आमा ! रोटीको कथा भन्नु न...

सोमबार, ०६ फागुन २०७५

एउटा सानो झुपडी। झुपडीभित्र एउटी आमा र तीन लालाबाला। साँझको समय। छोरा–छोरी रुँदै थिए। पुस महिनाको सिरेटो। आमा छोराछोरीलाई सुताउन प्रयत्नरत थिइन्। छोराछोरी रोइरहेका थिए। आमाले राजकुमारको कथा भन्न सुरु गरिन्– एकादेशमा एउटा राजकुमार थियो ...।

माओवादी विद्रोह : न सम्भव न उचित

सोमबार, ०६ फागुन २०७५

संविधानसभाबाट नयाँ संविधान जारी भएर सबै तहका चुनावसम्पन्न भई पूर्वविद्रोही माओवादी आफैँसमेतले सरकार बनाएको अवस्थादेशमा छ। यस्तोमा,सशस्त्र विद्रोहका त्रासदी अबका पुस्ताले भोग्नुपर्ने छैन, अब देशमाशान्ति हुनेछ,राजनीतिक स्थिरता आउनेछ, समृद्धि र विकासको ढोका उघ्रनेछ भन्ने जनजनले आशा गर्ने भइगए।

संवैधानिक अंगको साख

सोमबार, ०६ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोर्ड बैठकले अनियमितताको आरोपमा राजीनामा गरी हटेका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन हुन सक्ने बताएको छ। अख्तियारले आफ्नै पूर्वआयुक्तमाथि समेत छानबिन गरी कारबाही अघि बढायो भने समाजमा सकारात्मक सन्देश जानेछ।

बेरोजगार उत्पादन गर्ने विज्ञान नीति

सोमबार, ०६ फागुन २०७५

दुई दशक अघिसम्म नेपालमा विज्ञान तथा प्रविधिका अनुसन्धानमा अति दक्ष जनशक्तिको निकै ठूलो अभाव थियो। सन् २००० पश्चात् विदेशमा पिएचडी गर्न जाने नेपालीमा लहर नै आयो। फलस्वरूप हाल नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सक्ने जनशक्तिको कमी छ जस्तो लाग्दैन। तर कमी छ त केवल राष्ट्रिय नीति, लगानी, कार्य योजना र साधन स्रोतको।

चुरे दोहन

आइतबार, ०५ फागुन २०७५

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले उत्खनन भइरहेको छ, त्यस विषयमा सरकारी निकायको मौनता आश्चर्यजनक छ। यो क्षेत्रका विभिन्न नदी तथा खोलामा जथाभाबी रूपमा नदीजन्य पदार्थको उत्खनन हुँदै आए पनि यसको नियन्त्रणका लागि सरकारी निकाय वा यसको अनुगमन गर्नुपर्ने संस्थाहरूले त्यस विषयमा पहलकदमी लिएको देखिँदैन। सरकारी निकायहरूको यही मौनताको फाइदा उठाउँदै चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै खोस्रेर गिटी, ढुंगालगायतका सामग्री दैनिक रूपमा ठूलो परिमाणमा निकासी हुने गरेको पाइएको छ।

सुन्ने कि शून्य ?

आइतबार, ०५ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुलुकका गन्यमान्य व्यक्तिहरूकहाँ घुसकाण्डको एउटा भिडियो चार महिनाअघि पुगे पनि कार्यान्वयनको साइत जुर्न सकेन। खर्दार–सुब्बाहरू थोकको भाउमा हरेक दिन केही हजार घुसको बल्छीमा पर्छन्। तर, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएकै व्यक्तिमाथि तत्काल कारबाही गर्न रोक्ने तत्व के हो ? प्रधानमन्त्रीले भन्ने गरेको ‘शून्य सहनशीलता’ यस्ता काण्डमा कारबाही नहुँदा ‘सुन्ने सहनशीलता’मा अनूदित हुने खतरा छ। समयमै त्यो काण्डबारे छानबिन भएको भए सरकारको एक वर्षे प्रगतिमा चार चाँद लाग्ने थियो।

‘अर्थतन्त्र यही बाटोमा हिँडे छिट्टै भेनेजुएला बन्नेछौँ’ (भिडियो)

आइतबार, ०५ फागुन २०७५

छ पटकसम्म अर्थमन्त्री भइसकेका डा. रामशरण महत उदार अर्थतन्त्रका पक्षपाती हुन्। योजना आयोगका उपाध्यक्ष हुँदै अर्थमन्त्रीसम्मको जिम्मेवारी समालेका डा. महत नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। सरकारको एक वर्षे कार्यकाल र समसामयिक अर्थतन्त्रबारे नागरिक नेटवर्कका लागि श्रीधर खनाल/मेनुका कार्की र दिनेश लुइटेलले गरेको कुराकानी:

प्रजातन्त्र हुँदै लोकतन्त्र, अब जोकतन्त्र

आइतबार, ०५ फागुन २०७५

नेपालको राजनीतिक रङ्गमञ्चमा चलेका जनआन्दोलन, जनक्रान्ति र संघर्षमध्ये २००७ को क्रान्ति नेपालको लोकतान्त्रिक आन्दोलनको उदय गराउने तिथि हो। नेपाली जनता रैतीबाट नागरिकमा रूपायित हुन जुर्मुराएको यो जनचेतना दिवसले मध्ययुगीन जर्जर सामन्ती सोच, अभिवृत्ति र चिन्तनमाथि विद्रोह बोल्न सिकाउने क्रान्तिकारी शिक्षकको भूमिका निभाएको छ। जसले आधुनिक राजनीतिक संस्कृतिको राजमार्ग देखाउँदै लोकतान्त्रिक अभियानमा हिँड्ने प्रशिक्षण पनि दिन सक्यो।

सरकारको एक वर्ष

शनिबार, ०४ फागुन २०७५

दुई तिहाइ बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिशाली सरकारले पहिलो वर्ष पूरा गरेको छ।  जनआन्दोलन २०४६ लगत्तै भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले पाएको सुविधाजनक बहुमतको सरकार तीन वर्षमै मध्यावधि निर्वाचनमा गएपछि सुरु भएको मुलुकको अस्थिरता यात्राको विरामका रूपमा यसलाई हेरिएको छ।

राष्ट्रसंघमा पश्चिमा गठजोड

शनिबार, ०४ फागुन २०७५

हालै पनि संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय र अन्य केही दूतावास मिली वक्तव्य जारी गरेको कुरा सार्वजनिक भएको छ।

त्याे जंग–जिब्रो अनि याे पुष्पकमल–जिब्रो

शनिबार, ०४ फागुन २०७५

महाकालीले लामो जिब्रो निकालेको मूर्ति नेपाल तथा भारतका देवस्थलहरूमा देख्न पाइन्छ।  भक्तपुरको बोडेमा इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ।  त्यसको पनि रोचक कथा छ।  बोडे गाउँमा हजाराैँ वर्ष पहिले राक्षसले सताएपछि किसानहरूले राक्षसलाई पक्रिएर जिब्रो छेडिदिएछन्।  गलत काम–कुरा गरेर समाज भाँड्ने र दुनियाँलाई दुःख दिनेहरूको जिब्रो सुरक्षित राख्नै हुँदैन भन्ने कुरा हाम्रा पुर्खाले बुझेका रहेछन्।  ‘नचाहिँदो बोलिस् भने तेरो जिब्रो थुतिदिन्छु” भन्ने चलन अहिले पनि छ।

एक दिन जब थाइल्यान्ड हल्लियो

शनिबार, ०४ फागुन २०७५

“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

प्राचार्यको पत्रले उब्जाएका प्रश्न

शनिबार, ०४ फागुन २०७५

‘तपाईंको बच्चालार्ई सुन्दर हस्तलेखन सिकाउनका लागि हाम्रो विद्यालयले हिजोदेखि नै एक हप्ते तालिम सञ्चालन गरिरहेको छ।  तालिम प्रदायक संस्थाको नियमअनुसार तालिमको शुल्क प्रतिविद्यार्थी रु. २०० लाग्ने व्यहोरासमेत जानकारी गराउँछु। ’ एक निजी विद्यालयका प्राचार्यले अभिभावकका नाममा पठाएको पत्र।

भन्सार अधिकृत खड्कामाथि भ्रष्टाचार मुद्दा

बिहिबार, ०२ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेको रसुवा भन्सार कार्यालय टिमुरेका अधिकृत पवित्रकुमार खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। भन्सार छली सामान छुटाएको अभियोगमा उनीहरूमाथि सात करोड ५९ लाख बिगो दाबी गर्दै खड्कासहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

ओली–दाहाल प्रणय

बिहिबार, ०२ फागुन २०७५

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्।

‘जनयुद्ध’को जनादेश र यो निराशा

बिहिबार, ०२ फागुन २०७५

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते सुरु गरिएको साढे १० वर्षे जनयुद्धले २३ वर्ष पूरा गर्दै छ। ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्ने’ रणनीतिक लक्ष्य लिएको उक्त जनयुद्धले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरिदिएको छ। मूलतः जनयुद्धको जगमा उठेको १९ दिने जनआन्दोलनले २४० वर्षे राजतन्त्रलाई परास्त गरी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लगायतका एजेन्डाहरू जननिर्वाचित संविधानसभाबाट संस्थागत गरेको छ।

प्रेमको विराट् रूप

बिहिबार, ०२ फागुन २०७५

प्रेम के हो ? यसको परिभाषा हामी हरेकले फरक फरक तरिकाले गर्छौं। फलानो व्यक्ति फलानी युवतीको प्रेममा छ भनेर टोल समाजमा कुरा गरेको सुनिन्छ। कुनै युवक वा युवतीले म तिमीलाई प्रेम गर्छु भनेर अर्को युवक वा युवतीलाई प्रस्ताव गरेको देखिन्छ र सुनिन्छ। हाम्रै बुवा आमाले हामीलाई कतिपटक तिमीहरूलाई अति प्रेमपूर्वक हुर्कायौँ, तिमी बिरामी हुँदा म दुब्लाएर आधा मासु भएकी थिएँ वा तिमीलाई छोडेर गएपछि म कति रात निदाउन सकिनँ भनेर प्रेम अभिव्यक्त गरेको सुनिन्छ र हामी पनि हाम्रा छोराछोरीलाई त्यसरी नै प्रेम दर्शाइरहेका हुन्छौँ।

किरात गुरुआमा पवित्रहाङको पवित्रता

बिहिबार, ०२ फागुन २०७५

ब्रह्माण्डको एउटा सानो अण्डारुपी पिण्ड हो पृथ्वी, जसलाई हामी धरती माता भन्छौँ, यो भूमि वा भूलोकमा भगवानरुपी ईश्वरीय दूतहरू आउने जाने क्रमिक चक्रलाई मुन्धुमी भाषामा:

प्रेमको बजार र बजारको प्रेम

बिहिबार, ०२ फागुन २०७५

लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भुत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ। वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ।

श्रम सम्भावना

बुधबार, ०१ फागुन २०७५

एकातिर, सरकारले खोजीयोग्य जमिन बाँझो राखे जरिवाना गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर मुलुकले कामदार विदेश पठाएर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ। खेतीपाती गर्ने किसानका मर्कामा सरकारको ध्यानाकर्षण हुन सकेको भए सम्भवतः आफ्नो मुलुक छाडेर विदेश जाने संख्या कम हुने थियो।