‘स्वाइन फ्लु फैलिएको छैन’

‘स्वाइन फ्लु फैलिएको छैन’

बिहिबार, ०३ माघ २०७५

हाल समुदायमा फैलिरहेको संक्रमण स्वाइनफ्लु नभएर इन्फ्लुएन्जा रहेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

शिविरबाट दुई हजार बिरामी लाभान्वित

शिविरबाट दुई हजार बिरामी लाभान्वित

बुधबार, ०२ माघ २०७५

स्वास्थ्य मन्त्रालय उपचारात्मक सेवा महाशाखाले खोटाङका पाँच स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। आर्थिक अभावका कारण रोग बोकेरै बस्न बाध्य वर्गलाई लक्ष्य गरेर महाशाखाले जिल्लाका जालपा, बाक्सिला, खार्ताम्छा, ऐसेलुखर्क र हलेसीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

बुधबार, ०२ माघ २०७५

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई मंगलबार बिच बाटोबाट फर्काइएको छ। बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट डाक्टरहरुको अर्को टोली भने इलाम पुगेको छ।

मौसमी इन्फुलुन्जाले ज्यान लिन सक्छ !

मौसमी इन्फुलुन्जाले ज्यान लिन सक्छ !

मङ्गलबार, ०१ माघ २०७५

एकै छिनमा इन्फुलुन्जा सर्नसक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ। सतर्क हुनुहोस् है ! चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फुलुन्जा एचवान एन वान’को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ।

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क रुपमा कृत्रिम हातखुट्टा

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क रुपमा कृत्रिम हातखुट्टा

सोमबार, ३० पुष २०७५

चौधरी फाउण्डेसनको पहल तथा भारतीय दूतावासको सहकार्यमा नवलपरासीका ५ सय जनालाई कृत्रिम अंग प्रदान गरिने भएको छ। चौधरी फाउण्डेसनको पहलमा भारतको महावीर विलाङ्ग सहायता समिति जयपुरले कृत्रिम अंग सहयोग गरेको छ। जसमा हातखुट्टा रहेका छन्।

स्वास्थ्य शिविरबाट ६ सय जना लाभान्वित

स्वास्थ्य शिविरबाट ६ सय जना लाभान्वित

सोमबार, ३० पुष २०७५

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८, क्युरेनीमा सञ्चालित स्वास्थ्य शिविरबाट करिब ६ सय बिरामी लाभान्वित भएका छन्।

स्वास्थकर्मीहरुसँग वार्ता गर्न टोली गठन

स्वास्थकर्मीहरुसँग वार्ता गर्न टोली गठन

आइतबार, २९ पुष २०७५

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ।

पाँच किलोको ट्युमर झिकियो

पाँच किलोको ट्युमर झिकियो

शनिबार, २८ पुष २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

यी हुन् स्लिम बन्ने ७ उपाय

यी हुन् स्लिम बन्ने ७ उपाय

शनिबार, २८ पुष २०७५

बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ।

यसकारण खस्छ पाठेघर

यसकारण खस्छ पाठेघर

शनिबार, २८ पुष २०७५

पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

बुधबार, २५ पुष २०७५

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ। नेपाली कांग्रेसका सांसादले सात बुदे फरक राखे पनि बहुमतका आधारमा उक्त विधेयक समितिले पारित गरेको हो।

विवादको चक्रव्यूहमा प्रतिष्ठान

विवादको चक्रव्यूहमा प्रतिष्ठान

आइतबार, २२ पुष २०७५

भरपर्दो उपचार सेवा केन्द्र मानिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादै विवादमा फसेको छ। प्रतिष्ठानले गरेका ‘अहितकारी’ निर्णयका कारण प्रतिष्ठान आन्तरिक विवाददेखि अदालती मुद्दासम्मको विवादमा परेको हो।

एनजिओलाई पैसा बाँड्न स्वास्थ्यमा चलखेल

एनजिओलाई पैसा बाँड्न स्वास्थ्यमा चलखेल

आइतबार, २२ पुष २०७५

परिवार नियोजन स्थायी बन्ध्याकरण कार्यक्रमको झन्डै आठ करोड बजेट एनजिओलाई बाँड्न चलखेल भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले नियमविपरीत गैरसरकारी संस्थालाई बन्ध्याकरणका नाममा रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ।

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

आइतबार, २२ पुष २०७५

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ।

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

दुर्गमका डाक्टरको बाध्यता : मोबाइलको उज्यालोमा सुत्केरीको अप्रेशन

शनिबार, २१ पुष २०७५

‘स्याड ...। भर्खर अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ति गयो। तुरुन्तै कार्यालय सहयोगीले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केहि थिएन। मोबाइलको टर्च बाल्यो अनि अप्रेशन कन्टिनीयु गरियो’, डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ ‐नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्तिले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्।

खाली पेट नखानुस् यी खानेकुरा

खाली पेट नखानुस् यी खानेकुरा

शनिबार, २१ पुष २०७५

अहिले धेरैजसो मानिस स्वास्थ्यप्रति सचेत छन्। मानिसहरू स्वस्थकर खानेकुरामा ध्यान दिन थालेका छन्। तर, स्वस्थकर खानेकुरा खाँदैमा स्वस्थ भइन्छ भन्ने हुँदैन। यसका लागि खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ। नत्र स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ। जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन।

जाडोमा छाला बिग्रेला है !

जाडोमा छाला बिग्रेला है !

शनिबार, २१ पुष २०७५

जाडो बढेपछि धेरै मानिस छालाका विभिन्न समस्याबाट हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। चिसोमा छालाका धेरै समस्या लिएर बिरामी उपचारमा आउने गरेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ छाला रोग विशेषज्ञ सीमा सिटौला बताउँछिन्।

जाडोमा कसरी स्वस्थ रहने?

जाडोमा कसरी स्वस्थ रहने?

शनिबार, २१ पुष २०७५

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

रोगैरोगको चपेटामा काठमाडौंवासी

रोगैरोगको चपेटामा काठमाडौंवासी

शनिबार, २१ पुष २०७५

बाहिरबाट हेर्दा काठमाडौं सहर जति सुन्दर देखिन्छ, यसभित्रको जनजीवन भने त्यति नै कुरूप अर्थात् रोगग्रस्त छ। प्रदूषित वातावरण तथा गलत जीवनशैलीका कारण काठमाडौंवासी विभिन्न रोगका सिकार भइरहेका छन्।

बिरामीको रोजाइ निजी मेडिकल, रोग बिग्रेपछि सरकारी

बिरामीको रोजाइ निजी मेडिकल, रोग बिग्रेपछि सरकारी

बिहिबार, १९ पुष २०७५

अस्पतालमा पर्याप्त डाक्टर छन्, निःशुल्क औषधि छ। न्यूनतम शुल्कमा भिडियो एक्सरे, प्रयोगशाला परीक्षण र एक्सरे सेवासमेत पाइन्छ। भौतिक संरचनाको अभावमा सानो एउटा कोठामा ५ वटा कुर्सी राखेर भए पनि डाक्टरले बिरामिलाई सक्दो सेवा दिन्छन्, नभए सल्लाहसहित राम्रो अस्पतालमा रिफर गर्छन् तर पनि बिरामीको रोजाइमा भने निजी अस्पताल, क्लिनिक र मेडिकल पर्ने गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।