जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

सोमबार, ०१ कार्तिक २०७३

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

पाकिस्तान हाम्रो असल मित्रः चीन

पाकिस्तान हाम्रो असल मित्रः चीन

सोमबार, ०१ कार्तिक २०७३

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो।

गोवा घोषणापत्र जारी गर्दै  सकियो ब्रिक्स सम्मेलन

गोवा घोषणापत्र जारी गर्दै सकियो ब्रिक्स सम्मेलन

सोमबार, ०१ कार्तिक २०७३

गोवा (भारत)- उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ। सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो। उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ।

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको  मृत्यु

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको मृत्यु

सोमबार, ०१ कार्तिक २०७३

ब्राजिलको उत्तरी भागमा रहेको एक कारागारमा कैदीबीच झडप हुँदा २५ जना कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

चीनद्वारा  मानवसहितको अन्तरिक्ष परिक्षण

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण

सोमबार, ०१ कार्तिक २०७३

चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ।

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

सोमबार, ०१ कार्तिक २०७३

इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन्।

‘नशामा हिलारी’

‘नशामा हिलारी’

सोमबार, ०१ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनको अर्को प्रत्यक्ष टेलिभिजन बहस पूर्व नशालु औषधि सेवन गरे नगरेको जाँच गर्न माग गरेका छन् । उनले आफू पनि यस्तो जाँचका लागि तयार रहने बताएका छन् । ले पछिल्लो प्रत्यक्ष टेलिभिजन बहस पूर्व कुनै प्रकारको औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

युवराजको सपथ अर्को वर्ष

युवराजको सपथ अर्को वर्ष

सोमबार, ०१ कार्तिक २०७३

थाई युवराज महा भजिरालोङले अर्को सालमात्र मात्र राजगद्दीको सपथ लिने भएका छन् । सरकारले आइतबार खबरको पुष्टि गरेको छ । गद्दीसिन राजा भूमिबोलको बिहीबार निधन भएपछि नयाँ राजा चयनबारे विभिन्न अड्कलबाजीहरु सुरु हुन थालेका थिए । युवराजले पिताको शोककालागि प्रशस्त समय लिन चाहेको बताएपछि सरकारले युवराजकै चाहाना अनुसार गद्दी आरोहण अर्को वर्षमात्र गर्ने जनाएको हो ।

भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

सोमबार, ०१ कार्तिक २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।

पाकिस्तान आतंकवादको  जननीः मोदी

पाकिस्तान आतंकवादको जननीः मोदी

आइतबार, ३० असोज २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्। भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

हिलारी क्लिन्टन माथि ट्रम्पको यस्तो आरोप

हिलारी क्लिन्टन माथि ट्रम्पको यस्तो आरोप

आइतबार, ३० असोज २०७३

पोर्टस्माउथ- अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन्।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको हो?

आइतबार, ३० असोज २०७३

वासिङटन-उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन्।

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

आइतबार, ३० असोज २०७३

पुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ ।

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु

शनिबार, २९ असोज २०७३

बनारसको राजघाट पुल नजिक भागदौड मच्चिदा कम्तीमा १८ जनाएको मृत्यु भएको छ । पडाव डुमरिया भन्ने स्थानमा जयगुरुव देवको धार्मिक समागममा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । हजारौं भक्तालुहरुको उपस्थिति रहेको भागदौडमा कति संख्यामा घाइते भएको भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।

बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन

बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन

शनिबार, २९ असोज २०७३

सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् । सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि यो गनै सकिन्छ ।

ब्रिक्स सम्मेलनमा उर्जा सम्झौता गर्दै माेदी-पुटिन

ब्रिक्स सम्मेलनमा उर्जा सम्झौता गर्दै माेदी-पुटिन

शनिबार, २९ असोज २०७३

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी गरेका छन्। लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशबीचमा शनिबार यो सम्झौता हुन लागेको हो।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप

शनिबार, २९ असोज २०७३

रिपब्लिबन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि अर्को यौन दुव्र्यवहारको आरोप लागेको छ। ट्रम्पमाथि दुई महिलाले यौन दुव्र्यवहारको आरोप लगाएको बीबीसीले जनाएको छ। तर ट्रम्पले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाएको बताएका छन्।

चीनमा कति कार छन्?

चीनमा कति कार छन्?

शनिबार, २९ असोज २०७३

बेइजिङ (चीन)- सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ।

युएइका राजकुमारले ‘जय सियाराम’ भनेपछि...

युएइका राजकुमारले ‘जय सियाराम’ भनेपछि...

शनिबार, २९ असोज २०७३

संयुक्त अबर इमिरेटस्का युवराज मोहम्मद बिन जायद अल नहयानका एउटा भिडियो आजकल सोलस मिडियामा भाइरल भएको छ। भिडियोमा युवराज मोहम्मद भारतीय सन्त मोरारी बापुको एक प्रवचन कार्यक्रममा भाषण गर्दै गरेको दृष्य छ। युवराजले आफ्नो भाषणको सुरुमा र अन्त्यमा ‘जय सियाराम’ को उच्चारण गर्छन्।

भारतकाे कश्मिरमा अातंकवादी अाक्रमण

भारतकाे कश्मिरमा अातंकवादी अाक्रमण

शनिबार, २९ असोज २०७३

भारत प्रशासित कश्मिरको बाहिरी इलाकामा आतंकवादी आक्रमण भएको छ। शुक्रबार श्रीनगरको बाहिरी इलाकामा अर्धसैनिक बलको एक शिविरमा गरिएको आक्रमणमा एक जवानको मृत्तु भएको र अन्य ६ जना जवान घाइते भएका भारतीय संचारमाध्यमले जनाएका छन्।

Ncell Footer Ad