दिवासपना नदेख्न भारतलाई पाकिस्तानको चेतावनी

दिवासपना नदेख्न भारतलाई पाकिस्तानको चेतावनी

आइतबार, १६ असोज २०७३

पाकिस्तानी सेनाले भारतलाई पाकिस्तानमाथि आक्रमण गरेको दिवासपना नदेख्न चेतावनी दिएको छ। पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक आसिम सलिमले भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्रइक्स गरेको झुटो दाबी गर्दै विश्वलाई अन्धकारमा पार्न खोजेको आरोप लगाए।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

शनिबार, १५ असोज २०७३

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

भारतको सर्जिकल स्ट्राइक्समा राष्ट्रसंघको आपत्ति

भारतको सर्जिकल स्ट्राइक्समा राष्ट्रसंघको आपत्ति

शनिबार, १५ असोज २०७३

भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्समा संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनका प्रवक्ता स्टीफान दुजारिकले भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्स गलत भएको बताए।

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

शनिबार, १५ असोज २०७३

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

सुरक्षा चासो व्यक्त गर्दै १२ टेलिभिजन च्यानल बन्द

सुरक्षा चासो व्यक्त गर्दै १२ टेलिभिजन च्यानल बन्द

शुक्रबार, १४ असोज २०७३

अङ्कारा (टर्की)- राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ।

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

शुक्रबार, १४ असोज २०७३

भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्। भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।

रोनाल्डोको निजी जेट विमान दुर्घटनाग्रस्त

रोनाल्डोको निजी जेट विमान दुर्घटनाग्रस्त

शुक्रबार, १४ असोज २०७३

पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निजि विमान बार्सिलोनामा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएकाछन्।

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

शुक्रबार, १४ असोज २०७३

भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

बिहिबार, १३ असोज २०७३

आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ।

पृथ्वीको तापक्रमबाट १४० मेगावाट विद्युत उत्पादनको तयारी

पृथ्वीको तापक्रमबाट १४० मेगावाट विद्युत उत्पादनको तयारी

बिहिबार, १३ असोज २०७३

विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ। यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ।

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

बिहिबार, १३ असोज २०७३

भारत– पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल स्ट्राइक्स गरेको दाबी गरिरहँदा पाकिस्तानले भने त्यसको खण्डन गरेको छ।

पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना, पाकिस्तान क्रुद्ध

पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना, पाकिस्तान क्रुद्ध

बिहिबार, १३ असोज २०७३

भारतीय सेनाले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी सर्जिकल स्ट्राइक गरेको र आफ्ना सैनिकको हत्याको बदला लिएको दाबी गरेको छ। भारतको रक्षा मन्त्रालय र विदेश मन्त्रालयको संयुक्त पत्रकार सम्मेलनमा सैनिक अधिकारीले उरी हमलामा मारिएका आफ्ना सैनिकको मृत्युको बदला लिएको बताएका हुन्।

भिटो खारेज गरेर सांसदले ठूलो गल्ती गरे: ओबामा

भिटो खारेज गरेर सांसदले ठूलो गल्ती गरे: ओबामा

बिहिबार, १३ असोज २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसले भिटो खारेज गरेर ठूलो गल्ती गरेको बताएका छन्। सेप्टेम्बर–११ को ट्विन टावरसँग सम्बन्धि विधेयकमा सासंदले बुधबार ओबामाको भिटो विरुद्ध मतदान गरेका थिए। आफ्नो भिटो खारेज भएपछि ओबामले भने, ‘सासंदले ९/११ विधेयक अस्विकृत गरेर खतरनाक गल्ती गरेका छन्।’

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

बिहिबार, १३ असोज २०७३

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

बुधबार, १२ असोज २०७३

नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए।

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

बुधबार, १२ असोज २०७३

पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्।

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

बुधबार, १२ असोज २०७३

विमानस्थलका अधिकारीहरुले ट्व्टिरमार्फत यस्तो जनाएका हुन्। बितेको चार महिनामा ड्रोनकै कारण विमानस्थल अवरुद्ध भएको यो दोस्रो पटक हो। ट्विटरमा लेखिएको ‘हाम्रो यात्रुको सुरक्षा नै हाम्रो प्रमुख प्राथमिकता हो, यसबाट पर्नगएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

भारतपछि अब बंगलादेशले पनि सार्क सम्मेलनमा भाग नलिने

भारतपछि अब बंगलादेशले पनि सार्क सम्मेलनमा भाग नलिने

बुधबार, १२ असोज २०७३

पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको छ।

लाइभ टेलिभिजन शाेमा दुई नेताबीच हात हालाहाल

लाइभ टेलिभिजन शाेमा दुई नेताबीच हात हालाहाल

बुधबार, १२ असोज २०७३

जर्जियाका दुई नेताहरु लाइभ टेलिभिजन शाेमा हात हालाहात गरेका छन्। जर्जियाको क्विभो कार्तिली टेलिभिजनमा आयोजित एक कार्यक्रममा दुई नेता एक आपसमा हात हालाहाल गरेका हुन्।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको  चेतावनी

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

बुधबार, १२ असोज २०७३

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad