योकोहामामा नेपाली कन्सर्ट हुँदै

योकोहामामा नेपाली कन्सर्ट हुँदै

आइतबार, १० पुष २०७३

अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू इयर म्यूजिकल नाइट २०१७ हुने भएको छ। योकोहामाको चीकु सेन्टरमा ६ जनवरी बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहने छ।

अफ्रिकाका नेपाली तान्जानियमा

अफ्रिकाका नेपाली तान्जानियमा

शनिबार, ०९ पुष २०७३

गैर आवासीय नेपाली संघ(एनआरएनए) अफ्रिका महादेशको दोस्रो बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु हुँदैछ । २ दिने बैठकमा अफ्रिका क्रियाशील रहेका सबै राष्ट्रिय समितिका प्रतिनिधिको सहभागिता रहने एनआरएनएका अफ्रिकाका संयोजक सुनिल कार्कीले बताए ।

कतारमा नेपाली युवतीको शव अलपत्र

कतारमा नेपाली युवतीको शव अलपत्र

बुधबार, ०६ पुष २०७३

कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।

जनजाति संघ क्यानडामा बुढाथोकी

जनजाति संघ क्यानडामा बुढाथोकी

आइतबार, ०३ पुष २०७३

नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

अमेरिकामा भयानक कार दुर्घटना

अमेरिकामा भयानक कार दुर्घटना

शनिबार, ०२ पुष २०७३

अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा नेपाली युवतीकाे ज्यान गएकाे छ। सवार यवतिको समेत मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

बुधबार, २९ मङि्सर २०७३

बेलायती न्यायप्रणाली बुझ्न नेपालका न्यायाधीशहरुको टोली लन्डन आइपुगेको छ। टोलीमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वेच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उपरजिष्ट्रार विश्वराज पौडेल र अधिकृत गीता श्रेष्ठ सहभागी छन्।

मेसिनमा बेरिएर कोरियामा एक नेपालीको मृत्यु

मेसिनमा बेरिएर कोरियामा एक नेपालीको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको मृत्यु भएको छ। साटाखानी–५ चौरासेका उत्तम पंगालीको मंगलबार बेलुका स्थानीय समय अनुसार ४ः५० मा मृत्यु भएको हो।

विश्वप्रसिद्ध मेडिकल जर्नलको सल्लाहकारमा डा.ज्ञवाली

विश्वप्रसिद्ध मेडिकल जर्नलको सल्लाहकारमा डा.ज्ञवाली

बुधबार, २९ मङि्सर २०७३

विश्वकै पुरानो र प्रसिद्ध मेडिकल जर्नल द बीएमजे (व्रिटिश मेडिकल जर्नल)को सल्लाहकारमा एक नेपाली नियुक्त भएका छन्। नागोया विश्वविद्यालयमा क्यान्सर उपचारको विशेषज्ञ तालिम तथा मेडिकल अङ्कोलोजीमा विद्यावाराधि गरिरहेका डा.विशाल ज्ञवालीलाई सो जर्नलले सल्लाहकार नियुक्त गरेको हो।

युरोपका कांग्रेसले सामाजिक सञ्जालबाट प्रतिरोध गर्ने

युरोपका कांग्रेसले सामाजिक सञ्जालबाट प्रतिरोध गर्ने

मङ्गलबार, २८ मङि्सर २०७३

नेपाली कांग्रेस भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोप क्षेत्रको २ दिन भेला ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सोमवार फ्रयांकफोर्टस्थित होक्टरर्स होफ होटलमा आयोजित भेलापछि जारी गरिएको घोषणा पत्रमा संविधान संशोधन लगायतका विषयमा सामाजिक सञ्जालबाट कांग्रेसविरूद्ध सुनियोजित प्रहार भइरहेको भन्दै त्यसविरूद्ध एकढिक्का भएर प्रतिरोध गर्ने निर्यण गरेको छ।

'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'

'जनसम्पर्क समिति मेरो प्रेरणा स्रोत'

सोमबार, २७ मङि्सर २०७३

मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ।

जापानका स्कूलहरुले नेपालीका निजी कागजपत्र खोसे

जापानका स्कूलहरुले नेपालीका निजी कागजपत्र खोसे

आइतबार, २६ मङि्सर २०७३

निजी कागजपत्र नियन्त्रणमा लिएर जापान अाएका सयाैं नेपाली विद्यार्थीमाथि शोषण भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाली दलाल तथा शैक्षिक परामर्शदा कम्पनीसँगको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड बीमा कार्ड समेत स्कूलले खाेसेर राखेकाे वास्तवकिता सार्वजनिक भएको हो।

त्रासमा आप्रवासी नेपाली

त्रासमा आप्रवासी नेपाली

आइतबार, २६ मङि्सर २०७३

निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो  नीति लिनेछन् भन्ने चिन्ता आप्रवासीमा छ।

युरोपियन कांग्रेसको भेला फ्रयांकफोर्डमा

युरोपियन कांग्रेसको भेला फ्रयांकफोर्डमा

शनिबार, २५ मङि्सर २०७३

नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भएको छ। जर्मनीको फ्रयांकफोर्डको होस्ट होपमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए।

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बिहिबार, २३ मङि्सर २०७३

बेल्जियमका राजा फिलिपे लिओपोडा लुइस मेरीले नेपालमा भूकम्पपछि पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राखेका छन्। राजा फिलिपेले बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाको ओहदाको प्रमाणपत्र बुझ्दै उक्त चासो राखेका हुन् ।

युएईमा दुई लाख नेपाली कार्यरत

युएईमा दुई लाख नेपाली कार्यरत

बुधबार, २२ मङि्सर २०७३

रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।

हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

मङ्गलबार, २१ मङि्सर २०७३

पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।

जापानमा गुन्जियो 'सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ...'

जापानमा गुन्जियो 'सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ...'

सोमबार, २० मङि्सर २०७३

जापानको नागानो प्रिफेक्चरको सुवा सिटी हल आइतबार नेपालमय बन्यो। जापान नेपाल सोसाइटी नागानोको आयोजना र नेपाली दूतावास जापानको सहकार्यमा यहाँ आयोजित एक चलचित्र प्रदर्शनी कार्यक्रममा कान्छी गायीकाको रूपमा विश्व रेकर्ड कायम गरेकी ८ वर्षीया अतिथि गौतम केसीले जब जापानी र नेपाली भाषामा आफ्नो गीत प्रस्तुत गरिन् उपस्थित २ सय ५० भन्दा बढि जापानी नागरिकहरू मन्त्रमुग्ध बने।

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

सोमबार, २० मङि्सर २०७३

दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए।

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

आइतबार, १९ मङि्सर २०७३

सामूहिक लगानीका लागि तपाइँहरुको सक्रियता अत्यन्त जरुरी छ। नेपालमा लगानी लैजान मात्र होइन तपाइँ बसेको देशमै पनि नेपालीहरुबीच सामूहिक लगानीको अवधारणा हाम्रा लागि महत्वपूर्ण छ। यो नेटवर्कले विदेशमा बस्ने नेपालीको आर्थिक हैसियत मात्र होइन ज्ञान सीप सेयरिङ समेत गराउन मद्दत पुगेको मैले अनुभव गरेको छु।

नेपाली युवाले जापानमा जिते १० लाख

नेपाली युवाले जापानमा जिते १० लाख

आइतबार, १९ मङि्सर २०७३

नेपाली युवा शरद राईले जापानमा भएको एउटा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।

Ncell Footer Ad