नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

बुधबार, १५ भदौ २०७३

गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ । फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।

आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार्वजनिक

आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार्वजनिक

मङ्गलबार, १४ भदौ २०७३

सबैभन्दा क्रुर आतंकवादी संगठनमध्येको एक इस्लामिक स्टेटको खतरनाक भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा एक बेलायती र अन्य चार बच्चाले सिरियामा बन्दी बनाइएका कुर्द लडाकुलाई क्रुर तरिकाले हत्या गर्दै गरेको देखाइएको छ। एक युरोपेली पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नौ मिनेटको सो भिडियो केही दिन अगाडि सिरियाको राजधानीमा रेकर्ड गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

सोमबार, १३ भदौ २०७३

यमनको दक्षिणी सहर एडेनमा भएको एक आत्मघाती बम विस्फोटनमा परि ४० जना भन्दा बढिको मृत्यु भएको छ।

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

सोमबार, १३ भदौ २०७३

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

सोमबार, १३ भदौ २०७३

अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश आइ पुगेका छन्। उनी सोमबार बिहान बङ्गलादेश पुगेका हुन्। बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।

काश्मिर ५२ दिनपछि कर्फ्यू मुक्त

काश्मिर ५२ दिनपछि कर्फ्यू मुक्त

सोमबार, १३ भदौ २०७३

भारत अधिनस्थ काश्मिरमा ५२ दिनपछाडि सोमबार कर्फ्यू हटाइएको समचार छ। उत्तरी कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक युवक मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको तनावको कारण त्यहाँ ५२ दिन अघिदेखि कर्फ्यू लगाउँदै आइएको थियो।

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी

सोमबार, १३ भदौ २०७३

भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिएको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्‍याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो।

इराक–साउदी अरबबीचकाे  विवाद उत्कर्षमा

इराक–साउदी अरबबीचकाे विवाद उत्कर्षमा

सोमबार, १३ भदौ २०७३

इराकको विदेश मन्त्रालयले साउदी अरबलाई आफ्नो राजदूत फिर्ता लान आदेश दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे साउदी राजदुत तमर अल–सहबानले इराकबो बारेमा विवादित बयान दिएको भन्दै तत्काल उनलाई फिर्ता बोलाई उनको स्थानमा नयाँ राजदूतलाई पठाउन आग्रह गरेको हो

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

सोमबार, १३ भदौ २०७३

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

आइतबार, १२ भदौ २०७३

भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।

मेयरमा कुकुरको ह्याट्रिक

मेयरमा कुकुरको ह्याट्रिक

आइतबार, १२ भदौ २०७३

अमेरिकी राज्य मिनेसोटाको कोर्मोरेन्ट शहरको मेयर पदमा एउटा कुकुरले ह्याट्रिक गरेको छ । कुकुरले मेयरको दुइटा कार्यकाल पूरा गरिसकेको छ । गत साता भएको मेयरको निर्वाचनमा बहुमत ल्याएर कुकुरले यो पद पुनः सुनिश्चित गरेको हो । ड्युक नाम गरेको कुकुरले यसरी कीर्तिमान कायम गरेको हो ।

क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

शनिबार, ११ भदौ २०७३

टेक्सस— अमेरिकी सरकारले क्याम्पस भित्र बन्दुक लैजान पाउने नयाँ सरकारी कानुनको टेक्सस विश्वविद्यालयका करीब ४५ सय बिद्यार्थिलेले विरोध गरेका छन्।

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

शनिबार, ११ भदौ २०७३

फ्रान्सको एक उच्च अदालतले बुर्किनीमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश दिएको छ। फ्रान्सको केही नगरमा त्यहाँको स्थानीय प्रशासनले केही दिनअघि समुद्री तटमा महिलाले पौडी खेल्दा लगाउने पुरै शरीर ढाक्ने बु्रर्किनी नामक पाोसाकमा प्रतिबन्ध लगाएपछि त्यसको राष्ट्रिय स्तरमा नै विरोध हुँदै आएको थियो।

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

शनिबार, ११ भदौ २०७३

इटाली सरकारले भूकम्पमा मृत्यु हुने मृतकको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। गत बुधबार गएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जनाभन्दा बढीको मृत्यु भएको थियो।

स्वाइन फ्लुले एक हजार ७ सय ५५ को मृत्यु

स्वाइन फ्लुले एक हजार ७ सय ५५ को मृत्यु

शनिबार, ११ भदौ २०७३

ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लुको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

माझीले भेट्टाए एक अर्बको मोती

माझीले भेट्टाए एक अर्बको मोती

शनिबार, ११ भदौ २०७३

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन्। उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए। तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन्।

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

शुक्रबार, १० भदौ २०७३

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता:  किम जोङ

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

शुक्रबार, १० भदौ २०७३

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना

बिहिबार, ०९ भदौ २०७३

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्।

कोलम्बियामा विद्रोही र सरकारबीच शान्ति सम्झौता

कोलम्बियामा विद्रोही र सरकारबीच शान्ति सम्झौता

बिहिबार, ०९ भदौ २०७३

कोलम्बिया सरकार र फार्क विद्रोही समुहबीच बुधबार शान्ति सम्झौता भएको छ। कोलम्बियाको राजधानीमा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट हुमबेट्रो डि ला किल्ली र विद्रोही समुहका प्रमुख इभान माक्रबेजले हस्ताक्षर गरेका हुन्।

Ncell Footer Ad