जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

बुधबार, १७ असोज २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो।

अन्तर्राष्ट्रिय कफी संगठनकाे विकास समिति अध्यक्षमा राजदूत डा.सुवेदी निर्वाचित

अन्तर्राष्ट्रिय कफी संगठनकाे विकास समिति अध्यक्षमा राजदूत डा.सुवेदी निर्वाचित

बुधबार, १० असोज २०७५

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन्।

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा

मङ्गलबार, ०९ असोज २०७५

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा असोज २६ देखि २८सम्म प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। सम्मेलनको आवस्यक तयारी पुरा भएको संघले जनाएको छ।

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

मङ्गलबार, ०९ असोज २०७५

जापानमा आयोजना भएको अन्तराष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको हो।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोग आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोग आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

मङ्गलबार, ०९ असोज २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्य दूतावासले न्युयोर्कमा आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको बताए।

विदेशमा आर्जन गरेको सिप स्वदेशमा भित्र्याउन विश्व विज्ञ सम्मेलन

विदेशमा आर्जन गरेको सिप स्वदेशमा भित्र्याउन विश्व विज्ञ सम्मेलन

सोमबार, ०८ असोज २०७५

गैर आवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

सोमबार, ०८ असोज २०७५

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

सोमबार, ०८ असोज २०७५

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन्।

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली न्यूयोर्कमा

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली न्यूयोर्कमा

सोमबार, ०८ असोज २०७५

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका पुगेका छन्। प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसहितको टोलीले जोनअफ केनडी एयरपोर्टमा स्वागत गरेकाे छ।

जापानमा मनाइयो संविधान दिवस

जापानमा मनाइयो संविधान दिवस

शनिबार, ०६ असोज २०७५

जापानमा संविधान दिवस मनाईएको छ। नेपालको संविधान जारी भएको तेस्रो बर्ष पुरा भएको अवसरमा टोकियोमा एक समारोहका बिच शुक्रवार संविधान दिवस मनाईएको हो।

संविधान दिवस मनाउन बेलायती राजकुमार नेपाली दूतावासमा

संविधान दिवस मनाउन बेलायती राजकुमार नेपाली दूतावासमा

शनिबार, ०६ असोज २०७५

लण्डनस्थित नेपाली दूतावासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ।  समारोहमा  बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताएका छन्।

अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

शनिबार, ०६ असोज २०७५

अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली सहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्।

मदिरा पिउँदा मलेसियामा ४ नेपालीको मृत्यु

मदिरा पिउँदा मलेसियामा ४ नेपालीको मृत्यु

मङ्गलबार, ०२ असोज २०७५

मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीको मृत्यु भएको छ। सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरका अनुसार मदिरा पिउँदा ४ नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयको मृत्यु भएको हो। स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन्।

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

सोमबार, ०१ असोज २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्।

सभापतिका कारण पार्टी संकटमा :  नेता पौडेल

सभापतिका कारण पार्टी संकटमा :  नेता पौडेल

सोमबार, ०१ असोज २०७५

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कारण पार्टी संकटमा रहेको आरोप लगाएका छन्। दुई साता लामो युरोप भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्।

लगानी र सीप लिएर फर्किन प्रवासी नेपालीलाई आग्रह

लगानी र सीप लिएर फर्किन प्रवासी नेपालीलाई आग्रह

आइतबार, ३१ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं प्रदेश सांसद राजिव पहारीले नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। लगानी र सीप लिएर फर्किन आग्रह गर्दै उनले क्षमता, दक्षता तथा योग्यताको कदर गरिने प्रतिबद्धता समेत जनाए।

सुडानमा खटिएका नेपाली शान्ति सैनिक गोली लागि घाइते

सुडानमा खटिएका नेपाली शान्ति सैनिक गोली लागि घाइते

आइतबार, ३१ भदौ २०७५

संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन्।

मिर्गौला पीडित चालिसेलाई पोर्चुगलबाट एक लाख सहयोग

मिर्गौला पीडित चालिसेलाई पोर्चुगलबाट एक लाख सहयोग

शुक्रबार, २९ भदौ २०७५

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

शुक्रबार, २९ भदौ २०७५

वाउ नेचुरली नेपाल, सच अ ब्युटी अफ प्याराडाइज एण्ड डाइभसिर्टी,’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम

पुजाको परिवारलाई हेम थापाद्वारा बार्षिक ३ लाख सहयोग

पुजाको परिवारलाई हेम थापाद्वारा बार्षिक ३ लाख सहयोग

मङ्गलबार, २६ भदौ २०७५

प्रधानाध्यापकलाई चरम गरिबीको कारण आफू नियमित विद्यालयमा आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई एक ब्यक्तिले बार्षिक ३ लाख सहयोग गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।