कर्णालीका चार सय ३९ जना क्वारेन्टाइमा

कर्णालीका चार सय ३९ जना क्वारेन्टाइमा

आइतबार, १६ चैत २०७६

कोरोना भाइरसको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका चार सय ३९ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म कर्णालीमा कोरोना संक्रमण देखिएको छैन। कर्णालीबाट कोरोना संक्रमणको आशंकामा हालसम्म १४ जनाको नमूना संकलन गरेर टेकु अस्पताल पठाइएकोमा सात जनाको रिपोर्ट नेगेभिट आएको छ।

क्वारेन्टाइनमा नबस्ने र भाग्नेलाई कारबाही हुने

क्वारेन्टाइनमा नबस्ने र भाग्नेलाई कारबाही हुने

आइतबार, १६ चैत २०७६

क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो।

कोरोना कहर : 'न भोक, नत निन्द्रा'

कोरोना कहर : 'न भोक, नत निन्द्रा'

आइतबार, १६ चैत २०७६

आइतबार बिहानको खान खाएर सुनसरी रामधुनी–२, धमौटाका विद्यानन्द चौधरी कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेशसभा हलको दोस्रो तलमा टोलाइ रहेका थिए। विद्यानन्दको भौतिक शरीर सुर्खेत भए पनि उनको मन धमौटास्थित घर परिवारसँगै रहेको अनुभूति हुन्थ्यो। झन् बेलाबेला श्रीमती (सुजनकुमारी) ले फोन गरिरहँदा मनलाई परिवारबाट टाढा राख्नै मुस्किल भयो उनलाई। उनी राख्न पनि चाहान्नन्। किनकी यतिबेला कोरोना भाइरसले विश्वलाई नै थिलो थिलो बनाइरहेको छ।

अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक थप, वैशाख ३ सम्म लम्बियो

अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक थप, वैशाख ३ सम्म लम्बियो

आइतबार, १६ चैत २०७६

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक लम्ब्याएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले वैशाख ३ सम्म उडान प्रतिवबन्ध लम्ब्याउने निर्णय गरेको हो।

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

डोल्पामा ८७ जना क्वारेन्टाइनमा

आइतबार, १६ चैत २०७६

डोल्पामा एकै दिन ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपालगञ्जबाट उद्वार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाका बिभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो।

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

आइतबार, १६ चैत २०७६

काठमाडौं- सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्रनेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।

लकडाउन थप्न सिफारिस

लकडाउन थप्न सिफारिस

आइतबार, १६ चैत २०७६

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको लकडाउनको अवधि थप गर्नु पर्ने बताएको छ। आइतबार बसेको समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। कति दिन लकडाउन थप्ने निर्णय सरकारले गर्ने छ। आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले त्यसको टुंगो लगाउने छ।

कोरोनाको सूचना वेबसाइट र मोवाइल एपबाटै

कोरोनाको सूचना वेबसाइट र मोवाइल एपबाटै

आइतबार, १६ चैत २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ। आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरे।

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

आइतबार, १६ चैत २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि भवन निर्माण भएको छ। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जाँचका लागि भवन नहुँदा समस्या सिर्जना भएको थियो।

बाँकेका शंकास्पद १३ जनाको रिपोर्ट ‘नेगेटिभ’

बाँकेका शंकास्पद १३ जनाको रिपोर्ट ‘नेगेटिभ’

आइतबार, १६ चैत २०७६

बाँकेमा कोरोना भाइरसका शंकास्पद १३ जना ब्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। जिल्लाबाट अहिलेसम्म २३ जना बिरामीको नमुना(स्वाब) परीक्षणका लागि काठमाडौं पठाइएकोमा १३ जनाको रिपोर्ट प्राप्त भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। अझै १० जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको उनले बताए।

भैंसी चराउनेदेखि मन्दिरका पुजारीसम्मले मास्क प्रयोग गर्न थाले(फोटो फिचर)

भैंसी चराउनेदेखि मन्दिरका पुजारीसम्मले मास्क प्रयोग गर्न थाले(फोटो फिचर)

आइतबार, १६ चैत २०७६

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणले विश्वभर महामारीको रुप लिएको छ। कोभिड–१९ को संक्रमणबाट बच्न सहरदेखि दूरदेहातसम्म मास्कको प्रयोग ब्यापक पाइएको छ।

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

आइतबार, १६ चैत २०७६

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपाचाररत युवकको मृत्यु भएको छ। दुबईबाट नेपाल आएका सैनामैना नगरपालिका-४ का ३४ वर्षिय बाबुराम थापाको आइसोलेसन कक्षमै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए जानकारी दिए।

विदेशबाट फर्किएका व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने

विदेशबाट फर्किएका व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने

आइतबार, १६ चैत २०७६

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विदेशबाट आएका हरेक व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

आइतबार, १६ चैत २०७६

खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ‘लकडाउन’का क्रममा बजारमा खटिएका प्रहरीलाई पानी, जुस लगायत प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात खटिएका प्रहरीलाई सहकारीले लजिस्टीका सामग्री प्रदान गरेको हो।

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

होलेरीमा ‘कोरोना नियन्त्रण कोष’

आइतबार, १६ चैत २०७६

महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार ‘कोरोना नियन्त्रण कोष’ खडा गरेर त्यसमा ३० लाख रकम राखिने भएको हो। यो रकम आवश्यकता अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न खर्चिने गाउँपालिकाको योजना रहेको छ।

पाँचथरमा २२ जना क्वारेन्टाइनमा

पाँचथरमा २२ जना क्वारेन्टाइनमा

आइतबार, १६ चैत २०७६

जिल्लामा वैदेशिक रोजगारीबाट आएका २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेका अनुसार फिदिम नगरपालीकासहित विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइमा उनीहरुलाई राखिएको छ।

बाटोमा हजुरआमालाई गिफ्ट दिइन्, बागलुङ कालिका मन्दिर गइन्

बाटोमा हजुरआमालाई गिफ्ट दिइन्, बागलुङ कालिका मन्दिर गइन्

आइतबार, १६ चैत २०७६

नेपालमा पाँचौं कोरोना संक्रमण देखिएको छ। बेल्जियमबाट चैत ४ गते नेपाल आएकी युवतीमा शनिबार कोरोना पोजेटि देखिएको थियो। उनको अहिले धौलागिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ। बागलुङ कुँडुलेकी १९ वर्षिय ति युवती सोही दिन फ्लाइटबाट पोखरा पुगेकी थिएन्।

अमेरिकामा कोरोना प्रभावित नेपालीको संख्या बढ्दो

अमेरिकामा कोरोना प्रभावित नेपालीको संख्या बढ्दो

आइतबार, १६ चैत २०७६

आफुलाई कोरोना संक्रमण भएको भन्दै न्यूयोर्कका शम्भु मोक्तान र जीवन बमले सार्वजनिक गर्दै अस्पताल भर्ना भए। उनिहरुले संक्रमित भएको जानकारी दिएर आफुहरुसंग सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन सुझाएका छन।

कोरोना संक्रमित किशोरीको धौलागिरि अस्पतालमा उपचार हुँदै

कोरोना संक्रमित किशोरीको धौलागिरि अस्पतालमा उपचार हुँदै

आइतबार, १६ चैत २०७६

कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ। घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

डिस्चार्जपछि पनि १४ दिन आइसोलेसनमा बस्न सुझाव

डिस्चार्जपछि पनि १४ दिन आइसोलेसनमा बस्न सुझाव

आइतबार, १६ चैत २०७६

नेपाली स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाइ र सुरक्षाका सामग्रीको उपयुक्त प्रयोगका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने वस्तु सेवन गर्न चिनियाँ चिकित्सकले सुझाएका छन्।

Ncell Footer Ad