हेप्पी भ्यालेन्टाइन्स् डे !

बिहिबार, ०२ फागुन २०७५

प्रेमको न शुरु हुन्छ, न अन्त्य नै। यसमा न कुनै स्वार्थ हुन्छ, न कुनै प्राप्ति नै। जसले प्रेमलाई बोध गरेको हुन्छ, उसको निम्ति प्रेम धैर्य हो, प्रेम सहिष्णुता हो, प्रेम प्रतीक्षा हो, प्रेम सेवा हो, प्रेम सुन्दरताको पर्याय हो। प्रेम पानीमा हुन्छ, प्रेम हावामा हुन्छ, प्रेम चेतनामा हुन्छ। प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको ईष्र्यामा हुन्छ, प्रेम आमाको काखमा हुन्छ, प्रेम बाबुको हप्काइमा हुन्छ। प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ र प्रेम मित्रतामा हाँस्छ।

बुख्याचा, बाजे र नेता

शनिबार, २६ माघ २०७५

सानोमा बाजेले भनेका कुरा मानसपटलमा अझै ताजै छन्। उनको कुरा झन्झन् सान्दर्भिक हुँदै गएझैँ लाग्छ। बाजेले बारीमा वन्यजन्तु तर्साउन राखिएको बुख्याँचा देखाउँदै भनेका थिए, ‘दुरुस्तै नेता जस्तो देखियो।’

शहिद दिवसलाई औपचारिकतामा मात्र सिमित नगरियोस्

बुधबार, १६ माघ २०७५

शहिद सम्मानित शब्द हो। शहीद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन्। शहीदहरुले आफ्नो जीवनको प्रवाहनगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्तपारे। जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए। आफु उभिएको माटोलाई माया गर्न सिकाए।

घर फर्किने  छोराको चिठ्ठी

बिहिबार, ०३ माघ २०७५

बुबाको फेसबुकमा ४१९ जना साथी रहेछन्। यद्यपी बुबा राजनीति गर्ने चाहना राख्नु हुन्छ। त्यो बीस बर्ष अघिको जोश अझै तातै देख्छु। बुबा, तपाईंको उदाउँदो राजनीतिक यात्रामा करिब २० वर्षको बिश्राम लाग्यो। तपाईं नेपाली कांग्रेस ट्रेड युनियनको कुनै भेलाको प्रतिनिधि भएर कहिले पोखरा त कहिले काठमाडौंका कुनाहरुमा दौडधुप गर्नु हुन्थ्यो २०५५ तिर। राजनीति तपाईंको नशामा थियो। त्यस बेला म बुझ्दिन थिएँ तपाईंको लागि के अर्थ लाग्थे ती कुराहरु।

तरुलका पोषक र औषधीय गुणहरु

मङ्गलबार, ०१ माघ २०७५

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

‘सरकार! स्वास्थ्य सेवालाई सस्तो र गुणस्तरीय बनाउ भनेर ज्यानै होम्नुपर्ने?’

आइतबार, २९ पुष २०७५

अहिले डा गोविन्द केसी नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि इलाममा सत्याग्रहरत हुनुहुन्छ। यो कति लाजमर्दो कुरा हो कि बामपन्थी पार्टीले सरकार चलाएको देशमा शिक्षा र स्वास्थ्यमा बेलगाम व्यापार नगर, स्वास्थ्यलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाऊ भनेर कसैले ज्यानै होम्नुपर्ने? कार्ल माक्र्सबाट निर्देशित पार्टी ग्रसो माक्र्सले व्यंग्य गरेको बाटोमा हिंड्नु दुखद हो ।

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

बुधबार, २५ पुष २०७५

वाम गठवन्धन नेकपाको २/३ को सुविधासम्पन्न सरकार छ। खुरुखुरु समृद्धि र विकासको काम गर्नु प-यो। नेपाली कांग्रेस के गर्दैछ, के बोल्दैछ? भनेर पछिपछि लाग्नु पर्दैन। हामीलाई सिकाइरहनु पर्दैन। हामी यही छौं। हामी पनि खुरुखुरु यहाँ बसेर सरकारको होमवर्क चेक गरिरहेका छौं।

मिडियाले मलाई निक्कै 'टर्चर' गर्योः राजदूत लक्की शेर्पा

बुधबार, २५ पुष २०७५

मलाई वर्खास्त गरिएको, मैले राजीनामा दिएको जस्ता हल्लाका समाचार आइरहेका छन्। आजसम्म (बुधवार अपरान्हसम्म) मैले राजीनामा पनि गरेको छैन, मलाई सरकारले बर्खास्त गरेको कुनै सूचना छैन। नेपाली मिडिया किन यति सामान्य कुरामा पनि चुक्छ? नेपाली मिडियालाई आधार मान्ने हो भने त दुइ दिनअघि नै मलाई बर्खास्त गरिएको हो।

एनआरएनको विधान अधिवेसन र विज्ञ सम्मेलनबारे

शनिबार, २० असोज २०७५

संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघले आफ्नो विधान संशोधनको लागि पछिल्लो अधिवेसनको म्याण्डेट अनुसार विधान अधिवेशन गर्दैछ।

युरोपेली युनियनसंग बेलायतको पारपाचुके : चुनौती बन्दै व्यापारिक स्वार्थ

मङ्गलबार, १६ असोज २०७५

संयुक्त अधिराज्य बेलायत  सन् १९७३ देखिको आबद्धता रहेको युरोपेली  युनियनबाट बाहिरिने जनमत संग्रहको आदेशसंगै अघि बढेको ब्रेक्जिटको बहस बेलायत, यूरोपियन युनियन साथै विश्व बजारमा चरम उत्कर्समा पुगेको छ।

सामुदायिक वनको नालिवेली र फेकोफनको अबको कार्यदिशा

बिहिबार, ११ असोज २०७५

६०० भन्दा बढि स्थानीय तहस्तरको अधिवेशन भैं ७ वटै प्रदेश स्तरका संरचनाको अधिवेशन गरिसकेको फेकोफनको संघीय स्तरको राष्ट्रिय महाधिवेशन यहि आश्विन १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ।

बिमस्टेकः गति र मति

आइतबार, २४ भदौ २०७५

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

सार्क, दक्षिण एसिया र विमस्टेक

शनिबार, ०९ भदौ २०७५

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम या अरु क्षेत्रमा मात्र होइन यो प्रश्न कूटनीतिक क्षेत्रमा पनि व्यापक रुपमा उठ्ने गर्दछ। सार्कको १९ औँ शिखर सम्मेलनको समय जति लम्बिदै जान्छ यो प्रश्न सोध्नेको सङ्ख्या उतिनै बढ्ने मात्र होइन कि उत्तर पनि झन जटिल बन्नेछ।

बन्दुक देखाएर विकास !

मङ्गलबार, १५ साउन २०७५

निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता भौतिक निर्माणमा होइन। अझ सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा उसको क्षमता र विशेषज्ञता पुग्दैन। तर यहाँ सेनालाई ठेकेदारको रुपमा प्रयोग गरिँदैछ।

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

आइतबार, ०६ साउन २०७५

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले त्यही अध्यादेश पेस गरे, जुन १० दिन अघि अर्थात् २०७५ वैशाख १३ गते राष्ट्रपतिबाट जारी गराइएको थियो। त्यही अध्यादेश २०७५ वैशाख २६ गते सदनको कार्यसूचीमा पर्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले नै त्यो अध्यादेशलाई स्वीकार गरियोस भन्ने प्रस्ताव गरे सदनसामु, सभासदहरूले ‘हुन्छ’ भन्दै स्वीकृती दिए।

विकास र गरिबीको जाल

शनिबार, ०५ साउन २०७५

विकासका पूर्वाधारहरु बनेसँगै गरिविको रेखामुनी रहेका जनताहरु झन्-झन् गरिव हुँदै जाने अवस्थालाई गरिवीको दुस्चक्र अर्थात् गरिवी जाल भनिन्छ। समाजशास्त्रीय दृष्टिकोण अनुसार गरिवी जाल (Poverty Trap) विकास र पूँजीवादको चरम विकाससंगै देखापर्ने एउटा स्वनिर्मित अवस्था हो।

लालबाबुजी, को भूतपूर्व, को अभूतपूर्व नेपाली?

शुक्रबार, ०४ साउन २०७५

जन्मेको देशलाई र अरु कसैलाई पनि कुनै हानी–नोक्सानी नपुर्याइकन आफ्ना लालाबाला लिएर २०६८ सालमा लुसुक्क क्यानडातिर हिँडेको नेपाली मान्छे हुँ म । म नेपाल छाडेर क्यानडा बस्न आएको कुरामा मलाई कुनै गर्व छैन । पश्चाताप त झन् पटक्कै छैन । म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा ।

फौजी शैलीमा ‘बादल’

आइतबार, ३१ असार २०७५

उपकुलपतिलाई विमानस्थलबाट विना अभियोग पक्राउ गर्ने, मलेसियमा कामदार पठाउने लाइसेन्सवालाई प्रहरी कारवाही गर्ने, सिन्डिकेटवाला ठेकेदारलाई कारवाही गर्ने शैली र वीर अस्पतालको ट्रमा सेन्टरका डाक्टरलाई बेलाएर जवरजस्ती प्रष्टीकरण माग्ने जस्ता कार्यले फौजी पृष्ठभूमीका गृहमन्त्री बादलको शैली पनि स्पष्ट हुँदैछ।

किसानले धानको विउको माला लगाउँदैनन्

आइतबार, १७ असार २०७५

झण्डै दुई बर्ष अगाडी पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको एक कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले राखेको धारणाले धेरैको मन छोयो।

'कर छुट गराउन सक्रिय दिप बस्न्यातको प्रस्ताव नमान्दा म भ्रष्टाचारी भएँ'

बिहिबार, १४ असार २०७५

म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ। बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु।... मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुबिधा छ।

Ncell Footer Ad