७३

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो।

सवाल पहिचानको

बुधबार, २५ फागुन २०७३

जब कहीँ परिचयको क्रम चल्छ, आफ्नो नाम बताइसकेपछि म असमञ्जसमा पर्छु– मेरो घर कहाँ हो? सामान्यतः परिचय गर्दा अरु केही नभए पनि एउटा व्यक्तिको थर र घर बताउने चलन हुन्छ। जहाँ पनि र जहिले पनि व्यक्तिको प्रमुख पहिचान त्यही नै देखिन्छ अनि मात्र बाँकी परिचयका कुराहरु अगाडि बढ्छन्। यो क्रममा भने मेरो फरक अनुभूति छ ।

नेतृत्व तहमा महिला

बुधबार, २५ फागुन २०७३

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेलगत्तै देशभर निवार्चनको महोल निर्माण हुन थालेको छ । स्थानीय निकायमा महिला प्रतिनिधिको व्यवस्था अनिवार्य गरिएपछि उनीहरूमा उत्साह जाग्नु स्वाभाविकै पनि हो ।

पर्व बनोस् महिला दिवस

बुधबार, २५ फागुन २०७३

नेपालको इतिहास हेर्दा महारानी राज्यलक्ष्मी (वि.सं. १८३४–१८४२) को शासन पहिलो महिला नेतृत्व थियो। वि.सं. १९७४ मा योगमायाद्वारा आदर्श महिला समाज र वि.सं. २००५ मा मंगलादेवी सिंहद्वारा गठित नेपाल महिला संघ, वि.सं. २००६ मा पुण्यप्रभादेवीद्वारा स्थापित अखिल महिला संघ नेपालले आम महिलाको हक, अधिकार तथा शोषणविरुद्ध संगठित आवाज उठायो । पछि सुष्मा कोइराला, द्वारिेकादेवी ठकुरानी, साहना प्रधान, शैलजा आचार्यहरुले महिलाहरुमा ऊर्जा र चेतना फैलाउनमा महŒवपूर्ण भूमिका खेले ।

पति होइन, जीवन साथी

बुधबार, २५ फागुन २०७३

खैं किन आज मलाई दिक्क लागिरहेको थियो। शायद अलि सन्चो नभएर पनि होला, फोनको घण्टी बज्यो, कसको होला, झर्को मान्दै हेरेँ । छोरीको रहेछ, खुसी लाग्यो। आजकल छोराछोरीको फोन अनि एफएम रेडियो मेरो एक्लोपनका साथी भएका छन् क्यार।

अधिनायकवादी अभ्यास

मङ्गलबार, २४ फागुन २०७३

एउटा लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण सभासमारोह वा अन्य राजनीतिक कार्यक्रम गर्न पाउनु नागरिकको सामान्य राजनीतिक अधिकार हो। त्यस्ता सभासमारोहलाई जानाजान वा सुनियोजित तवरमा बिथोल्न खोज्नु सरासर अधिनायकवादी चरित्रको अभ्यास हो।

नयाँ : दल कि ढंग?

मङ्गलबार, २४ फागुन २०७३

नेपाली समाजको आवश्यकता नयाँ पार्टी वा शक्तिको होइन, वैकल्पिक राजनीतिको हो। वैकल्पिक राजनीतिको दृष्टिकोण, सोच र सक्रियता नै नेपाली जनताको चाहना हो यतिखेर।

वर्तमान अलमलको निकास

मङ्गलबार, २४ फागुन २०७३

दलबीच मनोमालिन्य र वैमनश्यता अन्त्य गरी राग/द्वेषविहीन सार्थक सहमतीय राजनीति सुरु हुनुपर्छ। जसको एकमात्र आधार प्रजातान्त्रिक मान्यता हुनुपर्छ। ढिलो भएको छ। समय नै घर्किसकेको छैन।

राजनीतिज्ञको स्वतन्त्रता

मङ्गलबार, २४ फागुन २०७३

राज्य संचालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति प्राथमिक तथा सर्वोच्च नीति हो। वास्तवमा सबै प्रकारका नीतिहरुको उदगमनै राजनीति हो।

महेन्द्र राजमार्गको यात्रा

मङ्गलबार, २४ फागुन २०७३

प्रमुख प्रतिपक्षी एमाले लामो यात्रामा निस्केको छ। देशको पूर्वबाट सुरु गरेर पश्चिममा टुंग्याउने लामो यात्रा उसले सुरु गरिसकेको छ। वास्तवमा स्थानीय निकायको चुनाव जसरी नि घोषणा गर्नैपर्ने अडान एमालेले किन लिएको रहेछ, त्यो त अहिले पो थाहा भयो।

अपांगको अवस्था

मङ्गलबार, २४ फागुन २०७३

नेपाल यतिखेर विश्वमै कम अपाङ्ग भएको मुलुकमा परेको छ। यो तथ्यांक नेपालकै तथ्यांक विभागको हो। जुन युएन र डब्लुएचओको भन्दा कम छ। तथ्यांक ठीक/बेठीक आफ्नो ठाउँमा छ तर पनि कम अपांग हुनु राज्यका लागि भने सुखद् कुरा हो।

अराजक अवरोध

सोमबार, २३ फागुन २०७३

योग्यताबिना स्वतः (लोकतान्त्रिक) बढुवा पाएका स्वास्थ्यकर्मीले स्वार्थकेन्द्रित माग राखेर स्वास्थ्य सेवा अवरोध गर्न थालेको अढाई महिना भइसकेको छ। कार्यस्थल छाडेर स्वास्थ्य सेवामा अवरोध पु¥याउनु चरम अनुशासनहीनता हो। उनीहरूले शनिबार पोलियोको बढी जोखिम रहेको १५ जिल्लाका १६ लाख २८ हजार बालबालिकालाई खोप दिने कार्यक्रममा असहयोग मात्रै होइन, ‘तालिबानी शैली’ मा अवरोध नै गरे !

भागबन्डामा देश

सोमबार, २३ फागुन २०७३

विकास आयोजनाहरूको प्रगति समीक्षा गर्नका लागि गत साता आयोजित त्रिपक्षीय लगानी समीक्षा बैठकमा नेपालको प्रमुख दातृनिकाय एसियाली विकास बैंकले मुखै फोरेर भन्यो– ‘विकास परियोजनाहरूमा राजनीतिक हस्तक्षेप र खासगरी प्रमुखको नियुक्ति एवं सरुवामा गरिने दलीय भागबन्डा रोक ।’ विश्व बैंकले पनि परोक्षरूपमा त्यही कुरा भन्यो । भागबन्डामा नियुक्ति पाएकाहरूबाट राम्रो काम हुन नसकेको भन्दै उनीहरूले योग्य व्यक्तिलाई मात्र परियोजना प्रमुख बनाउन आग्रहसमेत गरे ।

मेची–काली अभियानको सान्दर्भिकता

सोमबार, २३ फागुन २०७३

जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’को राजनीतिक व्याख्या गरेका थिए। उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आमजनताको हितको कुरालाई सर्वोपरि राख्नुपर्ने कुरा गरेका थिए।

नयाँ पुस्ताको परीक्षा

सोमबार, २३ फागुन २०७३

स्थानीय चुनाव हुनेमा शंका पैदा भए पनि चुनाव घोषणाले राजनीतिमा हिम्मतिला पाइला सारिरहेका नयाँ पुस्तामा आशा छाएको छ । राजनीतिक रिक्तताका कारण अनिर्वाचित अधिकांश पुराना पुस्ताका नेता/कार्यकर्ता, कर्मचारी र ठेकेदारको सिन्डिकेटले चलेको राज्यको तल्लो राजनीतिक एकाइमा नयाँ पुस्ताको प्रवेशको सम्भावना उत्तिकै छ । चुनाव हुनसके खडेरीले मरभूमितुल्य जमिन वर्षौंंपछि वर्षाले भिजेजस्तै हुनेछ स्थानीय निकाय । सकारात्मक सम्भावनाका ढोका उघारिनेछन्।

कुरा निःशुल्क मोबाइल अस्पतालको

सोमबार, २३ फागुन २०७३

स्वास्थ्य शिविर प्रचारात्मक हुन्छन्, त्यसबाट खासै बिरामीले लाभ पाउँदैनन् । यो त केवल प्रचारप्रसार तथा रमाइलोमात्र हो । चिकित्सक एवं चिकित्साकर्मीको उत्सव हो भन्ने पनि नसुनेको होइन । कहिलेकाहीँ धेरै प्रचारप्रसारले त धेरै स्यावासी पनि प्राप्त हुन्छन् । निःशुल्क शिविर एक पुण्य काम, सधैँ गर्नुपर्छ । मेरो क्षेत्रमा पनि गरिदिनुपर्छ डाक्टरसाब, आदि÷इत्यादि चर्चा पनि सुनिएकै हुन्।

लय समात्दै मुलुक

आइतबार, २२ फागुन २०७३

२५ वर्षपछि नेपालमा भएको लगानी सम्मेलनले राजनीतिक स्थिरता बढ्ने संकेत दिएपछि विभिन्न देशका लगानीकर्ताले यहाँ लगानी गर्ने उत्साह देखाएका छन्। शुक्रबार राजधानीमा सम्पन्न दुईदिने 'नेपाल लगानी सम्मेलन– २०१७' मार्फत प्रमुख राजनीतिक नेतृत्वले आर्थिक विकासमा एकजुट भएको उद्घोष गरेपछि सहभागी विदेशी लगानीकर्ताले नेपालमा १४ खर्ब लगानी गर्न इच्छा देखाएका छन्।

लगानीको लगन

आइतबार, २२ फागुन २०७३

विभिन्न २३ देशका उद्योगी/व्यवसायी र सरकारका प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले नेपाल वैदेशिक लगानीका लागि मखमली कार्पेट ओछ्याएर स्वागतमा रहेको विश्वस्त वातावरण दिन सफल भएको छ।

बहुलवाद कि बहुलावाद?

आइतबार, २२ फागुन २०७३

नेपालका राजनीतिक दलहरु नाममात्रका सिद्धान्तवादी हुन, यथार्थमा यिनीहरु सिद्धान्तहीन, नीतिविहिन, कमिसनतन्त्र र भ्रष्टाचारका पृष्ठपोषक हुन्। पार्टीभित्र गुट, उपगुट र व्यक्तिगत स्वार्थपरतामा लिप्त छन्।

आचारसंहिता अवज्ञा

शुक्रबार, २० फागुन २०७३

कुनै पनि निर्वाचनमा दलगत वा व्यक्तिगत फाइदाका निम्ति सरकारी स्रोत–साधन प्रयोग गर्नु अख्तियार दुरुपयोग हो। निर्वाचनमा सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने नीति निर्वाचन आचारसंहितामा उल्लेख हुन्छ।

Ncell Footer Ad