ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

आइतबार, १६ पुष २०७४

कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ ! बर्सेनि तराई र विकट जिल्लाका आँखा बिरामीहरू ढिला उपचारमा पुग्दा यस्ता समस्या झेलिरहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।

१६-२४ वर्षका युवाले किन कन्डम प्रयोग गर्न मान्दैनन् ?

१६-२४ वर्षका युवाले किन कन्डम प्रयोग गर्न मान्दैनन् ?

मङ्गलबार, ११ पुष २०७४

एक अनुसन्धनका अनुसार बेलायतमा १६ देखि २४ वर्षका युवाहरुले आफ्ना पार्टनरसँग यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्दैनन्। जसका कारण उनीहरु यौनजन्य रोगका शिकार बन्ने गरेका छन्। त्यस्ता रोगहरुबाट बच्नका लागि अहिले त्यहाँ नयाँ अभियान सुरु भएको छ। स्वास्थ्यसम्बन्धी यो आठ वर्षपछि गरिएको अभियान भएको बीबीसीले जनाएको छ।

वीरमा क्यान्सर जाँच्ने स्क्रिनिङ सेवा सुरु हुने

वीरमा क्यान्सर जाँच्ने स्क्रिनिङ सेवा सुरु हुने

मङ्गलबार, ११ पुष २०७४

तपाइँको शरीरमा कतै क्यान्सर लुकेको त छैन ? समयमै जाँच गराएर क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्नुहुन्छ । यसको लागि वीर अस्पतालले पुसको तेस्रो सातादेखि ‘क्यान्सर स्क्रिनिङ सेवा’ दिने तयारी गरिरहेको छ ।

उच्च रक्तचाप पहाडभन्दा तराईमा कम

उच्च रक्तचाप पहाडभन्दा तराईमा कम

मङ्गलबार, ११ पुष २०७४

अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

मङ्गलबार, ०४ पुष २०७४

साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

सोमबार, ०३ पुष २०७४

सरकारले मिर्गाैला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी)को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता दिने भएको छ । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक भार थपिने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

शनिबार, १६ मङि्सर २०७४

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।

अस्पतालमा मौसमी फ्लुका बिरामी

अस्पतालमा मौसमी फ्लुका बिरामी

मङ्गलबार, १२ मङि्सर २०७४

जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी)देखा परेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

मङ्गलबार, १२ मङि्सर २०७४

मुलुकले समातेको नयाँ राजनीतिक बाटो (संघीय संरचना) लाई व्यवहारिक रुप दिन देशभर निर्वाचन हुँदैछ । समृद्ध मुलुक निर्माणको अपेक्षा राखिएको संघीयता कार्यान्वयनसँगै निर्मित नयाँ प्रशासनिक संरचनाअन्तर्गतका २ र ६ नम्बर प्रदेश स्वास्थ्य सूचकमा सबैभन्दा पछाडि देखिएका छन् । प्रदेश २ मा तराईका बारादेखि सप्तरीसम्मका ८ जिल्ला र ६ मा सल्यानदेखि हुम्लासम्मका १० जिल्ला पर्छन् ।

किन हुन्छ आकस्मिक मृत्यु ?

किन हुन्छ आकस्मिक मृत्यु ?

सोमबार, ०४ मङि्सर २०७४

राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन्– न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ?

साकाहारी कि मांसाहारी ?

साकाहारी कि मांसाहारी ?

मङ्गलबार, २८ कार्तिक २०७४

ज्ञानमित्र संसारभर साकाहार र मांसाहारलाई ठूलो मुद्दा बनाइएको छ । दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गर्छन् । जानौँ दुवै आहारबारे केही तथ्य:

कडा रोगको औषधि २०औं गुणा सस्तिने

कडा रोगको औषधि २०औं गुणा सस्तिने

मङ्गलबार, २८ कार्तिक २०७४

सरकारले कडा रोगका औषधि सुपथ मूल्यमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय उत्पादकबाट सिधै खरिद गर्न सक्ने गरी कानुनी बाटो खोल्ने भएको छ । यस्तो औषधि डक्टरको सिफारिसमा अस्पताल फार्मेसीमार्फत् मात्र बिक्री गर्न सकिनेछ । यसो हुँदा कडा रोगको औषधि २०औं गुणासम्म सस्तो पर्ने बताइन्छ ।

मातृस्वास्थ्यमा अरबौं लगानी, प्रतिफल न्यून

मातृस्वास्थ्यमा अरबौं लगानी, प्रतिफल न्यून

मङ्गलबार, २८ कार्तिक २०७४

सरकारले आमा सुरक्षा कार्यक्रमका नाममा बर्सेनि अरबौं रुपैयाँ खर्च गरे पनि नेपालमा मातृमृत्युदरमा कमी आउन नसकेको पाइएको छ । मातृमृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमका नाममा मात्रै ९ वर्षदेखि वार्षिक अरबौं रुपैयाँ खर्च भइरहेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

शुक्रबार, २४ कार्तिक २०७४

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा अाँखा अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।

यसरी बचाैँ स्तन क्यान्सरबाट

यसरी बचाैँ स्तन क्यान्सरबाट

शनिबार, ११ कार्तिक २०७४

स्तन क्यान्सर प्रायः उमेर ढल्किसकेका, अनुवांशिक खराबी भएका, सन्तान नपाएका, ढिलो सन्तान जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्षअघि), ढिलो महिनावारी सुकेका (५५ वर्षपछि), ज्यादै मोटी, इस्द्रोजन सेवन गर्ने, अत्यधिक मद्यपान र धूमपान गर्ने तथा गोरा महिलामा पाइने गरेको छ ।

‘क्यान्सर मृत्युको पर्यावाची होइन’

‘क्यान्सर मृत्युको पर्यावाची होइन’

आइतबार, २९ असोज २०७४

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेलिरहन्थ्यो ।

किन हुन्छ थाइराइड ?

किन हुन्छ थाइराइड ?

शनिबार, २१ असोज २०७४

बढ्दो व्यस्तता, भागदौडको तनावपूर्ण जिन्दगी अनि अस्वस्थ खानपानले पछिल्लो समय मानिसमा रोग बढिरहेको छ । जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक ।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

बिहिबार, १९ असोज २०७४

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

आइतबार, १८ भदौ २०७४

बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

असुरक्षित गर्भपतन नगरौं

असुरक्षित गर्भपतन नगरौं

शनिबार, १७ भदौ २०७४

अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा महँगो हुने गर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।