कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज एक जना नेपालीको मृत्यु भएको छ। ङिमा तेम्बा शेर्पाको निधन भएको हो। ...

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा आइसोलेसन वार्डमा उपचाररत सबै चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ। ...

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुने

कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्नका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालै परीक्षण ल्याब सञ्चालन हुने भएको छ।...

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख सहयोग

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख सहयोग

बुधबार, २६ चैत २०७६

ताप्लेजुङका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रूपैयाँको कोष खडा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि योगदान गर्ने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना दिन बराबरको आफुले पाउने सुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

कोरोना त्रास: मध्यपूर्वमा नेपालीको अवस्था के छ ? कस्ता छन् तयारी ?

बुधबार, २६ चैत २०७६

कोरोना त्रास: मध्यपूर्वमा नेपालीको अवस्था के छ ? कस्ता छन् तयारी ?

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

मङ्गलबार, २५ चैत २०७६

सर्वोच्च अदालतले विदेशमा विपतमा परेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी

हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी

मङ्गलबार, २५ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन शुक्लागण्डकी नगरपालिकाद्धारा सञ्चालित हेल्थ डेस्कमा २४ सै  घण्टा स्वास्थ्यकर्मीसहित सञ्चालन गरिन्छ। नगरपालिकाको प्रवेशद्धार वडा नम्बर ७ शेराटारमा पृथ्वीराजमार्ग हुँदै  विदेशबाट आउने नगरवासीबाट संक्रमण फैलने जोखिम भएकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न २४ घण्टा रहेको डेस्क सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। डेस्कमा दुई जना स्वास्थ्यकर्मी, नेपाल प्रहरी र आर्मीका दुई/दुई जना सुरक्षाकर्मी खटिएका छन्।

किसानको गाँस खोस्दै निशेधाज्ञा

किसानको गाँस खोस्दै निशेधाज्ञा

मङ्गलबार, २५ चैत २०७६

खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

कन्ट्रयाक्ट ट्रेसिङ ९० प्रतिशत पुरा

कन्ट्रयाक्ट ट्रेसिङ ९० प्रतिशत पुरा

मङ्गलबार, २५ चैत २०७६

शनिबार यता २ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दर बढेको बताए। शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो।

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

मङ्गलबार, २५ चैत २०७६

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न  मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ।

कोरोना उपचारमा खटिँदा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने घोषणा

कोरोना उपचारमा खटिँदा स्वास्थ्यकर्मीको मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने घोषणा

मङ्गलबार, २५ चैत २०७६

स्वास्थ्यकर्मीहरुले उपचारमा खटिँदा आवश्यक पर्ने सुरक्षा सामग्रीको जोहो गर्न माग गरिरहेका बेला प्रदेश १ सरकारले भने त्यसक्रममा कसैले ज्यान गुमाए ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब पठाइयो

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब पठाइयो

मङ्गलबार, २५ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुई जनाको ‘थ्रोट स्वाब’ परीक्षणका लागि धनगढी पठाइएको छ। दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुई जनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

मङ्गलबार, २५ चैत २०७६

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

कांग्रेसले भन्यो : कोरोनाविरुद्धको लडाईमा सरकारसँगै छौै

कांग्रेसले भन्यो : कोरोनाविरुद्धको लडाईमा सरकारसँगै छौै

मङ्गलबार, २५ चैत २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ।

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

मङ्गलबार, २५ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा उदयपुरका थप ८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्ला अस्पतालले दुई दिनअघि परीक्षणका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको ८ जनाको खकार (स्वाब)को रिपोर्ट मंगलबार नेगेटिभ आएको जनाएको छ।

उदयपुरका चार स्थानीय तहलाई सेभ द चिल्ड्रेनको सहयोग

उदयपुरका चार स्थानीय तहलाई सेभ द चिल्ड्रेनको सहयोग

मङ्गलबार, २५ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम गर्न उदयपुरका ४ स्थानीय तहलाई दातृ निकाय सेभ द चिल्ड्रेनको साझेदार बाल विकास समाज (सिडिएस) उदयपुरले आवश्यक स्वास्थ्य सामग्री उपब्ध गराएको छ। त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली र उदयपुगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

स्वाथ्य स्वंयसेविका भन्छन् : ‘सुरक्षित हुनुपर्‍यो काम गर्छाै’

स्वाथ्य स्वंयसेविका भन्छन् : ‘सुरक्षित हुनुपर्‍यो काम गर्छाै’

मङ्गलबार, २५ चैत २०७६

घिरिङ गाउँपालिका–३ शान्ति थापा ग्रामिण महिला स्वाथ्य स्वंयसेविका हुन्। ५ वर्षदेखि उनले घरगाउँमा स्वास्थ्य सचेतना फैलाउदै प्राथमिक उपचारमा सघाउदै आएकी छन्। हप्ता दिन पहिला कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्नलाई सचेतना फैलाउन घिरिङ गाउँपालिकाले स्वास्थ्य स्वंयसेविकालाई खटायो। शान्तिले गाउँपालिका स्वास्थ्य शाखाले प्रशिक्षण दिएअनुरुप आफ्नो कार्यक्षेत्रको प्रत्येक टोलमा पुग्दै कोरोनाको लक्षण, यसबाट बच्ने तरिकाबारे जनाकारी गराईन्।

माछा मारेर परिवार पाल्ने २० परिवारलाई राहत

माछा मारेर परिवार पाल्ने २० परिवारलाई राहत

मङ्गलबार, २५ चैत २०७६

कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासका माछा मारेर परिवार पाल्ने २० परिवारलाईं मंगलबार राहत वितरण गरिएको छ। कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले व्यक्तिगत रुपमा राहत प्रदान गरेका हुन्।

‘स्वाब’ लिन सेनाको टोली आएन

‘स्वाब’ लिन सेनाको टोली आएन

मङ्गलबार, २५ चैत २०७६

क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि ‘थ्रोट स्वाब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो। यो खबर सञ्चार माध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेकाहरु विहानैदेखि व्यग्र प्रतिक्षामा थिए।

Ncell Footer Ad