१६ वर्षदेखि  निरन्तर अनसन

१६ वर्षदेखि निरन्तर अनसन

बुधबार, १२ साउन २०७३

मणिपुरमा १६ सालदेखि सशस्त्र बल विशेषाधिकार अधिनियमको विरोधमा अनसन बसिरहेकी मानवअधिकार कार्यकर्ता इरोम शर्मिलाले अनसन तोड्ने भएकी छिन् । उनले आउँदो अगस्टको ९ तारिखमा अनसन तोड्दै मणिपुरको विधान सभामा चुनाव लड्ने घोषणा गरेकी छिन् ।

फ्रान्समा फेरि आक्रमण

फ्रान्समा फेरि आक्रमण

बुधबार, १२ साउन २०७३

पेरिसको नोरमेन्डी सहर नजिक रहेको चर्चमा दुई बन्धुकधारीले आक्रमण गर्दा बन्धुकधारीसहित एक बन्धकको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन्।

चक्कु हानी १९ को हत्या

चक्कु हानी १९ को हत्या

बुधबार, १२ साउन २०७३

जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । घाइते २० मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

पपुवा न्युगिनीमा भूकम्प

पपुवा न्युगिनीमा भूकम्प

बुधबार, १२ साउन २०७३

पपुवा न्युगिनीमा आज ६.४ रिक्टर स्केलको भूक्कप आएको समाचार छ । पपुवा न्युगिनीको लोरेङगाउ सहरबाट १२८ किलोमिटर टाढा रहेको यस इलाकामा सो भूकम्पले बढी प्रभावित पारेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

हिलारी क्लिन्टन राष्ट्रपतिका लागि पहिलो महिला  उमेद्वार

हिलारी क्लिन्टन राष्ट्रपतिका लागि पहिलो महिला उमेद्वार

बुधबार, १२ साउन २०७३

हिलारी क्लिन्टन अमेरिकी इतिहासमै राष्ट्रपति निर्वाचनकालागि पहिलो महिला उमेद्वार बनेकी छन्।मंगलबार डेमोक्रयाटिक पार्टीले क्लिन्टनलाई औपचारिक रुपमा आउँदो राष्ट्रपतिको निर्वाचनकालागि आफ्नो पार्टीका तर्फबाट उमेद्वार घोषणा गरेको हो।

चीनलाई साउदी अरबकाे  धम्कीः ९/११ काे जस्ताे अाक्रमण

चीनलाई साउदी अरबकाे धम्कीः ९/११ काे जस्ताे अाक्रमण

मङ्गलबार, ११ साउन २०७३

चीनमा मुस्लिमको पवित्र स्थल मक्काको नक्कल गर्दै बनाउन लागिएको भवन चीनका लागि खतरनाक सावित हुने साउदी अबरले चेतावनी दिएको छ। चीनमा मक्काको नक्कल गर्दै बनाउन लागेको भवनप्रति साउदीले आपत्ति जनाएको अन्तर्राष्ट्रिय संचारमाध्मले उल्लेख गरेका छन्।

फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'!

फुटबल मैदानमा बाबा रामदेवको 'बनाना किक'!

सोमबार, १० साउन २०७३

भनिन्छ रामदेव बाबा जे पनि गर्न सक्षम छन्। उनी योग ध्यान मात्र होइन मनोरञ्जन, राजनीति र व्यापार पनि यस्तै राम्रोसँग ह्यान्डल गर्न सक्छन्। यी सबै कुरामा योग बाबाको संलगन्ता देखिए पनि खेलकूद मैदानमा उनी पहिलो पटक देखिएका छन्।

चीनमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५० पुग्यो

चीनमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५० पुग्यो

सोमबार, १० साउन २०७३

चीनको हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अपराह्नसम्म १५० पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

आइतबार, ०९ साउन २०७३

सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

आइतबार, ०९ साउन २०७३

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

म्युनिकमा गोली चल्दा ९ जनाको मृत्यु

म्युनिकमा गोली चल्दा ९ जनाको मृत्यु

शनिबार, ०८ साउन २०७३

म्युनिकको एक सपिङ सेन्टरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको जर्मन प्रहरीले जनाएको छ। प्रहरीले जर्मन–इरानी नागरिक १८ वर्षीय एक युवकले ओलम्पिया सपिङ सेन्टरमा चोली चलाउँदा ९ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना मानिस घाइते भएको जनाएको छ। घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। प्रहरीले जवाफी कारबाहीमा बन्दुकधारी मारिएको पुष्टि गरेको छ।

भारतीय सेना चढेको विमान सम्पर्कविहिन

भारतीय सेना चढेको विमान सम्पर्कविहिन

शुक्रबार, ०७ साउन २०७३

नयाँ दिल्ली— भारतीय सेना चढेको विमान सम्पर्कविहिन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। संचारमाध्यमका अनुसार एन्टोनोभ—३२ २० जना सैनिक चढेको उक्त विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको इन्डियन एयर फोर्सले जनाएको छ।

ड्रयागन कार्गो क्राफ्ट आइएसएसको पोर्टमा पुग्यो

ड्रयागन कार्गो क्राफ्ट आइएसएसको पोर्टमा पुग्यो

बिहिबार, ०६ साउन २०७३

स्पेस एक्सको ड्रयागन कार्गो क्राफ्ट बुधबार इन्टरनेशनल स्पेस स्टेशन आइएसएसमा पुगेको छ । पृथ्वीबाट ४ सय किलोमिटर टाढा रहेको स्पेस एक्सको उक्त ड्रयागन नयाँ डकिङ पोर्ट र अनुसन्धानकालागि प्रयोग हुने सामाग्रीसहित दुई दिन पहिला फाल्कन रकेटको साथमा इन्टरनेशनल स्पेस स्टेशनमा पठाएको थियो।

टर्कीमा संकटकाल घोषणा

टर्कीमा संकटकाल घोषणा

बिहिबार, ०६ साउन २०७३

टर्कीका राष्ट्रपतिले रिसेप ताइयप एन्र्दौेनले तीन महिनाको संकटकाल घोषणा गरेका छन्। अंकारास्थित राष्ट्रपति भवनबाट सम्बोधन गर्दै एन्र्दोनले गत शुक्रबार भएको असफल ‘कू’ को प्रयासपछि देशमा असहज परिस्थिति आएको भन्दै तीन महिने संकटकाल घोषणा गरिएको बताएका छन्।

जिका भाइरसबारे विज्ञ थप चिन्तित

जिका भाइरसबारे विज्ञ थप चिन्तित

बुधबार, ०५ साउन २०७३

एक वृद्धाको जिका भाइरस संक्रमित भई मृत्यु भएपछि अमेरिकाका स्वास्थ विज्ञहरु थप चिन्तित बनेका छन्। हालसम्म लामखुट्टेको टोकाई तथा यौनसम्पर्कबाट जिका भाइरस फैलेने खतरा रहेको बताइएको थियो। साथै गर्भवती आमाबाट बच्चामा उक्त भाइसर गर्भमा नै सर्ने खतरा रहेको विश्वास गरिएको थियो।

महिला जिस्काएर जेल जानेमा ५०  भन्दा बढी उमेरका

महिला जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका

बुधबार, ०५ साउन २०७३

तथ्यांक उत्तर प्रदेशको हो । उत्तर प्रदेशमा महिलालाई जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको हो । महिलाहरुको गुनासो सुन्न सुरु गरिएको ‘वुमन पावर’ हट लाइनमा आएका गुनासामाथि अनुसन्धान गर्दै महिला जिस्काउन यस्ता पुरुषको संलग्नता ज्यादा रहने गरेको तथ्यांक सार्वजनिक भएको हो । दोषी पाइएका यस्तालाई जेल पठाइएको छ ।

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

बुधबार, ०५ साउन २०७३

रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमति मेलियन ट्रम्पलाई बौद्धिक चोरीको आरोप लागेको छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण गरेकी ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल ओबाले सन् २००८ मा गरेको भाषणको केही अंश दुरुस्त बोलेको भन्दै उनमाथि बौद्धिक चोरीको आरोप लागेको हो ।

टर्कमा ८ हजार प्रहरी निलम्बन

टर्कमा ८ हजार प्रहरी निलम्बन

मङ्गलबार, ०४ साउन २०७३

टर्की सरकारले कू प्रयासमा संलग्न भएको आरोपमा ८ हजार प्रहरी निलम्बन गरेको जनाएको छ । आइतबार मात्र सरकारले सेना र न्याय व्यवस्थासँग जोडिएका ६ हजारलाई हिरासतमा लिएको थियो । सरकारले सेनाका जनरल सम्मलाई पनि नियन्त्रणमा लिएको थियो । राष्ट्रपति रेचप तैयव एड्रोगानले आइतबार सर्वसाधारणलाई सम्बोधन गर्दै कु प्रयास गर्ने भाइरसलाई खत्तम पार्ने घोषणा गरेका थिए ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तयारी

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तयारी

मङ्गलबार, ०४ साउन २०७३

दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएकोे छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ ।

स्पेस एक्सको पाचौं रकेट स्पेसमा

स्पेस एक्सको पाचौं रकेट स्पेसमा

सोमबार, ०३ साउन २०७३

सोमबार बिहान स्पेस एक्सले आफ्नो रकेट अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएसमा सफलता पूर्वक परिक्षण गरेको छ। विगत सात महिनामा स्पेस एक्सले स्पेसमा रकेट पठाएको यो पाचौं पटक हो ।

Ncell Footer Ad